झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, १८ साउन । सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थितबाट लागूऔषध तथा नियन्त्रित औषधीसहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३६ वर्षीय हेमबहादुर तामाङ र धनकुटा घर भई धरान उपमहानगरपालिका–२६ का २८ वर्षीय मिलन थापा रहेका छन् । हिजो राती साँढे ८ बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ट्रामोल २९१० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिन २९५० ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, १८ साउन । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा, क्यानेडियन डलर…

Read More

महोत्तरी, १८ साउन । मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग प्रचलनमा छन् । दुवै पञ्चाङ्गको वर्ष साउनदेखि सुरु हुन्छ । त्यो पनि चन्द्रमास तालिकामा । वर्ष प्रारम्भको यो महिना चाडवाड सुरु हुने सूचनाका रूपमा मानिन्छ । साउन कृष्णपक्षको पञ्चमीबाटै मिथिलामा पर्व प्रारम्भ हुन्छ । वर्षको पहिलो पर्व मौन साधनाका लागि प्रसिद्ध छ । बर्तालुले दिनभरि उपवाससँगै मौन व्रत गरेर आत्मसंयम र आत्मनिरीक्षण गर्छन् । यो पर्वसँगै नवविवाहिता मिथिलानीको मधुश्रावणी पर्व सुरु हुन्छ । यसैगरी लगपाँच (नागपञ्चमी) यसै महिनामा साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । मिथिलाको प्रसिद्ध झुलनोत्सव साउन शुक्ल त्रितीयासँगै सुरु हुन्छ । यी सबै पर्वमध्ये साउन…

Read More

झापा, १८ साउन । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजको सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका दृष्टिले आज इलाम, झापा, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, प्युठान, रुकुमपश्चिम, नवलपरासी(पूर्व, नवलपरासी(पश्चिम, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, जाजरकोट, कैलाली, कञ्चननपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ। साथै आज मोरङ, सुनसरी, ताप्लेजुङ,…

Read More

झापा, १८ साउन । गत आर्थिक वर्ष २०८१–८२ मा नेपालले निर्यात गरेका वस्तुमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ । फलामजन्य वस्तु र धागोपछि बढी निर्यात भएका वस्तुको चौथो स्थानमा सूर्यमुखी तेल छ । नेपालको आफ्नै उत्पादन नभई बाहिरबाट आयात गरेर प्रशोधन र प्याकिङ गरी निर्यात भइरहेका यी वस्तुको आयात र निर्यात गत आर्थिक वर्षमा अस्वाभाविक रूपमा बढेको देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आवमा भटमास तेलको निर्यात ११ हजार सात सय ३२ प्रतिशतले बढेको छ । नेपालले गत वर्ष गरेको कूल निर्यातमा भटमास तेलको हिस्सा मात्रै ३८ दशमलव ५ प्रतिशत छ । कुल रू दुई…

Read More

झापा, १८ साउन । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र रातिको सम्भावित वर्षाबारे जानकारी गराएको छ। जसअनुसार आज देशका अधिकांश स्थानमा पानी पर्छ भने केही ठाउँमा भारी वर्षा पनि हुने सम्भावना छ। यस्तो छ, मौसम महाशाखाले गरेको प्रक्षेपण आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश र मधेस प्रदेशका थोरै साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी भु–भागका…

Read More

झापा, १८ साउन । अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । यसले कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी गाउँपालिका–३ को भागडुब्बा र कचनकवल गाउँपालिका–५ को पिनडालबारीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेको जनाइएको छ । साइरनले बासिन्दालाई समयमै सुरक्षित स्थानतर्फ जान सघाउने अपेक्षा गरिएको छ । त्यस्तै, साइरन प्रणाली झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज गाउँपालिका–५…

Read More

बिर्तामोड, १७ साउन । राष्ट्रिय फोटो पत्रकार समूह झापा शाखाले जिल्लास्तरीय फोटो प्रतियोगिता, प्रदर्शनी र फोटो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । समूहको हालै सम्पन्न कार्यसमितिको बैठकले कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । समूहका अध्यक्ष नेत्रविक्रम बिमलीका अनुसार झापाभर क्रियाशील फोटो पत्रकारहरूलाई एकीकृत गर्दै उनीहरूको पेशागत विकासका लागि व्यावसायिक अवसरहरू सिर्जना गर्नु कार्यक्रमको उद्देश्य रहेको छ । उनका अनुसार समूहले झापामा आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम हो । तालिम भदौको अन्त्यसम्म सञ्चालन गरिनेछ भने फोटो प्रतियोगिता तथा प्रदर्शनी असोज महिनाभित्र सम्पन्न गरिने कार्यतालिका तय गरिएको छ । कार्यक्रम घोषणा गरिएको बैठकमा नेपाल पत्रकार महासंघ झापा शाखाका सह–सचिव…

Read More

बिर्तामोड, १७ साउन । केही समयको विश्रामपछि झापाको चर्चित र्याप ग्रुप स्लोक भाइब फेरि धमाकेदार कमब्याकको तयारीमा जुटेको छ । दर्शक तथा श्रोतालाई उत्साहित बनाउने गरी उनीहरूले नयाँ म्युजिक भिडियोसहित पुनः र्याप इन्डस्ट्रीमा प्रवेश गर्न लागेका हुन् । स्थानीय युवामाझ निकै लोकप्रिय रहेको स्लोक भाइब ले यसपटकको कमब्याकलाई ‘सबैभन्दा ठुलो’ भन्दै प्रमोट गरेका छन् । उनका अनुसार यसपटकको प्रस्तुतीमा संगीत, शब्द र भिडियो निर्माणमा नयाँपन देखिनेछ । स्लोक भाइबका सदस्यहरूले सामाजिक सञ्जालमार्फत फ्यानलाई यसपटकको म्युजिक भिडियो सिर्जनात्मक, दमदार र फरक स्वादको हुने दाबी गरेका छन्। बिर्तामोडको सडकदेखि स्टुडियोसम्मको संघर्ष बोकेको समूहले योपटकको सिर्जनालाई आफ्नो करियरको महत्वपूर्ण मोडको रूपमा लिएको जनाएका…

Read More

ताप्लेजुङ, १७ साउन । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–४ आहालेका २२ वर्षीय मन कुमार बिकलाई आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । साउन १६ गते साँझ ६ बजे दाजु भाई बीच सामान्य वादविवादको क्रममा दाजु मनकुमार बिकले आफ्नै भाई २० वर्षीय रोशन बिकलाई खुकुरी प्रहार गर्दा रोशन बिकको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले मन कुमार बिकलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । खुकुरी प्रहार गरी भाइको हत्या गर्ने बिकको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको छ ।

Read More