
बिर्तामोड, १७ साउन । केही समयको विश्रामपछि झापाको चर्चित र्याप ग्रुप स्लोक भाइब फेरि धमाकेदार कमब्याकको तयारीमा जुटेको छ । दर्शक तथा श्रोतालाई उत्साहित बनाउने गरी उनीहरूले नयाँ म्युजिक भिडियोसहित पुनः र्याप इन्डस्ट्रीमा प्रवेश गर्न लागेका हुन् ।
स्थानीय युवामाझ निकै लोकप्रिय रहेको स्लोक भाइब ले यसपटकको कमब्याकलाई ‘सबैभन्दा ठुलो’ भन्दै प्रमोट गरेका छन् । उनका अनुसार यसपटकको प्रस्तुतीमा संगीत, शब्द र भिडियो निर्माणमा नयाँपन देखिनेछ ।
स्लोक भाइबका सदस्यहरूले सामाजिक सञ्जालमार्फत फ्यानलाई यसपटकको म्युजिक भिडियो सिर्जनात्मक, दमदार र फरक स्वादको हुने दाबी गरेका छन्। बिर्तामोडको सडकदेखि स्टुडियोसम्मको संघर्ष बोकेको समूहले योपटकको सिर्जनालाई आफ्नो करियरको महत्वपूर्ण मोडको रूपमा लिएको जनाएका छन्।
कमब्याक म्युजिक भिडियोको टिजर चाँडै सार्वजनिक गरिने भएको छ भने फुल भिडियो भने आगामी साता युट्युब र अन्य डिजिटल प्लेटफर्ममार्फत रिलिज हुने बताइएको छ । स्लोक भाइबको कमब्याकले स्थानीय कलाकारहरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


