झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २९ भदौ । लामो समयदेखिको बन्दाबन्दीले हजारौ मजदुरको रोजीरोटी गुमेको र बैँकको साँबा ब्याज तिर्न समस्या भएको भन्दै मेची राजमार्गमा सञ्चालन भइरहेको सार्वजनिक सवारी साधन असोज १ गते संचालनमा आउने भएका छन । मेची राजमार्ग क्षेत्रमा संचालन हुदै आएका १३ वटा यातायात सम्बद्ध संघ–संस्थाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै आउँदो असोज १ गतेदेखि सवारी सञ्चालन गर्ने जनाएका हुन । यातायात व्यवसायीहरुले झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाउँदै बन्दाबन्दीका कारण यातायात मजदुरको जीवन कष्टकर भएको, व्यवसायीहरुले बैकको व्याज र ऋण तिर्न नसक्ने अवस्था आएको भन्दै मेची राजमार्ग अन्तर्गत चल्ने सबै सार्वजनिक सवारीहरु पूर्ण रुपले सञ्चालन गर्ने ज्ञापनपत्रमा जनाएका हुन्…

Read More

इलाम, २९ भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महामारी सिङ्गो मानव जातिको नै समस्या भएकाले सचेत रहनुभएको विकल्प नरहेको बताउनु भएको छ । बाल दिवसका अवसरमा मानव अधिकार मञ्चको आयोजनामा भिडियो कन्फ्रेन्समार्फत शुभकामना दिनुहुँदै मुख्यमन्त्री राईले भन्नुभयो, “विश्व नै भयावह छ, यसबाट बालबालिका बढी प्रभावित भएका छन्” । मुख्यमन्त्रीले विद्यालय बन्द भएका कारण बालबालिका पढाइबाट वञ्चित रहेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय सङ्घीय सरकारसमेत बालबालिकाको क्षेत्रमा सचेतनात्मक कार्यक्रम ल्याएको बताउनुभयो । बालबालिकालाई महामारीको त्रासबाट बचाउन सचेतनाका कार्यक्रम ल्याउन मुख्यमन्त्री राईले अनुरोध गर्नुभयो । उहाँले कोरोना महामारीसँग लड्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । महामारीसँग…

Read More

झापा, २९ भदौ । डा गोविन्द केसीले जुम्लामा अनशन सुरु गरेका छन् । उनले ६ बुँदे माग राखेर सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु गरेका हुन् । उनले चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परिक्षण व्यापक बनाएर निषेधाज्ञा र लकडाउन अन्त्य गर्नुपर्ने उनले माग राखेका छन् । केसीले राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्ड र बालुवाटार जग्गा…

Read More

गायक उदय सोताङ र गायिमा मनिला सोताङको आवाजमा समावेश ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक भएको छ । उदयकै संगीत रहेको यो गीतमा सुरेश वाग्लेको शब्द छ । गीतको भिडियोमा उदय र मनिलालाई नै फिचरिङ गरिएको छ । नेपाल गायन क्षेत्रमा सफल जोडीको रुपमा चिनिएका उदय र मनिलाले गीतमा एक अर्कासँगको प्रेमभाव व्यक्त गरेका छन् ।

Read More

विभिन्न खालका च्याउहरु देख्नुभएकै छ होला । विभिन्न जातका खाने च्याउ मात्र होइन खान नमिल्ने विषालु जंगली च्याउ पनि देखिएकै हुन्छन् । तर के तपाईंले रातको समयमा चम्किने च्याउ देख्नुभएको छ ? छिमेकी मुलुक भारतको गोवामा एउटा यस्तो च्याउ पाइन्छ जो रातको समयमा चम्किने गर्दछ । उक्त बायो ल्युमिनिसेन्ट च्याउ गोवाका पहाडी जंगलहरुमा पाइन्छ । उक्त च्याउले रातको समयमा चम्किएर पहाडलाई नै झिलिमिली बनाइदिन्छ । गोवाको म्हाडेइ वन्यजन्तु आरक्षमा उक्त दुर्लभ प्रजातिको च्याउ फेला परको हो, पहिलोपटक । रातको अँध्यारोमा यो च्याउ हल्का निलो–हरियो तथा बैजनी रङमा चम्किन्छ । यो च्याउ दिउसो भने अरु सामान्य च्याउजस्तै देखिन्छ । तर जब…

Read More

काठमाडौं, २९ भदौ । हरेक वर्ष दशैंका लागि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपालीको दशैंमा के गर्ला ? धेरैलाई यतिबेला चासोको विषय बनेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण नयाँ नोट वितरण हुँदैन कि भन्ने सहजै आकलन गर्न सकिन्छ । दशैंको मुखमा नै लकडाउन भए राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्न सक्छ । तर दशैंमा नयाँ नोट नै दक्षिणा दिनु पर्छ भन्ने प्रचलनका कारण कतै यसपाली नयाँ नोट नपाइने हो कि भन्ने सर्वसाधारणलाई लागेको छ । हुनत गत वर्ष नै तत्कालीन मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले दशैंमा नै नयाँ नोट वितरण गर्न नहुने बताएका…

Read More

सिरहा, २९ भदौ । सिरहामा थप एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर घर भएकी ३३ वर्षीया महिलाको ज्यान गएको हो । लामो समय देखि ज्वरो आइरहेको उनी जनकपुरस्थित काब्या अस्पताल जनकपुरमा भर्ना भएकी थिइन् । अस्पतालमै पीसीआर परीक्षण गर्दा ती महिलालाई कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो । उपचारकै क्रममा उनको आइतबार साँझ ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादबले जानकारी दिए। सिरहामा कोरोना भइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

Read More

काठमाडौँ, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकार सुनिश्चित गर्न राष्ट्रिय कानून तथा विभिन्न अन्तरराष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व भएको जनाउनुभएको छ । यस वर्षको सो दिवस ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ सोमबार मनाइँदै छ । “गुणस्तरीय शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार भएको सन्दर्भमा बालमैत्री शैक्षिक वातावरणको निर्माण गरी…

Read More

धरान, २९ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा दीर्घ रोग समेत नभएका एक संक्रमित सँगै दुई कोरोना पोजेटिभ बिरामीको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना मोरङका हुन् । कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यस अस्पतालमा मात्र २६ कोरोना संक्रमितको मृत्यु भैसकेको छ । मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट सङ्क्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे…

Read More

झापा, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । उनले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको स्पष्ट पारे । उनले बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रति सरकारको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित रहेको चर्चा गरे । उनले यसअघिको पुस्ताले लामो सङ्घर्षमार्फत जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको चर्चा गँर्दै बालबालिकाको हितमा सरकारले काम गरिरहेको बताए । प्रधानमन्त्री ओलीले स्पष्ट पारे, “विकृति, पछौटेपन हटाउने,…

Read More