झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ५ भदौ । सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ । दुई दिनअघि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले गरेको उद्धार उडानहरू स्थगित गर्ने निर्णय सच्याउँदै मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेको हो । अब स्वदेश फर्कने नेपालीले पिसिआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने र काठमाडौं उत्रिसकेपछि होटेल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय भएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । होटेलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिनेछ । ‘अब तत्काल उद्धार उडानहरू हुन्छन् । सम्बन्धित देशले पठाएको सिफारिसका…

Read More

झापा, ५ भदौ । विभिन्न मुलुकबाट उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म ५१ हजार ९६३ जना नेपालीको उद्धार गरिएको छ । यीमध्ये १०९ जना कूटनीतिक तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका व्यक्ति रहेको कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टरले जनाएको छ । नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा ३० भन्दा बढी मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गएर उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो । गत जेठ मध्यदेखि सुरु उद्धार उडानमार्फत भदौ ३ सम्म सबैभन्दा धेरै संयुक्त अरब एमिरेट्स यूएईबाट १४ हजार ४८१ जनाको उद्धार भएको छ । त्यसपछि साउदी अरबबाट सात हजार…

Read More

झापा, ५ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा…

Read More

काठमाडौं, ५ भदौ । काठमाडौं उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिसकिएको छ । अब क्रमिक रूपमा सबै नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई आइसोलेसन बनाइने भएको छ । उपत्यकामा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनले मात्र काम नगर्ने र निश्चित सङ्ख्यामा नियमित परीक्षण गर्ने सहितको आइसोलेसन कक्ष आवश्यक पर्ने उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनले पहिलो चरणमा भक्तपुरबाट सुरु गरिए पनि क्रमिक रूपमा उपत्यकाका सबै नगरपालिकाभित्र आइसोलेसन कक्ष…

Read More

काठमाडौँ, ५ भदौ । २१ अगस्ट १९८८ (विसं २०४५ भदौ ५ गते) बिहान ५ बजे उदयपुर जिल्लालाई केन्द्रविन्दू बनाएर ६ दशमलव ६ रेक्टरस्केलको शक्तिशाली भूकम्प जाँदा नेपालमा ७ सय २१ र भारतमा २ सय ७७ जनाले ज्यान गुमाएका थिए । ४० सेकेन्डसम्म यस भूकम्पले सिंगो नेपाललाई हल्लाएको थियो । नेपालको पूर्वी भूूभागमा भूकम्पले धेरै क्षति पुर्यायो । धरानमा १ सय १६ जनाको मृत्यु भयो भने १५ सयभन्दा धेरै व्यक्ति घाइते भए । भूकम्पको असर काठमाडौँलगायत नेपालको मध्य क्षेत्रमा पनि परेको थियो । छिमेकी भारतको बिहार प्रान्तमा पनि जनधनको ठूलै क्षति निम्तियो । यहाँ २ सय ७७ जनाको मृत्यु भयो ।…

Read More

विराटनगर, ४ भदौ । प्रदेश १ सरकारले संचालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको छ । कोरोनाका लक्षणसहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेल बताउनुभयो । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रवन्ध गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लक्षण भएकालाई विराटनगर ल्याईने छ ।’ क्वारेन्टाईन र आईसोलेसनलाई व्यवस्थित गरेर मात्र कोरोना संक्रमणको निदान हुने मन्त्री घिमिरेले बताउनुभयो । केन्द्रमा १० वटा आईसीयु वेड, २ वटा फिक्स र ३ वटा पोर्टेवलसहित ५ वटा भेन्टिलेटर…

Read More

झापा, ४ भदौ । बितेको २४ घण्टामा देशभर ७०७ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको बताए । यस्तै पछिल्लो २४ घण्टामा देशभर २४६ जना डिस्चार्ज भएका छन् भने देशभर निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । हाल देशभर ११ हजार ५५५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ८३ जना रहेको छ । जसमध्ये प्रदेश १ मा १ हजार ४५ जना, प्रदेश २ मा १ हजार ९ सय ५३ जना, बागमती प्रदेशमा २ हजार…

Read More

झापा, ४ भदौ । देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२६ पुगेको हो । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको जानकारी दिए । उनले बितेको २४ घण्टामा देशभर ७०७ जनामा संक्रमण पुष्टि भएको पनि जानकारी दिए । यस्तै संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ ।

Read More

सुनसरी, ४ भदौ । सुनसरी भोक्राहाका २२ वर्षीय गुणराज यादवको हत्या भयो । भोक्राहा गाउँपालिका–७ स्थित घरबाट साउन २९ मा ‘मोवाइल पसलमा काम छ’ भनेर निस्केका गुणराजको शव साउन ३१ मा सुनसरी खोलामा भेटिएको थियो । गाउँकै पाँचजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए । हत्यामा संलग्न दिनेश महतो, पप्पु राम, शिव कुमार मेहता, दीपक कुमार यादव र प्रदीप रामलाई प्रहरीले क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरुलाई ज्यान सम्बन्धी मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । धानखेतमा ‘रगत जस्तो पदार्थ’ देखिएको स्थानीयको सूचना फलो…

Read More

मोरङ, ४ भदौ । मोरङको उर्लाबारी नगरपालिका–७ का २८ वर्षीय नविन बिकको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा घाइते भएका बिकलाई उपचारका लागि गोदावरी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । पौडी खेल्ने क्रममा डुबेर मृत्युयसैबीच, मोरङको रङ्गेली नगरपालिका–१ का ४९ वर्षीय खड्ग बहादुर मगरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर…

Read More