
झापा, २८ साउन । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसतर्फका पाँच मन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा दिनुभएको छ ।
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारको नेतृत्वमा स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक विकासराज्य मन्त्री शोभा चेम्जोङ सहभागी हुनभएको थियो।
उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइलका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बीच पछिल्लो समयमा भएको तीनबुँदे सहमतिअनुसार नेपाली कांग्रेस सरकारबाट बाहिरिन उचित ठानेकाले सामूहिक रुपमा राजीनामा दिएको बताउनुभयो ।
अब कोशी प्रदेश सरकारमा नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वकै सरकारमा नेकपा सहभागी हुने भएको छ ।


