
अर्जुनधारा, २८ साउन । झापाका पत्रकार प्रेम आचार्यलाई मातृशोक परेको छ । पत्रकार आचार्यकी ममतामयी माता चन्द्रकला आचार्यको ७५ वर्षको उमेरमा बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो ।
झापाको अर्जुनधारा–८ निवासी चन्द्रकलाको कनकाई अस्पतालमा उपचारकै क्रममा बिहीबार बिहान करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय चन्द्रकलाका तीन छोरामध्ये पत्रकार प्रेम आचार्य माइला छोरा हुन् । उनका जेठा छोरा अम्बिका आचार्य र कान्छा छोरा खगेन्द्र आचार्य हुन् ।
स्वर्गीय चन्द्रकला आचार्यको पार्थिव शरीरको बिहीबार बिहान १०ः३० बजेपछि कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
झापा अनलाइन परिवार दिवंगत माताप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकाकुल परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछ ।


