झापा, २९ साउन । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार बिहान ८ बजे जनाएअनुसार हाल देशभरकै आकाशमा साधारणतया बादल लागेको छ। कर्णाली प्रदेशका धेरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै बागमती र कोसी प्रदेशका थोरै ठाउँमा मध्यमसम्म वर्षा भइरहेको छ।
मौसम महाशाखाले आज बिहान अपडेट गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मधेस प्रदेश साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान साथै कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। देशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसअघि मौसम महाशाखाले आजै बिहान ७ः२० बजे जारी गरेको सूचनाअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा लमजुङ जिल्लाको गिलुङमा १७९.२ मिलिमिटर भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश ठाउँमा पानी परेको छ। साथै अन्य प्रदेशका पनि धेरै ठाउँमा वर्षा भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी तथा थोरै ठाउँमा धेरै भारी वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि थोरै स्थानमा धेरै भारी वर्षा भएको छ र अझै पानी परिरहेको तथा उक्त प्रणाली पश्चिमतर्फ सरिरहेकाले कर्णाली र सुदूरपश्चिम प्रदेशमा थप वर्षा हुने सम्भावना छ।



