
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ११ भदौ । देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ। ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन्। अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ। सरकार र नागरिक दुवैका कमजोरीले काठमाडौं संक्रमणको उच्च जोखिममा गएको विज्ञ बताउँछन्। शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा। शेरबहादुर पुनले लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको बताए। ‘लकडाउन खुसेसँगै बाहिरी जिल्लाबाट काठमाडौं आउने…
झापा, ११ भदौ । कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिन बाटो खुला गरेको छ । त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नो अब्जेक्सन लेटरको अनुमति दिने गरी बाटो खोल्न गरेको सिफारिसलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले बाटो खोलेको जनाइएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले मन्त्रालयले विदेशमा पढ्न जानका लागि विद्यार्थीलाई चाहिने ‘नो अब्जेक्सन लेटर’ दिन सरकारसित अनुमति…
झापा, ११ भदौ । राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लामा रहेका मालपोत कार्यालय, घरजग्गा खरिदकर्ता र दलालको मिलेमतोमा जग्गाको काम थैली कायम गरी करोडौं रुपैयाँ अनियमितता भएको पाइएको छ । मालपोत कार्यालयबाट पारित हुने लिखितमा जग्गाको बाटोको स्तरका आधारमा न्यूनतम मूल्यांकन पुस्तिकामा दरभन्दा घटी थैली कायम गरी राजीनामा पास गर्न नमिल्ने कानुनी प्रावधान छ । तर, सो कानुनी प्रावधानविपरीत मालपोत कार्यालय, दलाल तथा जग्गा बिक्री र खरिद गर्नेहरूको मिलेमतोमा करोडौंको झेल हुने गरेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६र७७ मा मुलुकका विभिन्न मालपोत कार्यालयमा देखिएको विकृतिका कारण राज्यकोषमा करोडौँको क्षति पुगेको ठहर गर्दै सो रकम असुल उपर गर्न सरकारलाई…
झापा, ११ भदौ । सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ । पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको नयाँ उडान तालिकाअनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पूर्ण पालना गर्नुपर्नेछ । आजको राजधानी दैनिकमा खबर छ । यस्ता छन् अनिवार्य शर्तहरु–पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्यसबै यात्रुको पिसिआर नेगेटिभ भए सोझै घर जान पाइनेअनलाइन फाराम अनिवार्यफाराम भएका र नभएका यात्रु मिसाउन नपाइनेकोरोना परीक्षण नगरेका यात्रु ल्याए कारबाहीविदेशी यात्रुको हकमा परिचयपत्र अनिवार्यभिसाको…
पाँचथर, ११ भदौ । आजदेखि पाँचथरको फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यकीय बाहेक सबै बजार पसल बन्द गराएको छ । बुधबार बसेको बैठकले बिहीबार राति १२ बजेदेखि अत्यावश्यक बाहेक बजार, पसल बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले जानकारी दिनुभयो । फिदिम नगरपालिकामा समेत पछिल्लो समय कोरोना संक्रिमितको संख्यामा बढ्दैका साथै बजार पसल, मानिसहरुको आवातजावत बाक्लिन थालेपछि बन्द गराइएको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय कोरोनाको संक्रमण वढेको हुँदा अत्यावश्किय काम बाहेक हिड्डुल नगर्न र बजार पसल नखोलिदिन नगरले नगरवासीलाई आग्रह गरेको छ ।यस्तै पाँचथर जिल्लामा रहेको डिसिएमसीले पर्सी (१२ भदौ) देखी सवारी साधन आवागमनमा…
झापा, ११ भदौ । नेपाल–भारत जोड्ने पूर्वी नाका काँकडभिट्टाको मेची नदीमा छ लेनको पक्की पुल निर्माण सम्पन्न भएको छ । नेपालको सीमा क्षेत्रका नदीमध्ये मेची नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो छ लेनको पक्की पुल निर्माण सम्झौताको चार महिना अगावै सकिएको हो । पुलसँगै डेढ किलोमिटरको एशियन हाइवेको एप्रोच सडकसमेत निर्माण गरिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख ई. श्यामकुमार यादवले बताउनुभयो । उहाँका अनुसार सो पुल भारतको दिनेश चन्द्र आर अग्रवाल कन्स्ट्रक्सन प्रालिले ३६ महिनाको अवधिमा सम्पन्न गर्ने गरी सन् २०१८ को फेबु्रअरीदेखि निर्माणको काम प्रारम्भ गरेको थियो । विश्व कोरोना महामारीले शुरुमा पुल निर्माणमा असर पारे पनि तत्काल भारत सरकारले ठूला…
झापा, ११ भदौ । झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको निधन भएको छ । घाइते ३८ वर्षीय सरिकुल आलमलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटलमा भर्ना गरिएकामा बुधबार बेलुकी ९ बजेतिर मृत्यु भएको हो । आलमको पेटमा गोली लागेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार बुधबार अपराह्न गोरु काटेका आरोपमा प्रहरीले स्थानीय दुई व्यक्तिलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेको थियो । साँझ ती व्यक्तिलाई जिल्लामा लैजाँदै गर्दा इप्रकाभन्दा तीन किलोमिटर उत्तर बाटामा पर्ने कामाटोली बजारमा स्थानीयवासीको उत्तेजित समूहले ढुङ्गामुढासहित प्रहरीमाथि…
भद्रपुर, १० भदौ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार कम्युनिस्ट पार्टीका लागि मात्र भएको बताएका छन् । चन्द्रगढी स्थित डेमोक्रेटिक लयर्स एसोसियसनका प्रतिनिधिहरूसित कुराकानी गर्दै नेता सिटौलाले देश विदेशमा श्रम गर्न खटिएका नेपालीको पीडा सुनुवाई गर्नुको सट्टा सरकार कम्युनिस्ट हो कि होइन खोजिगरेर बसेको आरोप लगाउँदै नेपाली नागरिकको सरकार बन्न नसकेको बताएका हुन् । राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षाका लागि नेपाली काँग्रेसको विकल्पमा कुनै दल नरहेको भन्दै सिटौलाले वर्तमान सरकार कमाउनिस्ट चरित्र उन्मुख रहेको बताए । उनले अहिले देशमा लोकतन्त्रवादी र कम्युनिस्ट एकल अवसरवादी प्रवृत्ति बीच संघर्ष रहेको भन्दै निकट भविस्यमा सडकबाटै भिड्ने दिन आउन लागेको…
भद्रपुर, १० भदौ । झापा भद्रपुरका अग्रज पत्रकार नकुलकाजीसहित एक सय बढी व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस भद्रपुरको आयोजनामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा झापाका अग्रज पत्रकार नकुल काजी तथा राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य विश्वनाथ श्रेष्ठको नेतृत्वमा एक सय जना व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरूलाई कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक, जिल्ला सभापति उद्धव थापा, प्रदेश संसद ओमप्रकाश सरावगी, क्षेत्रीय सभापति गणेश पोखरेल, नगर सभापति मोहन महर्जनले स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए । नव प्रवेशी श्रेष्ठले प्रजातन्त्रको खोजी गर्ने क्रममा नेपाली काँग्रेसमा आइपुगेको धारणा राख्दै दुधमा पनी भएर मिसिएकोले नछुट्टिने विश्वास…
कालिका खड्काकाठमाडौँ, १० साउन । आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना–१९ सँग लड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले कोरोना–१९ सँग लड्ने क्षमता वृद्धि गर्न आयुर्वेद उपचार पद्धतिले देखाएको हो । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कार्यकारी निर्देशक डा रामआधार यादवले भन्नुभयो, “हामीले भान्छामा प्रयोग गर्दै आएका सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोनाविरुद्ध लड्न सहयोग पुग्छ ।” डा यादवका अनुसार जडिबुटीको…