झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

जितेन्द्र भण्डारीपाँचथर, २२ भदौ । पाँचथर जिल्लामा थप ४ प्रहरी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत ३३ वर्षीय २ सहित २६ र ३८ वर्षीय थप गरी ४ जना रहेको स्वास्थ कार्यालय प्रमूख नारदमणी सुवेदीले जानारी दिनुभयो । यस्तै पाँचथर अस्पताल फिदिमको भवन निर्माणमा खटेका ३८ वर्षीय एक मजदुर र राँके घर भएका एकजना नागरिक छन । अवैध हात हतियार मुद्धामा कसुरदार ठहरिएका ती नागरिकलाइ अदालतमा हाजिर गराउने क्रममा प्रहरीले स्वाब संकलन गराएको थियो…

Read More

कोहलपुर, २२ भदौ । बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो । भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बस्नुभएको थियो । उहाँको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट…

Read More

काठमाडौं, २२ भदौ । नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको दुई दिने बैठकले ९ वटा निर्णय गरेको छ । भदौ २० र २१ गते भएको काँग्रेस प्रचार विभागको प्रथम भर्चुअल बैठक न्यूनतम योजना र दीर्घकालीन उपयोगिता सम्बन्धी ९ वटा निर्णय लिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख रहेको प्रचार विभागले ६ वटा उपसमितिको संयोजक तोकेको छ । बैठकले यस्तै दुई कार्यदल पनि गठन गर्ने निर्णय गरेको प्रचार विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए । बैठकका निर्णयहरु१) विभागलाई कार्य गर्न प्राप्त छोटो समयलाई दृष्टिगत गरेर ‘न्यूनतम योजना तर दीर्घकालीन उपयोगिता’ को नीति लिंदै सोही अनुरुप कार्य गर्ने ।…

Read More

ताप्लेजुङ, २२ भदौ । ताप्लेजुङ सिरिजंघा गाउँपालिका–४ का दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे रहेका छन । गए राती परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन समेत माथीबाट झरेको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सोही आयोजनाको पावर हाउसमा लिम्बु र थेवे अप्रेटरको काम गर्दै आएका थिए । पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस बगाउँदा उनीहरुको पनि पुरिएर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई लाश को उद्धार गरी कानुनी कारबाही भईरहेको उक्त…

Read More

किरण पौड्यालइलाम, २२ भदौ । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य मापन चाहिँ सधै एउटै दर कायम हुन्छ । अलैँचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा रु एक लाख प्रति मन कोरोबार हुँदा र अहिले सरदर रु २० हजार प्रति मन हुँदा पनि एउटै छ । व्यवसायीका अनुसार अहिले नेपालबाट जाने अलैँचीको मूल्य दर प्रतिकिलो भारु ५०० (रु ८००) को नै बिल भन्सारमा बनाउनुपर्ने बाध्यता छ । यही कारण नेपाली बजारमा प्रतिकिलो…

Read More

बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । अर्जुनले आफु कोरोना संक्रमित भएको कुरा सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । नोवेल कोरोना भाइरस को शिकार बनेका अर्जुन कपुरले आफ्ना प्रशंसकलाई आफु संक्रमित भएको जानकारी दिंदै लेखेका छन् ‘तपाईंहरु सबैलाई सूचना दिनु मेरो कर्तव्य हो कि मेरो कोरोनाभाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । म ठिक छु र मैले डाक्टर र अधिकारीको सल्लाह अनुसार मैले आफूलाई अलग राखेको छु । म तपाईंहरुको समर्थनका लागि धन्यवाद दिन्छु र अबको समयमा म तपाईंहरु सबैलाई आफ्नो स्वास्थ्यबारे जानकारी दिनेछु । यो असाधारण र अभूतपूर्व समय हो र मलाई विश्वास छ कि…

Read More

काठमाडौं, २२ भदौ । कोरोना भाइरस संक्रमण जितेकाले इच्छाशक्ति र आत्मबल बलियो भए कोरोनामुक्त हुन सकिने बताएका छन् । संक्रमण जितेकाले आत्मबल बलियो बनाउनुपर्ने तर सतर्क रहन सुझाव दिएका छन् । आफूहरू संक्रमण भएको बेला नआत्तिएको तर दृढ आत्मविश्वास कायम गरेर बसेको अनुभव साटेका छन् । संवैधानिक निकायका प्रमुखदेखि सांसदसम्मलाई कोरोना संक्रमण देखिएको छ । यस्तै, न्यायाधीशदेखि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी पत्रकारसम्मलाई कोरोना संक्रमण भएको छ । सांसद प्रदीप यादवले कोरोना संक्रमण भइहाले इच्छाशक्ति र आत्मबल बलियो बनाउन सके केही नहुने बताए । उनले भने, ‘इच्छाशक्ति बलियो बनाउने हो भने कोरोना परास्त गरिन्छ । सबैभन्दा ठूलो कुरा आत्मबल बलियो बनाउनुपर्छ । चिकित्सकको…

Read More

काठमाडौं, २२ भदौ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने राय दिएका हुन् । बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने सुझाव दिए । विभिन्न बहानामा मानिस उपत्यका भित्रने क्रम नरोकिएको र चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई भित्र्याउनु परिरहेको भन्दै उनले नाका नै ठप्प पार्न नसकिएको…

Read More

झापा, २२ भदौ । कोरोना महामारीका कारण प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित बनेको छ । प्रधानन्यायाधीशको अध्यक्षमा गठित न्यायमा पहुँचका कामअन्तर्गत उत्पीडित र विपन्न वर्गका लागि न्यायमा पहुँच अभिवृद्धिको काम चैतयता ठप्प भएको छ । कोरोना भारइसको महामारीका कारण चैतयता लकडाउनका कारण न्यायमा पहुँचअन्तर्गत गर्ने पर्ने काम प्रभावित बनेको हो । महामारीसँगै सर्वोच्चसहित मुलुकभरका अदालतको न्यायिक कामसमेत प्रभावित बन्न पुगेको छ । समयावधि तोकेरसमेत काम गर्न सक्ने अवस्था रहेन । अदालतमा दैनिक तोकिने मुद्दाको पेसीसमेत पछिल्लो समय प्रभावित बनेको छ । कोरोनाका कारण बन्दी प्रत्यक्षीकरण, थुनछेक बहसबाहेक अन्य सबै काम प्रभावित भएका बेला प्रधान्यायाधीश मातहत रहने आयोगको कामसमेत प्रभावित…

Read More

काठमाडौं, २२ भदौ । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयले अनुत्पादक खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। ‘यसप्रकारका अनुत्पादक खर्च नियन्त्रण गर्नुपर्नेमा थप रकमान्तर गरी खर्च गर्न मनासिब देखिएन’, महालेखाको ५७औं प्रतिवेदनमा लेखिएको छ, ‘यसप्रकारको खर्चमा नियन्त्रण गर्नुपर्छ।’ महालेखाका अनुसार विनियोजित रकम सकेर विकास बजेटसमेत रकमान्तर गरी खर्च गरेको पाइएको छ। पूर्वमुख्यसचिव विमलप्रसाद कोइराला अनावश्यक खर्च रोक्नुपर्ने बताउँछन्।…

Read More