
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २१ भदौ । बढ्दै गएको कृत्रिम जीवनशैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवनशैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञ डा। हरिप्रसाद पोखरेलले जैविक कृषि पद्धतिलाई बिर्सिएर रासायनिक मल प्रयोग गर्दा सबै खानेकुरामा मन्द विष मिसिन थालेको बताए । “आजभन्दा ५० वर्ष अघिसम्म जैविक कृषि प्रणाली थियो, त्यसलाई बिर्सिएर उत्पादन बढाउने नाममा रासायनिक मल भित्र्याएर उब्जनी गर्दा ती अनाजका माध्यमबाट धेरै नसर्ने रोग फैलिएका छन्, दूध धेरै निकाल्न गाई, भैँसीमा लगाइने हार्मोन र एन्टियोबायोटिक जस्ता सुईले…
लन्डन, २१ भदौ । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । समितिका संयोजक डा संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । संघका अनुसार हाल सम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट…
सुनसरी, २१ भदौ । सुनसरी देवानगञ्ज–२ का ३० वर्षीय सन्त कुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उक्त कार्यालयले जनाएको हो ।
काठमाडौं, २१ भदौ । देशका विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् । शनिबार कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५६६ छ । यस्तै कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औषतमा ६० प्रतिशत छ ।
काठमाडौं, २१ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताएका हुन्। गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तरक्रियाममा मन्त्री भुसालले आउँदो चुनावअघि नै देशबाहिर रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता गरिने बताए । उनले राजनीतिक अधिकारबाहेक सबै अधिकारसहितको नागरिकताको व्यवस्था संविधानले नै गरिसकेकाले अहिले प्राप्त…
झापा, २१ भदौ । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ । जसका कारण प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २, बागमाती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले प्रदेश नं १,…
काठमाडौं, २१ भदौ । उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय योजना आयोगको नेतृत्वमा यस वर्ष २ प्रतिशत ब्याज दरमा ५० करोड रुपियाँ नवप्रवर्तन सुरुवाती पुँजी उपलब्ध गराउने तयारी भएको हो । आयोगले गत आर्थिक वर्षमै नवप्रवर्तनकारी सुरुवाती पुँजीका रूपमा अनुदान नै उपलब्ध गराउने गरी कार्यविधि नै बनाएको थियो तर अनुदानको रकमबाट प्रतिफल धेरै प्राप्त हुन नसक्ने योजना आयोगको निष्कर्ष र चालू आर्थिक वर्ष २०७७÷७८ को बजेटको प्रावधान अनुरूप अनुदानलाई खारेज गरेर सहुलियतपूर्ण ऋणको प्रारूपमा परिवर्तन गर्न लागिएको हो…
झापा, २१ भदौ । पाँच महिनादेखि कोरोनाका कारण पठनपाठन ठप्प भएको सामुदायिक विद्यालय र केही निजी विद्यालयमा असोज १ गतेबाट पढाइ शुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विद्यार्थी सिकाइ निर्देशिका जारी गरी पठनपाठन शुरु गर्ने भएको हो । सो निर्देशिका दुई दिनभित्र सार्वजनिक हुनेछ । प्रधानमन्त्री केपी ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई वैकल्पिक विधिबाट तत्काल पठनपाठन शुरु गराउन र निजी विद्यालयलाई सो माध्यमबाट पढाएबापत शुल्क लिने व्यवस्था तत्काल लागू गर्न निर्देशन दिएपछि मन्त्री पोखरेलले निर्देशिका तयार गर्न लागेका हुन् । मन्त्रालय स्रोतका अनुसार सम्भवतः मंगलबारभित्र निर्देशिका जारी गरी असोजबाट पठनपाठन शुरु गर्न देशैभरका…
काठमाडौँ, २१ भदौ । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् । यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको घटना भएको छ । भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेपछि अवैध सम्बन्ध र लेनदेनका कारण हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकोलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आफ्नै काकी पर्ने गीतासँग निर्मलको अवैध सम्बन्ध रहेको…
काठमाडौँ, २१ भदौ । नेपालमा नौ प्रजातिका उफ्रने माकुरा फेला परेका छन् । यसअघि रेकर्डमा नरहेका नौ प्रजातिका नयाँ माकुरा फेला पारिएको अध्यता किरण थापा मगरले जानकारी दिए । उनले चितवन राष्ट्रिय निकुञ्जमा एक वर्ष लगाएर गरेको खोजमा उफ्रने प्रजातिका माकुरा पत्ता लगाएका हुन् । अध्ययनका लागि उनलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछाने, अन्य संरक्षणकर्मी विमलराज श्रेष्ठ, टेकबहादुर गुरुङ, रबिनबहादुर केसी, डेभिड इ।हिल र अर्जुन थापाले सघाएका थिए । यी माकुरालाई ‘जम्पिङ स्पाइडर’ भनेर विश्वव्यापी रूपमा चिनिन्छ । साल्टिसिडा वैज्ञानिक नाम र यसै परिवारभित्र पर्ने यो माकुरा एरेनाइ वर्गमा पर्छ । नयाँ फेला परेका नौ प्रजातिका माकुरा मध्येको…