
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बागलुङ, १९ भदौ । गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गर्नुभएको छ । उहाँले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभयो ।गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो । बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो । राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताउनुभएको सासंद् पौडेलले जानकारी दिनुभयो । “जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नुभएको छ”, उहाँले भन्नुभयो । गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले रु। दुई लाखका दरले राहत प्रदान गर्ने…
विराटनगर, १९ भदौ । शौचालयमा लडेर घाइते भएकी मोरङको कानेपोखरीकी एक गर्भवती महिलाको विराटनगरका ७ वटा अस्पताल पुर्याउँदा पनि उपचार नपाएर मृत्यु भएको छ । मंगलबार राति शौचालयमा लडेकी ७ महिनाकी गर्भवती कानेपोखरी गाउँपालिका की २३ वर्षीया सविना थापा दर्जी को समयमा उपचार नपाएको कारण मृत्यु भएको हो । लडेपछि बाहिर चोटपटक नदेखिएपनि स्वास्थ्य अवस्था बिग्रदै गएपछि बुधबार राति सबिनालाई उपचारका लागि विराटनगर ल्याइएको थियो । तर, आफन्तले विराटनगरका सबै ठूला अस्पताल चहारे पनि भर्ना गराउन पाएनन् । नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङ होम, ग्रीनक्रस, सुरक्षा र कोशी अस्पतालले पनि उपचार गर्न नमानेपछि उनको अवस्था थप बिग्रिएको…
काठमाडौं, १९ भदौ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । खतिवडाले शुक्रबार अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओलीलाई रजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । भोलिबाट खतिवडाको पदावधि सकिँदै थियो । खतिवडा गत फागुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन भएका थिए । संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बनेका खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ । संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था छ । प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाउनुअघि मन्त्री खतिवडाले मन्त्रालयका मातहतका कर्मचारीलाई सम्बोधन गर्दै आफुले आजै…
बिर्तामोड, १९ भदौ । इलाम जिल्लाको माई नगरपालिकामा समेत कार्यक्षेत्र बिस्तार गरेको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना तीनजना सदस्यहरुलाई हालै सदस्य स्वास्थ्य उपचार राहत सुविधा प्रदान गरेको छ । संस्थाका विभागीय प्रमुख विजय बस्नेतको नेतृत्वमा सम्बन्धित क्षेत्रको सेवा केन्द्रका कर्मचारी तथा सञ्चालहरुले गोलधाप, हल्दिबारी र काँकरभिट्टाका सदस्यहरुहरुलाई उपचार सुविधा प्रदान गरेका हुन् । संस्थाले मेचीनगर सेवा केन्द्रका सदस्य, काँकरभिट्टा निवासी कमलकुमारी राईको पत्थरियाको शल्यक्रिया गरिएकोले उपचार सहयोग वापत २० हजार रुपैयाँ प्रदान गरिएको छ । संस्थाका विभागीय प्रमुख बस्नेत र मेचीनगर सेवा केन्द्र प्रमुख शान्तकुमार बस्नेतले संयुक्तरुपमा सदस्य राईलाई नगद हस्तान्तरण गरेका हुन् । उपचार सहयोग ग्रहण…
भद्रपुर, १९ भदौ । राप्रपा सम्युक्त मेचीनगरका अध्यक्ष नरेश महराको नेतृत्वमा २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस मेची नगरको संयोजनमा आयोजित कार्यक्रममा राप्रपा छोडेर महरा सहितका व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरूलाई काँग्रेस नेता कृष्णप्रसाद सिटौला, जिल्ला सदस्य विजय रिजाल लगायतका नेताहरूले स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए । यसैबीच, भद्रपुर–१ र ८ बाट विभिन्न दल छाडेर केही युवा नेपाली काँग्रेस प्रवेश गरेका छन् । वडा समिति मार्फत आयोजित कार्यक्रममा २० बढी युवाहरू कांग्रेसमा प्रवेश गरेको जनाइएको छ ।
बिर्तामोड, १९ भदौ । झापामा आज सात स्थानीय तहका २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ७ महिला र १९ पुरुष रहेका छन् । तीमध्ये चार जना भारतबाट आएका छन् भने बाँकी स्थानीय रहेका छन् । मेचीनगर–७ र १० नम्बर वडाका ४ जना स्थानीय, झापा गापा–१ का ३ जना भारतबाट आएका, गौरीगञ्ज–५ का १ जना स्थानीय, दमक–६, ७ र ८ नम्बर वडाका ५ जना स्थानीय, कनकाई–३ र ५ का १० जना स्थानीय, भद्रपुरका २ जना प्रहरी र कचनकवल–७ का १ जना भारतबाट आएका कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या…
झापा, १९ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् भने कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ। आजसम्म पीसीआर विधिबाट ७ लाख…
बिर्तामोड, १९ भदौ । झापाको बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक एवम् प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाको भव्य बिदाई कार्यक्रम भएको छ । नगरपालिका परिसरमा आज आयोजित एक कार्यक्रमका बीच पाँचौँ नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट र प्रमुख प्रशासकीय अधिकृत खतिवडाको भव्य बिदाइ गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. १ का प्रदेश सदस्य एकराज कार्की, नगरप्रमुख ध्रुव शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईं लगायतले ‘नगर विकास योजना’ पुस्तिका सार्वजनिक गर्नुभयो । नगरपालिकाले चालू आर्थिक वर्षमा १ अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको १३९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको…
काठमाडौँ, १९ भदौ । प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ । रासस
चितवन, १९ भदौ । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए । पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत ‘बि पोजेटिभ’ रहेको थियो । दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले जानकारी दिए । कोभिड सङ्क्रमित भएर आइसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत सङ्कलन…