
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १८ भदौ । झापामा आज १२ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकामा आज कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बिर्तामोड–५ मा चार महिलासहित पाँच जना, अर्जुनधारा–८ मा एक जना पुरुष र कमल–३ मा दुई पुरुष र छ चार जना पुरुष रहेका छन् । उनीहरुमध्ये अर्जुनधारामा भेटिएका संक्रमित भारतीय हुन् भने बिर्तामोड र कमलका स्थानीय हुन् । आज १२ जनासँगै झापामा कोरोना संक्रमितको संख्या ६१५ पुगेको छ । उनीहरुमध्ये ४८१ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
बुटवल, १८ भदौ । बुटवलमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा रुपन्देहीको सैनामैना– ११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुष छन् । महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज बिहान र पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको ती अस्पतालले जनाएको छ । उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकी ती महिलाको कोरोनासँग मिल्दो लक्षण देखिएपछि बुधबार राति नै पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पतालकै आइसोलेशनमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा आज बिहान…
काठमाडौँ, १८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ‚ कालीकोट र सिन्धुपाल्चोकमा गएको बाढीपहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज अपराह्न ट्विट गरी मौसमी विपद्को जोखिम हरेक वर्ष भयावह हुने गरेको जनाउँदै प्रकृति र वातावरणमैत्री दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाउन आह्वान गर्नुभएको छ । रासस
भद्रपुर, १८ भदौ । झापाको भद्रपुरमा आज वृक्षारोपण गरिएको छ । भद्रपुर–५ मेची नदीको किनारमा र भद्रपुर–८ को चन्द्रगढी एयरपोर्टमा वृक्षारोपण गरिएको हो । मेची किनारमा गुलमोहर र राजवृक्ष जातका २ सय बिरुवा रोपिएको हो । त्यसैगरी, चन्द्रगढी एयरपोर्ट सोही जातको १ सय ५० विरुवा रोपीएको हो । रोटरी क्लब अफ भद्रपुर, रोट्रयाक क्लव अफ भद्रपुरको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको प्रेसिडेन्ट नोमोनि विगत ओझाले जानकारी दिनुभयो । भद्रपुरको वडा न ५ मा वडा अध्यक्ष बन्धु कार्कीको प्रमुख आतित्थ्यतामा संक्षिप्त कार्यक्रम आयोजना गरीएको थियो भने एयरपोर्टमा एयरपोटका कर्मचारीको संलग्नता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य रोट्रयाक अध्यक्ष गिरीस शाक्यले राख्नुभएको थियो…
विराटनगर, १८ भदौ । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् । विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भनेपनि दिनभरी बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर–धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका थिए । धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च एवम् पारिवार पालनपोषण गर्नुपर्नेमा अहिले मल नपाउँदा किसान हतास देखिएका छन् । सहकारीले दैनिकरुपमा बोलाउने तर मल उपलब्ध नगराई बेलुकीमा चर्को…
झापा, १८ भदौ । झापा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद एलपी साँवा लिम्बुले शिवसताक्षी नगरपालिका–११ का २९ वर्षीय गोमनशिंह मगरको हत्या घटनाका दोषीलाई तत्काल पत्ता लगाएर सार्वजनिक गर्न प्रशासनसँग माग गरेका छन् । उनले जघन्य प्रकृतिको हत्या घटनामा संलग्नलाई हदै सम्मको सजाय हुनुपर्ने पनि माग राखेका छन् । सांसद साँवाले प्रहरी कार्यालयको करिब १ किलो मिटर दुरीमा हत्या घटना हुनुले आमसर्वसाधरण सुरक्षाको पहुँचमा नरहेको पनि आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्ण कोइरालासँग टेलिफोन गर्दे सांसद साँवाले भने, ‘अनुसन्धानको हरेक उपाय अपनाएर भए पनि अपराधी सम्म छिट्टै पुग्न सक्नुहोस ।’ मंगलबार साँझ घरबाट निस्किएर राति…
मोरङ, १८ भदौ । मोरङ रंगेली रामघाट जयनपुर टोल बस्ने ५५ बर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । मण्डलले आज विहान ६ बजे आफ्नै खेतमा पानी पटाउन भनि मटर जोड्ने क्रममा अचानक बिधुत सट भई उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका हुन । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई कानुनी कार्बाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।
तुलसीप्रसाद निरौलाबिर्तामोड, १८ भदौ । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट कनकाई–४ कोटीहोममा स्थापित पीसीआर ल्याब अब केही दिनमै सञ्चालनमा आउने भएको छ । ल्याबका लागि आवश्यक जनशक्ति नियुक्त गरी उनीहरुको तालिम तथा कानूनी प्रक्रिया अघि बढिसकेकाले ल्याब छिट्टै सञ्चालनमा आउने मेची हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुरले बताए । समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित ल्याबमा रहेका पीसीआर मेसिनसहित ४० वटा उपकरण तथा सामग्रीको विवरण र चावी एकका लागि एक अभियानको तर्फबाट हस्पिटलका डाक्टर ठाकुरलाई हस्तान्तरण गरियो । अभियानका सहसंयोजक बिनोद बस्नेतसहित अभियानकर्मीले संयुक्त रुपमा हस्पिटलका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल विश्वकर्मा र कनकाई नगरपालिकाका प्रमुख…
काठमाडौं, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दै छ । बैठक आज (बिहीबार) ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । आज बस्ने बैठकमा नेकपा कार्यदलको प्रतिवेदनमाथिको छलफल र राष्ट्रियसभाको रिक्त पदमा सिफारिस सम्बन्धी छलफलबारेको कार्यसूची रहेको नेकपा उच्च स्रोतले जानकारी दिएको छ । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न भदौ १३ गते सचिवालय बैठक बोलाइएको थियो । तर गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बस्नुपर्ने भएपछि बैठक १८ गते बस्ने गरी स्थगित गरिएको थियो । आजको सचिवालय बैठकले लामो समयदेखि स्थगित स्थायी कमिटी बैठक पनि बोलाउन सक्ने स्रोतको भनाइ छ । नेकपा भित्रको…
काठमाडौं, १८ भदौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पिएसजीले तीन खेलाडीलाई कोरोना पुष्टि भएको बताए पनि नाम भने खेलाएको थिएन । तर अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले भने ब्राजिलियन स्टार खेलाडी नेमारसहित तीन खेलाडीलाई कोरोना पुष्टि भएको उल्लेख गरेका छन् । पीएसजीले तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि अरु खेलाडी र कर्मचारीहरुको पनि परीक्षण गरिने जानकारी दिएको छ । एजेन्सी