झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १८ भदौ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएका नेपाली धमाधम फर्किरहेका छन् । अधिकांश त आउन नपाएर उतै रोकिएका छन् । स्वदेशमै पनि रोजगारी गुमाउनेको संख्या बढ्दो छ । स्वदेश होस् या विदेश, रोजगारी गुमाउने जनशक्ति भनेको युवा नै हो । सहुलियत कर्जामा सहजीकरण गरे वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यावसायिक कृषिमा लाग्ने श्रमविज्ञ तथा पूर्वसचिव पूर्णचन्द्र भट्टराई बताउँछन् । कृषि, पर्यटन र उद्योगमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने उनको ठम्याइ छ । ‘उद्योगलगायत प्राविधिक क्षेत्रमा विदेशी कामदार छन्’, पूर्वसचिव भट्टराई भन्छन्, ‘त्यस्ता ठाउँमा नेपालीलाई सीप सिकाएर विदेशी कामदार विस्थापन गर्न सकिन्छ ।’ उनका अनुसार कृषिमा ठूलो रोजगारी सम्भावना…

Read More

काठमाडौं, १८ भदौ । रोपाइँकै बेला रासायनिक मलको अभाव झेलेका किसानले रोपो पहेंलो हुँदासम्म पाएका छैनन् । मल ल्याउने टेन्डर प्रक्रियामा ढिलाइ त भएकै थियो, सरकारले पहुँचका आधारमा क्षमताहीन कम्पनीलाई आपूर्तिको ठेक्का दियो । ठेक्का पाएका कम्पनीलाई कोभिड–१९ को विश्वव्यापी संक्रमण झन् ठूलो बहाना भयो । श्रमिक नपाएको कारण जनाएर आवश्यकताअनुसार आपूर्ति नगर्दा यतिबेला देशभरका किसान मल नपाएर हैरान छन् । मल आपूर्तिको जिम्मा सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिने गरेको छ । यी दुई कम्पनीले पनि आपूर्तिकर्ता अर्को तोकेर ठेक्का दिँदै आएका छन् । छिटो ठेक्का दिन दुवै कम्पनी हतारिँदैनन् । उनीहरूले सम्झौता गरेका ठेकेदार कम्पनीले पनि आयातमा ढिलाइ गर्ने गरेकाले बर्सेनि किसानले…

Read More

सर्लाही, १८ भदौ । सर्लाहीको लालबन्दी नगरपालिका–६, मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँको साढे ८ बिघा जमिनमा विषालु सर्प पाल्ने भएको छ। सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले प्रतिष्ठानलाई ७२ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। यसका लागि प्रतिष्ठानले तीनवटै तहका सरकारसँग सम्झौता गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले जानकारी दिए। सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने योजना रहेका उनले बताए। विषालु सर्पले टोकेर तराई क्षेत्रमा बर्सेनि धेरै जनाको ज्यान जाने गरेको छ । सर्पले डसेका बिरामीलाई…

Read More

काठमाडौँ, १८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ । मिश्रले सात दिनभित्र हाजिर भई बयान नदिएमा कानुनी कारबाही गर्ने चेतावनी अख्तियारले दिएको छ । मिश्र भने हाल जापानमा छन् । कोरोना संक्रमणको जोखिमका कारण बयान लिने र छानबिन गर्ने काममा सुस्तता आइरहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको विषयमा आयोगले मिश्रलाई छानबिनका लागि बोलाएको हो । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले सेक्युरिटी प्रेस खरिदका बारेमा आवश्यक छानबिन गरी अनुसन्धानलाई तीव्रता दिनका लागि मिश्रलाई बोलाइएको जानकारी दिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्विस कम्पनीका…

Read More

झापा, १८ भदौ । निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाइएको छ । निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित खाताबाट खर्च गर्ने गरी निर्वाचन कानुनलाई एकीकृत गर्ने विधेयक मस्यौदा गरी आयोगले सैद्धान्तिक स्वीकृतिका लागि कानुन मन्त्रालयमा पठाएको हो । निर्वाचनको आर्थिक पारदर्शिताका लागि भन्दै आयोगले सो प्रस्ताव अगाडि बढाएको हो । प्रस्तावित व्यवस्थामा भनिएको छ, ‘‘उम्मेदवार हुने व्यक्तिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने बैङ्क खाताको विवरण र सो निर्वाचनको प्रयोजनका लागि खर्च गर्ने रकम तथा आर्थिक सहयोग वा प्राप्त रकम सो खातामा जम्मा गर्ने र निर्वाचन प्रयोजनका लागि खर्च हुने रकम सोही…

Read More

काठमाडौँ, १८ भदौ । पाठ्यक्रम विकास केन्द्रले विषय समितिका विज्ञसँग छलफल गरी तत्कालका लागि ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रले ७० प्रतिशत कोर्स पढाउने गरी हप्ताको २३ घण्टाको दरले ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । चालू शैक्षिक सत्रमा १ सय ५४ दिन अर्थात् ८ सय १६ घण्टा पढाउनुपर्ने भएको छ । कोभिड–१९ का कारण विद्यालय खुल्न नसकेपछि करिब ३० प्रतिशत पाठ्यवस्तु समायोजन गरी वैकल्पिक विधिबाट ८ सय १६ घण्टा पढाउनुपर्ने भएको हो । ‘सामान्य अवस्था रहेमा विद्यालयले १ सय ९२ दिन अर्थात् १ हजार २४ घण्टाको पाठ्यभारअनुसार…

Read More

काठमाडौँ, १७ भदौ । सरकारले ५ सय भन्दाबढी कोरोनाभाइरसको सक्रिय संक्रमित भेटिएमा जिल्लामा निषेधाज्ञा गर्ने भएको छ । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ५०० भन्दा बढि सक्रिय संक्रमित भएका जिल्ला १२ वटा छन् । यस्तै दुई सयदेखि पाँच सय सक्रिय संक्रमित भएका जिल्ला १९ वटा छन् । यस्तै भौतिक रुपमा सहभागी भएर सोह्र श्राद्ध गर्दा संक्रमण हुन सक्ने भएकाले प्रविधिको प्रयोग गरेर श्राद्ध गर्न गौतमले आग्रह गरे । भौतिक रुपमा सहभागी भएर…

Read More

सुरेन्द्र भण्डारीसुरुङ्गा, १७ भदौ । झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिएको छ । विश्वमा नै अतिसङ्कटापन्न अवस्थामा रहेको कछुवालाई करिब आठ वर्षअघिदेखि उद्धार गरेर संरक्षणको कार्य शुरु गरेका कारण यो नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिन पुगेको हो । पानी र जमिन दुवै ठाउँमा बस्नसक्ने कछुवा उभयचर जीव हो । प्रकृतिको सर्वाधिक पुरानो जीवधारी मानिने कछुवा सरिसृप वर्गमा पर्छ । यसलाई अहिले अर्जुनधारा नगरपालिकामा संरक्षण गरेर राखिएको छ । सुखानी शहीद स्मृति प्रतिष्ठानको हाताभित्र आठ प्रजातिका ४० भन्दा बढी कछुवालाई संरक्षण गरेर राखिएको टिआरसिसी टटल्स क्लवका कार्यक्रम निर्देशक समीर अधिकारीले बताउनुभयो । उभयचर तथा…

Read More

अनिल वाग्लेबुद्धशान्ति, १७ भदौ । विभिन्न वहानामा चुरे क्षेत्रमा अत्यधिक दोहन भइरहेको सांसदहरुले बताएका छन् । चुरे क्षेत्रको दोहन तत्काल नरोक्ने हो भने निकट भविश्यमा जनताले ठूलो क्षति बेहोर्नुपर्ने सांसद, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुले चेतावनी दिएका छन् । सोमबार रातीको मुसलधारे वर्षाका कारण बुद्धशान्तिमा पर्ने टिमाई खोलाले पु¥याएको क्षतिको जिल्ला समन्वय समिति झापाका प्रमुख एंव जिल्ला अनुगमन तथा समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा सांसद, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका जिल्ला प्रमुख, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको टोलीले आज स्थलगत अनुगमन गर्ने क्रममा उनीहरुले त्यस्तो चेतावनी दिएका हुन् । १० वर्षदेखिको निरन्तर दोहनले चुरे क्षेत्र नराम्ररी प्रभावित भएको छ । चुरे…

Read More

भद्रपुर, १७ भदौ । निर्णायक आन्दोलनमा उत्रिएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले प्याब्सन, एन प्याब्सन तथा नगर क्षेत्रमा सञ्चालित विद्यालयलाई १५ दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको छ । ५ महिनायता भोकमरीमा परेका शिक्षक कर्मचारी प्रति जिम्मेवार हुन नसकेका सञ्चालक तथा प्याब्सन, एन प्याब्सनका गतिविधि बिरूद्ध आन्दोलित भएको युनियनले भदौ मसान्त भित्र ३ महिनाको तलव भुक्तानी हुनु पर्ने एक शुत्रीय माग राखेर ज्ञापनपत्र बुझाएको हो । बोधार्थ भद्रपुर नगरपालिकालाई समेत बुझाइएको अल्टिमेटम पत्रमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई बाँच्नका लागि पारिश्रमिक उपलब्ध गराउनु पर्ने ठहर सहित विद्यालय सञ्चालकहरू, प्याब्सन, एन प्याब्सनले राज्यको नीति नियम विपरित चल्नु नहुने अनुरोधका…

Read More