
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १७ भदौ । दलहरु नेता र कार्यकर्ताले चलाउने भन्दा व्यापारीले गलाउने अवस्थामा पुगेको कुरा नेकपा विवादका क्रममा राम्रैसँग पटाक्षेप भइसकेको छ । अहिले फेरि देशको सबभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र व्यापारीहरु सल्बलाउँदा हलचल मच्चिएको छ । धन्न कोरोना पोजिटिभ भएर डलर अर्बपति सांसद विनोद चौधरी सेल्फ आइसोलेसनमा गए, नत्र यतिबेलासम्म कांग्रेसको रडाको कोरोना महामारी बिर्साउने तहमा पुगिसकेको हुने थियो । काठमाडौं चर्को लकडाउनमै थियो । सानेपास्थित उनको होटल भिभान्तामा अघिल्लो शुक्रबारदेखि मंगलबारसम्मको ब्रेकफास्ट, डिनर हुँदै लञ्चसम्मका घटनाक्रमले कांग्रेसभित्र तरंग मच्चियो । पाँचमध्येको एक दिन बिहानैदेखि सभापति शेरबहादुर देउवा र महामन्त्री सशांक कोइरालाले ब्रेकफास्टदेखि डिनरसम्म भ्याए । यस्तो गठबन्धन…
भद्रपुर, १६ भदौ । पाँच महिनायता भोकमरीमा परेका शिक्षक कर्मचारीप्रति जिम्मेवार हुन नसकेका सञ्चालक तथा प्याब्सन, एन प्याब्सनबिरूद्ध संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुरद्वारा तेस्रो चरणको आन्दोलन घोषणा गरिएको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई बाँच्नका लागि पारिश्रमिक उपलब्ध गराउनु पर्ने दायित्व बिर्सिएर विद्यालय सञ्चालकहरूले प्याब्सन, एन प्याब्सनको आडमा राज्यको नीति नियम विपरित चलेको ठहर गर्दै अन्यायपूर्ण कार्य बिरूद्ध निर्णयक आन्दोलन घोषणा गरेको हो । विद्यालय सञ्चालकहरूले आफू मातहत कार्यरत शिक्षक कर्मचारी भोकमरीमा पर्दा समेत बेवास्ता गरेको, सरकारी नीति नियम अनुसार भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको सुरक्षाको जिम्मेवारी विद्यालय सञ्चालककै भए पनि बाहनाबाजी गरेको प्रति खेद प्रकट गर्दैै इस्टु नगर…
काठमाडौं, १६ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ ।धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले १६ वटै तिथिको समय निकालेका छन् । पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष भदौ १७ गते बुधबारदेखि शुरु हुँदैछ । बुधबार प्रतिपदा तिथिको श्राद्ध दिउँसो १ः१७ बजेदेखि ३ः४९ सम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उनले जानकारी दिए । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मणलगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे…
बिर्तामोड, १६ भदौ । झापामा आज चार महिलासहित १४ जना स्थानीयबासीमा कोरोना पुष्टि भएको छ । झापाको दमक नगरपालिका, गौरीगञ्ज र बाह्रदर्शी गाउँपालिकाका स्थानीयबासीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकको वडा नं. २, ३, ५, ६ र ९ नम्बर वडाका तीन महिला र छ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । सो मध्ये एक जना कमल गाउँपालिका–३ का रहेका छन् । त्यस्तै, गौरीगञ्ज वडा नं. १ का एक जना र बाह्रदशी गाउँपालिका वडा नं. १, ५ र ७ का एक जना महिला र तीन जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । बाह्रदशीका चार जना कोरोनाको पुराना…
बिर्तामोड, १६ भदौ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई निःशुल्क कुरिलोको बिरुवा तथा रायो सागको बिउ वितरण गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समयमा घरमा सुरक्षित बस्नु आजको आवश्यकता भएको भन्दै संस्थाले आफ्ना सदस्यका लागि ‘बोट बिरुवा रोपौँ स्वस्थ्य रहौँ’ भन्ने नारासहित भदौ १७ गतेबाट कुरिलोको विरुवा र रायो सागको बिउ वितरण गर्ने भएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए । अध्यक्ष राउतले भने, ‘सदस्यहरुले आफ्नो घरबारीमा नै अग्र्र्यानिक उत्पादन गर्न सक्दा स्वस्थ्य रहन सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।’ कुरिलोको…
काठमाडौं, १६ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ। यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको गौतमले बताए ।…
झापा, १६ भदौ । कोरोनाभाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताए । महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै, पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । त्यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताए ।
चितवन, १६ भदौ । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ । कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज विहान उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै जिल्लामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । चितवनका ९ जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्बका १÷१ जनाको…
पर्वत, १६ भदौ । यहाँको एक विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । शुरुमा मेनेन्जाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका सन्दीप लामिछाने चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका छन् । उनको हातखुट्टा, शरीरको कुनै पनि भाग चल्दैन भने बोल्न, हाँस्नसमेत सक्दैनन् । त्यतिमात्र होइन, उनी आफैँ खानसमेत सक्दैनन् । सहजरूपमा स्वास फेर्न पनि गाह्रो हुन्छ । शुरुआतमा उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको भए पनि रोग निको नभएपछि उनलाई विभिन्न झारफुक गर्ने तथा नेपालका सबैजसो अस्पतालमा पुर्याउँदा पनि अवस्था नसुध्रिएको उनकी आमा कल्पना सुवेदीले बताइन् । “नेपालका सबै ठाउँमा…
झापा, १६ भदौ । राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत साउन २६ गते स्वीकृत गरेको सो प्रश्नावली आज सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यसअघि राष्ट्रिय जनगणना निर्देशक समितिले प्रत्येक वडा कार्यालयबाट सङ्कलन गरिने विवरणको लागि सामुदायिक प्रश्नावली गत असार ४ गते स्वीकृत गरिसकेको जनाएको छ । पहिलो प्रश्नावली सुरपरीक्षेकद्वारा घर तथा घरपरिवार सूचीकरणमार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घरको सम्पूर्ण विवरण…