झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मोरङ, १७ भदौ । मोरङको विराटनगर–४ स्थित कञ्चनवारी एरियाबाट अटोमेटिक पेस्तोलसहित पाँच जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ कटहरी–२ का २७ वर्षीय अभिसेक राय, २८ वर्षीय रविन शर्मा, २६ वर्षीय किसन साह, सप्तरी बोधेबर्साइनका–८ का २७ जर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ वर्षीय राजु साह रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले हिजो साँझ पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, १ थान को ३२ प ७५२५ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीको १६ थान मोबाइयल सेट, १ थान चक्कु,…

Read More

काठमाडौं, १७ भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाको अनुसार ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो । थपलियाका अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् । सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए । त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो । डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी…

Read More

बिर्तामोड, १७ भदौ । कोरोना संक्रमण रोकथामका लागि बिर्तामोड नगरपालिकाले एतिहासिक तवरबाट कार्य गरिरहेको पाइएको छ । यसको पछिल्लो उदाहरणका लागि सिटी रिक्सा चालकहरुको सामुहिक पिसिआर परीक्षण गरिनुलाई लिन सकिन्छ । एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको नगरका कोभिड संयोजक ओमबहादुर खड्काले बताउनुभयो । ‘टेम्पो चालकहरु धेरै जोखिममा छन् । यसर्थ नगरप्रमुख धु्रबकुमार शिबाकोटीको सोच अनुसार ठूलो संख्यामा उनीहरुको स्वाब संकलन गरेर पठाएका छौं’, उहाँले भन्नुभयो । उता बिर्तामोडमा रहेका क्वारेन्टिनबाट दिइने सेवा पर्याप्त मात्रामा दिइएको छ । जसका कारण बिर्तामोड अरु पालिकाको तुलनामा केही सुरक्षित रहेको नगरप्रमुख शिबाकोटी बताउनुहुन्छ ।…

Read More

काठमाडौँ, १७ भदौ । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो । निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएपछि काठमाडौँमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ । डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपीग्यासको मूल्य भने यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

Read More

काठमाडौँ, १७ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ…

Read More

ताप्लेजुङ, १७ भदौ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । मंगलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो । त्यसै दिन अपराह्नमा परेको चट्याङ लागेपछि नगरपालिका–१० फुरुम्बूकी घाइते भएकी दुर्गा भट्टराई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित वडा नं ४ तेल्लोकका दुई र वडा नं ५ पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । तेल्लोकका ३५ वर्षीय कुमार थेबे र सोही ठाउँका १७ वर्षीय उमेश थेबे, पेदाङका ५० वर्षीय अर्थमान मावो, उनकी श्रीमती ४९ वर्षीया नरमाया मावो र…

Read More

काठमाडौँ, १७ भदौ । ‘मैले युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः मनोनित गर्न राष्ट्रपतिलाई लेखेर पठाइसकेँ’, ‘अहँ, यसो गर्न पाउनुहुन्न, यससम्बन्धमा पार्टीले गरेको निर्णयलाई पार्टीमै छलफल नभइ अन्यथा गर्न मिल्दैन,’ भदौ १२ गते बालुवाटारमा नेकपाका दुई अध्यक्ष बीचको संवाद हो यो । दुई तिहाई नजिकको बहुमतप्राप्त सरकारका प्रधानमन्त्रीको एकल चाहनामा राष्ट्रियसभा सदस्य र अर्थमन्त्री बनाइएका डा।युवराज खतिवडाले अर्थ सम्हाल्दा उक्त दलको चुनावी घोषणापत्रका कतिवटा बुँदा कार्यान्वयन भए ? यो प्रश्नको जवाफ खोज्ने जनता र नेकपा कार्यकर्ताले निराशाबाहेक केही पाउँदैनन् । तर, पार्टीको संस्थागत निर्णय, विधि र पद्धतिलाई मिचेर फेरि पनि उनैलाई चुनावै हाँक्ने बेलाभन्दापछि अर्थात् अरु ६ वर्षसम्मका निम्ति राष्ट्रियसभामा लान खोजिँदैछ…

Read More

काठमाडौँ, १७ भदौ । ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८ वर्षअगाडि नै अख्तियारले कोइरालालाई रकम हिनामिनामा कारबाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा चिफ भएकै बेला घोटालाको आरोप लाग्दा सूर्यनाथ उपाध्याय अख्तियारको प्रमुख आयुक्त थिए । उनीसहित सात जना आयुक्तको सर्वसम्मत निर्णयअनुरूप अख्तियारले कोइरालामाथि कारबाहीका लागि बारम्बार ताकेता गरेको हो । अख्तियारबाट २०५९ सालमै कोइरालामाथि कारबाही गरी त्यसको जानकारी अभिलेखका लागि पठाउनसमेत ताकेता गरिएको थियो । तर, कारबाहीको जानकारी नआउँदै सूर्यनाथको अवकाश भयो । अख्तियारले…

Read More

झापा, १७ भदौ । कोरोना भाइरस विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम दिइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा। प्रदीप ज्ञवालीले बताए । उनी प्लाज्मा थेरापीले हानि गर्दैन, त्यसैले रगत दिन र लिन डराउनुपर्दैन भनेर सुझाव दिन्छन् । उनका अनुसार चिकित्सक, स्वास्थ्यकर्मी र अन्य बिरामीले अनुमति दिएको खण्डमा प्लाज्मा थेरापीको प्रयोग त्यस्ता कोरोना भाइरसका सङ्क्रमितमा भइरहेको छ । हालसम्म यस थेरापीबाट ४५ जना निको भइसकेका छन् । अमेरिका लगायत विकसित देशमा पनि प्लाज्मा थेरापी…

Read More

काठमाडौँ, १७ भदौ । डा युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । तर, त्यसरी मन्त्री भएको व्यक्तिले पदलाई निरन्तरता राख्न ६ महिनाभित्र कुनै सदनको सदस्य भइसक्नुपर्ने प्रावधान धारा ७८ (२) मा छ । मन्त्री भएको ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्न नसकेमा सो व्यक्ति हाल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर पुनः मन्त्री हुन नसक्ने संवैधानिक प्रावधान छ ।खतिवडालाई संविधानको धारा ८६ (२) (ख) बमोजिम २०७४ सालको फागुन…

Read More