
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सिमकोट, १६ भदौ । आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेता–कार्यकर्ताद्वारा हातपात भएको हो । बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्यसमेत रहनुभएका मानबहादुर थापाले हातपात गरेको पीडित वडाध्यक्ष थापाले जानकारी दिनुभयो । “पार्टीको वडा कमिटीले वडाको सत्तासँग छलफल गर्ने भनेर चिठ्ठी काटेकाले म त्यहीअनुसार बैठकमा सहभागी भएँ”, वडाध्यक्ष थापाले रासससँग भन्नुभयो, “सबैले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ‘तिमी सत्ताका भतुवाहरु भत्ताले मातेका’ भन्दै अचानक आएर मुखमा हिर्काए ।” पार्टीको…
बिर्तामोड, १६ भदौ । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गबाट करिब रू सात लाख बराबरको औवध औषधि बरामद गरिएको छ । भन्सार छलेर ल्याउँदै गरिएको ओरियन्स कम्पनीको उक्त मूल्य बराबरको ३०७ वट्टा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार दिउँसो दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा सवार गरी आएका छ जना मानिसलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको हो । बरामद गरिएको औषधी, मानिस तथा सवारी साधनहरु आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय बुझाइएको उहाँले बताउनुभयो । यसअघि प्रहरीले अवैध…
पुजन आचार्यत्रिभूवन विश्वविद्यालयको धरोहर आंगिक क्याम्पस हाम्रोमेची बहुमुखी क्याम्पस नामै छ है राम्रोजो कोही पनि आए हुन्छ माया गर्दै हाम्लाईयस क्याम्पसको पुस्तकालयमा स्वागत छ है सबलाई । जब कोही क्याम्पसको गेट भित्र छिर्नोस्चौबाटो छ बीचमा यताउता हेर्नोस्दक्षिणपट्टि मानविकी, दक्षिणपश्चिम प्रशासनउत्तर लागे पुस्तकालय आउँछ, विचार गरे अनुसाशन । पुस्तकालय प्रस्थान गर्दा बयालीस हजार किताबको थुप्रोढोका खोली हेर्दा भित्र वर्णन हुन्छ यसको रुपकोपहिला गथ्र्यौ हातले सब काम अहिले छ है यन्त्रसबलाई सेवा दिने छिटो यही मूल मन्त्र । ढोकाबाट छिरेपछि पश्चिम भित्तामा नोटिस बोर्ड छ पहिलेनयाँ पुस्तक आएपछि सूचना टाँस हुन्छ जहिलेत्यही छेउमा ओप्याक कम्प्युटर पुस्तकबारे जानकारी दिनका लागिपूर्वपट्टि रेफरेन्स घर छ…
झापा, १६ भदौ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमवार मन्त्री घिमिरेको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । मन्त्री घिमिरे संक्रमित भएपछि सामाजिक सञ्जालमा उनको स्वास्थ्य लाभको कामना गर्दै सन्देशहरु पोष्ट भएका छन् । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको थियो । सोमबारदेखि ज्वरो पनि आएपछि स्वाब संकलन गरेर पिसिआर परिक्षण गरिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझबाट मन्त्री घिमिरे निवासबाट बाहिर निस्किएका छैनन् । पखाला र हल्का ज्वरो भए पनि स्वास्थ्य…
काठमाडौँ, १६ भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधीलाई मञ्जुरी दिने अधिकार भएपनि यो हल्का रुपमा लिने काम नभएको चेतावनी दिएकी छिन् । डब्ल्यूएचओका अनुसार यतिबेला ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको जबकी १४३ खोप अहिले पनि प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन् । यसबाहेक विश्व स्वास्थ्य संगठनले पर्याप्त प्रबन्ध बिना लकडाउन हटाइरहेका देशलाई पनि चेतावनी दिएको छ । स्वास्थ्य संगठनले जुन देशमा अहिले पनि उल्लेख्य मात्रामा नयाँ संक्रमित फेला परिरहेका तर उनीहरुले मानिसलाई जम्मा…
भापा, १६ भदौ । कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं. १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै पनि अबदेखि रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको हो । आइतबार अर्थात् ३० अगस्ट २०२० का दिन यी विषय समेटिएका दुई कानुनमा कतारका अमिरले हस्ताक्षर गरेसँगै कानुनमा रूपान्तरण भएको हो । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कतार सरकारले गरेको यस निर्णयको स्वागत गर्दै यसलाई ऐतिहासिक परिवर्तन संज्ञा दिएको छ । साथै आईएलओले कतार सरकारको यस प्रकारको निर्णयले कतारको श्रम बजारमा नयाँ युग सुरु हुने विश्वाससमेत व्यक्त गरेको छ…
काठमाडौं, १६ भदौ । केन्द्रीय कारागारमा पनि कोरोना संक्रमण फैलिएको छ । आइतबार धेरै संख्यामा प्रहरी तथा कैदीबन्दीमा संक्रमण पुष्टि भएको छ । कारागार व्यवस्थापन विभागका अनुसार आइतबार ३५ जना कैदीबन्दीको पोजेटिभ रिपोर्ट आएको छ । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि कैदीबन्दीको परीक्षण गरिएको थियो । योसँगै केन्द्रीय कारागारमा संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको छ । दुई जना निको भएको विभागका महानिर्देशक द्रोण पोख्रेलले बताए । त्यस्तै, कारागारको सुरक्षामा खटिएका ५६ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । प्रहरीबाट नै जेलभित्र संक्रमण भएको आशंका गरिएको छ । कारागारको महिला सेलमा गत साता एकै पटक सयजनाभन्दा बढीमा कोरोनासँग मिल्दो लक्षण देखिएको थियो । त्यसपछि परीक्षण गर्दा पाँच जनामा संक्रमण…
काठमाडौं, १६ भदौ । उपाध्यक्ष वामदेव गौतमले पार्टी निर्णय कार्यान्वयनको अडान राख्दै राष्ट्रिय सभाको सांसदमा मनोनीत हुने रुचि राखेपछि समाधानको तहमा पुगेको नेकपाको विवाद पुनः बल्झिने संकेत देखिएको छ । प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई निरन्तरता दिने गरी राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सांसदमा सिफारिस गर्ने तयारी गरिरहेकै वेला गौतमले सोमबार सार्वजनिक रूपमै रुचि राखेपछि विवाद बल्झिने संकेत देखिएको हो । उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार भेटेर नै आफ्नो चासो व्यक्त गरेका छन् । बिहान बालुवाटार पुगेका गौतमले पुरानो निर्णयअनुसार आफू राष्ट्रिय सभामा जाने र सरकारमा पनि सहभागी हुने इच्छा व्यक्त गरेको बालुवाटार स्रोतले बताएको…
काठमाडौं, १६ भदौ । नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार (आज) देखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो । जसअनुसार निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२, १४, १९, २१, २६ र २८ सेप्टेम्बरमा दुबई उडान भर्नेछ भने क्वालालम्पुरमा आगामी ६, १३, २० र २७ सेप्टेम्बरमा उडान भर्नेछ । त्यसैगरी, हङकङमा आगामी ९ र २३ सेप्टेम्बरमा उडान भर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निगमले नियमित उडान नहुने विभिन्न देशका हवाई गन्तव्यका लागि…
झापा, १६ भदौ । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिए । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् । नयाँ विकल्पबोर्डले विद्यार्थीको शैक्षिक सत्र…