
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १५ भदौ । नेपालमा तत्कालका लागि कोरोना भाइरस विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ । विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय पनि जोडिने भएकाले तिनको विषयवस्तुमा ध्यान दिँदै त्यस्ता गलत गतिविधिबाट नेपाल जोगिन सामूहिक खोप परीक्षणको सम्भावना पर सार्ने निर्णय गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा, १५ भदौ । ‘कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई घृणा र दुव्र्यवहार होइन सक्दो सहयोग गरौँ ।’ काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिले समुदायमा अहिले यस्तै अभियान चलाएका छन् । कोरोना सङ्क्रमित र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमित नभएका व्यक्तिले दुव्र्यवहार गर्न थालेपछि जनप्रतिनिधिकै अगुवाइमा समुदाय स्तरमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो । काठमाडौँ उपत्यकामा कुल सङ्क्रमितमध्ये करिब ४५ प्रतिशत व्यक्ति घरमै एकान्तवास र समुदायको निगरानीमा एकान्तवास बसिरहेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–१ का वडाध्यक्ष मुकुन्द गजुरेलले कोरोना सङ्क्रमितलाई दैनिक तीन…
काठमाडौँ, १५ भदौ । अमेरिकामा आइतबार कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख पार भएको छ । यसका साथै मिडवेस्टका थुप्रै राज्यमा संक्रमण तीब्र रुपमा बढ्न थालेको छ । आयोवा, नर्थ डाकोटा, साउथ डाकोटा र मिनिसोटामा संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ । यस्तै मोन्टाना अस्पतालमा भर्ना गरिएका बिरामीको संख्यामा पनि वृद्धि भएको छ । देशभरीको आँकडाको कुरा गर्ने हो भने, नयाँ संक्रमित, मृत्यु र अस्पतालमा भर्ना हुनेहरुको संख्या कम नै भइरहेको छ तर मिडवेस्टमा नयाँ हटस्पट देखिन थालेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार आयोवामा थुप्रै यस्ता काउन्टिजमा नयाँ संक्रमित देखा परेका छन् जहाँ युनिभर्सिटी र कलेजमा कक्षा चालू भएका…
बिर्तामोड, १५ भदौ । लायन्स क्लब अफ बिर्तामोड सिटीले कोरोना कहरको विषम अवस्थामा पनि सामाजिक कार्यलाई निरन्तरता दिएको छ । आफ्नो मासिक सामाजिक कार्यक्रम अन्तर्गत क्लबले आइतबार बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खाना खुवाएको छ । ३३ जना आश्रित र पाँचजना कर्मचारीसहित ३८ जनालाई बेलुकाको एक छाक खाना खुवाएको हो । खाना खुवाउनुअघि भएको कार्यक्रममा लायन्सका एरिया कोअर्डिनेटर सत्यनारायण शर्मा र एरिया चियर पर्सन ओम बिमली शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संयोजक तथा सचिव उपेन्द्र बानियाँले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रवक्ता हिमाल खरेलले गरेका थिए । क्लबका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा…
झापा, १४ भदौ । झापाको कनकाई नदीको बाढीले कटान गरेर घरबार विहिन बनेकी झापा शिवसताक्षीकी तारा शेर्माको घर निर्माण सुरु भएको छ । अभियान शुरु भएकै दिन हङकङबाट १ लाख रुपैयाँ सहयोग जुटेको छ । मेची अभियान मार्फत शेर्माको स्थायी बसोबासका लागि जस्ताको छानासहितको आरसीसी घर निर्माण थालिएको अभियानका संयोजक विजय डालमियाले जानकारी दिए । डालमियाका अनुसार हङकङ नेप्लीज मोबाइल फोटोग्राफी फेसबुक समूहले बाढीबाट बिस्थापित बनेकी शेर्माको घर निर्माण सहयोगार्थ उक्त रकम प्रदान गरेका हुन् । सामाजिक संजाल ‘फेसबुक’मा शेर्माको तस्वीर र घर निर्माणसंग सम्बन्धित अन्य फोटोे पोष्ट गरेपछि समुहका सदस्यहरुले रकम संकलन गरेर पठाएको अभियानकी सदस्य भुमिका सुब्बाले बताइन्…
सुनसरी, १४ भदौ । सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालक भोक्राहा नर्सिङ–६ का २६ वर्षीय जगदेव मेहताको मृत्यु भएको छ । आज दिउँसो पौने २ बजे पश्चिमतर्फ जाँदै गरेको बा २१ च ५६९४ नम्बरको पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको को ३८ प ३४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक मेहता गम्भीर घाइते भएकोमा उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक सिन्धुली बस्ने सन्तबहादुर पुलामी मगर नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड, १४ भदौ । कोरोनाको संक्रमणको समयमा फ्रन्टलाइनमा रहेर काम गर्नेहरु बढी जोखिममा हुन्छन् । विशेषगरी स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरु । उनीहरुमध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको सुरक्षाका लागि त सरकारले केही प्रबन्ध गरिरहेको छ । सञ्चारकर्मीहरु, जो अहोरात्र सूचनाको सम्वाहक बनेर खटिरहेका हुन्छन् । उनीहरुका बारेमा न सरकार, न समुदायले सहयोग गरेको पाइन्छ । यसका लागि सञ्चारक्षेत्र नै सजग हुन जरुरी हुन्छ । यही सजगता र सर्तकताका लागि प्रेस संगठन नेपाल झापाले एउटा विशेष अभियान चलाइरहेको छ । खासगरी लकडाउन वा निषेधाज्ञाको समयमा पनि फ्रन्टलाइनमा बसेर काम गर्नुपर्छ, उनीहरुलाई कोरोनाको संक्रमणबाट बचाउन र आइपर्ने जोखिम कम गर्नका लागि प्रेस ज्याकेट वितरण…
झापा, १४ भदौ । पछिल्लो २४ घण्टामा देशभर ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ । यस्तै पछिल्लो २४…
ज्ञानमणि भूर्तेल बिना सर्त बिना स्वार्थको फेसनले हाम्रो गाउँमा पनि असर देखायो ! वरिष्ठ फलानो र वरिष्ठ ढिस्कानो सहित पचासौं बौद्धिक समुह बिना सर्त बिना स्वार्थ काङ्ग्रेस पस्यो !! हाम्रा वरिष्ठ डफेदारले आफ्नै आगनमा भेला गरेर बिना सर्त बिना स्वार्थ सदस्यता बाँडनु भो – आफ्नै बारिको घिरौला बाँडे झैँ !! पार्टी प्रवेशको कार्यक्रम भनिएता पनि आफ्नै वारि हुँदाहुँदै पार्टी अफिसको भुमि प्रयोगको औचित्य देखिएन !! वरिष्ठ फलानोले बिना सर्त बिना स्वार्थ काङ्ग्रेस पसेको बताउनु भो – जसरी निकै अघि गणेशमान सिंह भद्रपुर आउँदा घरको छतमा चार तारे झन्डाको अर्थ सहितको ब्यानर टाँगेर जित बहादुर पुरिले समेत बुझ्ने गरि बताउनु भएको…
बिर्तामोड, १४ भदौ । झापाको कनकाई नगरपालिकामा आज आठ जना स्थानीयबासीमा कोरोना संक्रमण देखिएको छ । नगरका तीन वटा वडाका दुई महिला र छ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरु वडा नं. १, ३ र ७ नम्बर वडाका रहेका छन् ।