
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १४ भदौ । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको मृत्यु भएको हो । समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको हो । स्वास्थ्य समितिका संयोजक डा.संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार,…
भद्रपुर, १४ भदौ । झापा भद्रपुरका दुई युवाले आफ्नो जन्मदिनमा उपचार खर्च जुटाउन समस्या भइरहेका असाध्य रोगीहरुलाई सहयोग गरेका छन् । भद्रपुर जेसीजका वर्ष २०१९ का अध्यक्ष अनुज खतिवडा र भद्रपुर जेसीजकै वर्तमान कार्यसमितिका उपाध्यक्ष रमेश लुइँटेलले अस्पतालले म्यानेन्जाइटिस पुष्टि गरेका ९ वर्षीय गजेन्द्र थापा, क्यान्सर पीडित मानबहादुर राउतलगायत अन्य ४ जनालाई आर्थिक सहयोग गरेका हुन् । झापा कनकाई नगरपालिका निवासी नाबालक गजेन्द्रलाई दैनिक ४–५ हजारको औषधि खानुपर्ने भएपछि अत्यन्त विपन्न परिवारका उनलाई उपचारमा समस्या भएको थियो । भद्रपुर १० निवासी क्यान्सरपीडित राउत गित अढाई वर्षदेखि यो रोगसँग लडिरहेका छन् । उनीसँग अब उपचार गर्ने आर्थिक सामथ्र्य छैन । जेसी…
पाँचथर, १४ भदौ । फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा सघन उपचारकक्ष (आइसियु) र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु दुई करोड बजेट विनियोजन गरेको छ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङको पहलमा अस्पतालमा १० शय्याको आइसियु तथा पाँच भेन्टिलेटर जडानका लागि बजेट विनियोजन भएको हो । पाँचथरसहित पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम र इलाम जिल्लाका सेवाग्राही लाभान्वित हुने गरी अस्पतालको स्तरोन्नति र अत्याधुनिक सेवा विस्तार अत्यावश्यक रहेकाले सङ्घीय सरकारबाट उक्त बजेट विनियोजन गरिएको मन्त्री नेम्वाङले बताए । “कोभिड–१९ सङ्क्रमणको महामारीले हाम्रा सबै स्वास्थ्य संस्थालाई सबल बनाउने शिक्षा दिएको छ”, मन्त्री…
झापा, १४ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आइतबार २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार ७४ वर्षीया महिलाको आइतबार बिहान ८ बजेर ३० मिनेटमा भएको हो भने उनमा अत्यधिक खोकी, श्वास प्रस्वासमा समस्याका साथै एक हप्तादेखि उच्च ज्वरो रहेको थियो । त्यस्तै, ६० वर्षीय पुरुषमा पनि अध्याधिक खोकी, श्वास फेर्न समस्याका साथै ज्वरो देखिएको थियो भने मधुमेश र कलेजोमा समेत समस्या रहेको थियो । उनको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको…
झापा, १४ भदौ । झापा र सुनसरीका दुई स्थानमा पानीमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका–४ महेशपुरकी १८ वर्षीया कमला चेम्जोङको देउनिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । शनिबार अपरान्ह साँढे ४ बजेको समयमा निगुरो टिप्न गएको अवस्थामा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेर घाइते भएकी चेम्जोङलाई सँगै गएकी साथीले देखि प्रहरी चौकी महेशपुरमा खबर गरेसँगै तत्काल खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागी ओमसाई अस्पताल भद्रपुर पठाएकोमा उपचारको क्रममा अपरान्ह पाँच बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यता, सुनसरीको…
खोटाङ, १४ भदौ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ का ईन्द्रबहादुर तामाङको १२ वर्षीय छोरा शैलेन्द्र तामाङको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ । गत १२ गते राति घर नजिकै बारीमा बाँदर लखेट्न पड्काएको भरुवा बन्दुकको छर्राले लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले बन्दुक पड्काउने स्थानीय २३ वर्षीय मनकाजी तामाङलाई पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
कञ्चनपुर, १४ भदौ । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ । दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो । जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशङ्कामा १० जनाको रगतको नमूना सङ्कलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए । “महामारीको सङ्केत छैन”, उनले भने, “रगतको नमूना जाँचपछि रोगबारे जानकारी हुनसक्छ ।” उच्च ज्वरो…
काठमाडौँ, १४ भदौ । शनिबार भारतमा कोरोनाका ७६ हनार ४ सय ७२ नयाँ संक्रमित थपिएका छन् । बिहिबार र शनिबार भेटिएका संक्रमितको तुलनामा यो थोरै कम हो । बिहिबार ७६ हजार ८ सय २६ संक्रमित भेटिएका थिए भने शुक्रबार ७६ हजार ६ सय ६५ संक्रमित फेला परेका थिए । तर लगातार यति ठूलो संख्यामा संक्रमित भेटिन थालेपछि संक्रमितको संख्यामा भारतले केही समयभित्र ब्राजिललाई उछिन्ने अनुमान गरिएको छ । ब्राजिलमा दैनिक रुपमा तीसदेखि ४० हजार संक्रमित भेटिने गरेका छन् । अमेरिकापछि ब्राजिल हाल कोरोनाभाइरसले सबैभन्दा प्रभाव पारेको देशको सूचीको दोस्रो स्थानमा छ । यहाँ कूल संक्रमितको संख्या ३८ लाख ४६ हजार…
झापा, १४ भदौ । विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने कानुन नबन्दा सरकारले मन्त्रिपरिषद्बाटै धमाधम सेवा सुविधा दिने निर्णय गरेको छ । सर्वोच्चको फैसलाअनुसार कानुन निर्माण हुन नसक्दा मन्त्रिपरिषद्को निर्णयबाट हाल विशिष्ट तथा पूर्वपदाधिकारीहरूलाई सुरक्षालगायत अन्य सेवा सुविधा दिइँदै आएको हो । संसद्बाट विशिष्ट र पूर्वपदाधिकारीको सेवा सुविधाको विषयमा कानुन नबनेपछि मन्त्रिपरिषद्ले निर्णय गर्दैै पूर्वपदाधिकारीलाई सुरक्षा, घरभाडा, गाडी, इन्धनलगायतको सुविधा दिन थालेको हो । गत २ असारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चबाटै गाडीसहितको सेवा सुविधा पाउने निर्णय गरेको छ । यसअघि महालेखा परीक्षक कार्यालयले पूर्वप्रधानन्यायाधीशले सर्वोच्चबाट लिएको गाडी र इन्धन सुविधाको विषयमा दुई पटकको वार्षिक प्रतिवेदनमा प्रश्न उठाएको थियो…