झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ । हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका…

Read More

भद्रपुर, १३ भदौ । वैदिक समाज झापाको पाँचौँ अधिवेशनले मिरादेवी पौडेलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समाजको विशेष अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि गठित समितिको सचिवमा द्रोण अधिकारी, कोषाध्यक्ष लोकबहादुर कुँवरलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा क्रमशः मिना घिमिरे पराजुली, प्रशोत्तम कार्की, निश्चल भट्टराई र अश्विन खनाललाई निर्विरोध चयन गरिएको छ । त्यसैगरी, उद्धवप्रसाद पराजुलीको संयोजकत्वमा शालिग्राम आचार्य र सविन जोगी सदस्य रहने गरी सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार संयोजक उद्धवप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैदिक समाजमा आवद्ध रहेका बालबालिका मध्ये माध्यमिक तह कक्षा–१० को परीक्षा २०७६ मा उत्कृष्ट…

Read More

झापा, १३ भदौ । देशभर कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार भन्दा बढी बेड थप गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार २ सय २ वटा बेड थप भएका छन । केन्द्रीय अस्पतालमा १ हजार, प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ बेड थप भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यस्तै विभिन्न ६ सय ४९ पालिकामा ३ हजार २ सय ४५ वटा बेड थप भएका छन । अस्पतालहरु नभएका प्रत्येक पालिकामा पालिकामा ५ वटा बेड थप भएका हुन…

Read More

झापा, १३ भदौ । विदेशमा अलपत्र ४९० नेपाली शुक्रबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट २६२ यात्रु तथा १६ वटा शव नेपाल ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाटै १५६ यात्रु ल्याएको छ । त्यस्तै कतार एयरवेजले दोहाबाट ७२ नेपाली काठमाडौँ ल्याएको छ । उसले काठमाडौँबाट फर्किदा १२७ यात्रु लगेको विमानस्थल कार्यालयले जनाएको छ । शनिबार पनि विभिन्न एयरलाइन्सका छ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थल कार्यालयले तालिका सार्वजनिक गरेको छ । पहिलो…

Read More

झापा, १३ भदौ । झापामा १४ जनासहित शुक्रबार प्रदेश नं १ मा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सुनसरीका ४१, मोरङ र झापाका १४–१४, सङ्खुवासभाका दुई, पाँचथरका एक तथा प्रदेश बाहिरका दुई जना रहेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित हुनेहरुमा सुनसरीको इनरुवाका छ महिला र १४ पुरुष, धरानका पाँच महिला र चार पुरुष, इटहरीका पाँच पुरुष, देवानगञ्जका दुई महिला र दुई पुरुष तथा कोशी गाउँपालिकाका तीन पुरुष रहेका छन् । त्यस्तै मोरङको विराटनगरका दुई महिला र पाँच पुरुष, लेटाङका एक महिला र दुई पुरुष, सुन्दरहरैचा र रङ्गेलीका दुई÷दुई पुरुषमा सङ्क्रमण…

Read More

झापा, १३ भदौ । सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ता ९कमान्डर०हरू नै आइसोलेसनमा पुगेका छन् । नेतृत्वकर्ता नै आइसोलेसनमा पुगेपछि कोभिड नियन्त्रणमा झनै समस्या देखिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्काल बैठक बसेर कोभिड नियन्त्रण सम्बन्धमा वैकल्पिक व्यवस्था गर्नुपर्नेमा प्रधानमन्त्री कार्यालय आफैं शिथिल देखिएको छ । नेपाली सेनाको छाउनीस्थित हाताभित्र रहेको सिसिएमसी सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि सिसिएमसीका प्रमुख अधिकारी तथा महत्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीहरू शुक्रबारदेखि नै होम आइसोलेसनमा बसेका छन् । कोभिड–१९ को महामारी तीव्र रूपमा फैलँदै गर्दा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय झनै सक्रिय हुनुपर्नेमा…

Read More

झापा, १३ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब उत्कृष्ट विद्यार्थीलाई अध्यापनका लागि प्राथमिकता दिने गरी बाटो खोलेको हो । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले विश्वविद्यालयका अतिरिक्त कक्षामा शिक्षकको व्यवस्थापन नयाँ तरिकाले गर्ने उद्देश्यले निर्देशिका जारी गरी कार्यान्वयनका लागि सबै क्याम्पस प्रमुखलाई पठाइएको जानकारी दिए । भदौ १ बाट लागू हुने गरी यो निर्देशिका जारी गरिएको जानकारी त्रिविले दिएको छ । आंशिक शिक्षक अब करार नहुनेनयाँ निर्देशिकाअनुसार अब विश्वविद्यालयमा…

Read More

काठमाडौँ, १३ भदौ । काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती शय्यामध्ये लक्षण भएका सङ्क्रमितको उपचार गर्न दुई हजार र बाँकी सात हजार लक्षण नभएका सङ्क्रमितलाई आइसोलेट गर्न तयार गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) का प्रमुख डा गुणराज लोहनीले मन्त्रालयले सरकारी, निजी अस्पताल तथा अन्य भवन प्रयोग गरी आइसोलेसन सेन्टर तथा उपचारस्थल तयार पारेको जानकारी दिए । उनले नौ हजारमध्ये झन्डै ७० प्रतिशत शय्या प्राप्त…

Read More

काठमाडौं, १३ भदौ । कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ । बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन् । मुख्यतः अस्पतालमा राम्रो वातावरण नहुने र मृत्युपछि ढिलो रिपोर्ट आउँदा संक्रमण देखिए ट्रेसिङमा समस्या हुने गरेको आफन्तहरूको गुनासो छ । उदयपुरका ५२ वर्षीय एक पुरुषको गत ९ भदौमा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भयो । सोही दिन बिहानै उनको स्वाब लिइएको थियो । तर, उनको पिसिआर परीक्षणको रिपोर्ट तीन दिन पछि १२ गते शुक्रबार आयो । उनका एक आफन्तले भने, ‘के गर्नु रिपोर्ट बल्ल आयो…

Read More

धरान, १२ भदौ । सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट नियन्त्रीत लागुऔषध खैरो हेरोइन सहित १ जना पक्राउ परेका छन् । धरान–१३ का २० बर्षीय बिजय शेर्पाले आफ्नै कोठामा लागुऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ३०० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More