झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १२ भदौ । झापाको बिर्तामोड नगरपालिका–७ बस्ने अनवारुल मियाको १० बर्षीया छोरी अंसारी खातुनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो ३ बजेको समयमा घरदेखि नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बालिकाको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, १२ भदौ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । झापा र मोरङका एक पुरुष र एक महिलाको मृत्यु भएको हो । झापाको दमक–३ निवासी ८३ वर्षीय पुरुषमा अत्याधिक खोकी, श्वास फेर्न समस्या तथा ज्वरो आएपछि परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई बी एन्ड सी टिचिङ अस्पताल बिर्तामोडले प्रतिष्ठानमा थप उपचारका लागि रेफर गरेको थियो । गत ३ गते अस्पताल भर्ना गरिएका उनको आज बिहान उपचारको क्रममा निधन भएको प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । उनमा मिर्गौलाको दीर्घकालिन समस्या, उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोशीकाको समस्या…

Read More

काठमाडौँ, १२ भदौ । बिहिबार क्यानडाका विदेशमन्त्री फ्रान्स्वा फिलिप शान्पानिएले दुई देशबीच कूटनीतिक स्तरमा तनाव भएता पनि कोरोनाभाइरसको भ्याक्सिन बनाइरहेको चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक्स र क्यानडाको नेशनल रिसर्च काउन्सिलबीचको साझेदारी टुट्नुसँग यसको कुनै नाता नभएको बताएका छन् । मंगलबार रोममा शान्पानिएले चिनियाँ विदेशमन्त्री वांग यीसँग भेटघाट गरेका थिए । ९० मिनेटसम्म चलेको यो भेटघाटमा क्यानाडेली विदेशमन्त्रीले चीनमा हिरासतमा राखिएको आफ्ना दुई नागरिकलाई छोड्न भनेका थिए । क्यानडा सरकारको तर्फबाट जारी गरिएको बयानमा दुई देशबीच कोरोनाको सम्भावित भ्याक्सिनको विषयमा पनि चर्चा भएको बताइएको छ । यो भेटघाटको अघिल्लो दिनमात्रै क्यानडाको नेशनल रिसर्च काउन्सिलले चिनियाँ कम्पनी क्यानसिनोसँग सम्झौता रद्द भएको घोषणा गरेको…

Read More

काठमाडौँ, १२ भदौ । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिए । “कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म रेल सञ्चालनमा भने आउने छैनन् तर भदौभित्रै रेल नेपाल आइपुुग्ने छ,” उनले भने । अहिले भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएको रेल कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न अवरोधले नेपाल आउन केही ढिलाइ भएको हो । रेल नेपाल र भारतबीच ‘क्रस बोर्डर’ चलाउनुपर्ने भएकाले दुवै मुलुकमा अहिले कोरोना महामारीको सङ्क्रमण दर उच्च रहेको हुँदा तत्काल सञ्चालनमा…

Read More

काठमाडौं, १२ भदौ । प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको हो । मुलुकमा सात प्रदेश रहेकामा ६ वटामा नेकपा नेतृत्वको एकल सरकार छ । प्रदेश २ मा जसपाले एकल सरकार बनाएको छ । राजपा र संघीय समाजवादी मिलेर २ नम्बर प्रदेशमा सरकार गठन गरेको भए पनि अहिले ती दल मिलेर जसपा बनेको हो । जसपा नेतृत्वले २ नम्बर प्रदेशका मुख्यमन्त्री राउतको अढाई वर्षे कार्यकाल पार्टीले सोचेअनुसारको प्रतिफल दिन नसकेको निष्कर्षसहित पूरै टिम परिवर्तन गर्नुपर्ने…

Read More

काठमाडौं, १२ भदौ । बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने ग्राहकसमेत असुरक्षित भएका छन् । कोभिडका बिरामी बढेसँगै बैंकहरूले कर्मचारीहरूको कोरोना परीक्षण गराउँदा संक्रमितको संख्या दिन प्रतिदिन बढेको हो । लक्षण नै नदेखिएका कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएपछि बैंकिङ क्षेत्र असुरक्षित भएको छ । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले प्रत्यक्ष कारोबारभन्दा इन्टरनेट बैंकिङ, आइपिएस, मोबाइल बैंकिङबाट कारोबार गर्न आग्रह गरे पनि सर्वसाधारणको भीड बैंकहरूमा देख्न सकिन्छ । यसबाट कोरोना कता कता फैलियो भनेर ट्रेसिङ गर्नसमेत समस्या हुने भएको छ । प्रत्यक्ष…

Read More

इटहरी, १२ भदौ । अनिच्छित गर्भहरू प्रायः फालिन्छन् । तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन । जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन् । सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन् । उनको गर्भमा ८ महिनाको बच्चा छ। कानुनले बालिका भन्ने उमेरमै प्रेम सम्बन्धपछि उनी गर्भवती भएकी हुन् । गर्भ रहेको डेढ महिनामा थाहा पाएपछि प्रेमीले स्वीकार गर्ने आश्वासन दिए । तर, त्यसको पाँचै महिनामा प्रेमी सम्पर्कविहीन भएपछि ती किशोरी तनावमा परिन् । उनी प्रेमीकै गाउँसम्म पुगिन् । ‘तर, अर्को बिहे गरेको थाहा पाएपछि समस्या भयो’, उनले भनिन्, ‘न…

Read More

झापा, १२ भदौ । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ) को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेना कम्पनीले उत्पादन गरेको सीएचएडीओएक्स १–५ खोप र चीनको साइनोभ्याक्स अर्थात् ‘इनएक्टिभेटेड’ नामको खोपको अन्तिम क्लिनिकल परीक्षणमा नेपाल पनि सहभागी हुने झण्डै तय जस्तै भएको छ । तथापि अन्तिम निक्र्योल हुन बाँकी छ । खोपको परीक्षण गर्न दिन हुने÷नहुने विषयमा…

Read More

काठमाडौँ, १२ भदौ । पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ । नजिकिँँदो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आगामी १७ भदौदेखि सुरु हुँदै छ । ‘संक्रमणबाट जोगिनु पनि प¥यो, संस्कार पनि धान्नैप¥यो,’ पण्डित शर्माले सुनाए, ‘घरघर जाँदा संक्रमण सर्ने र फैलने उत्तिकै खतरा छ, यसो भएपछि श्राद्धमा पनि भर्चुअलको सहायता लिनुपर्ने अवस्था छ ।’ जजमान र पुरोहित आ–आफ्नै घरमा बसेर भर्चुअल श्राद्ध गर्न सकिने उनको धारणा छ । ‘भर्चुअल श्राद्ध’मा ब्राह्मणबाट संकल्प, मन्त्रोचारण हुन्छ अर्कोतिर जजमान कुशलाई ‘ब्राह्मण’ थपना गरी टीका लगाइदिन्छन् । सोह्र श्राद्ध आउन एक साता मात्र बाँकी छ । पितृ…

Read More

झापा, १२ भदौ । कामाटोली गोलीकाण्डको विवाद साम्य बनाउन मृतकका परिवारसँग ७ बुँदे सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक, मृतकका परिवार र प्रशासनिक निकायका अधिकारीहरुले सहमतिमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गरेको छ । समितिले घटनाको छानविन गर्नेछ । छनविन समितिमा नेपाल प्रहरीका एक जना डीएसपी र राष्ट्रिय अनुसन्धान विभागका झापा प्रमुख रहने भनिएको छ । सहमतिको अर्को बुँदामा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय भएको छ । अर्को बुँदामा मृतकका…

Read More