झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ भदौ । गृह मन्त्रालयले कोेरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण तथा उपचारमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरू अहोरात्र खटिइरहेको अवस्थामा केही उच्छृङ्खल व्यक्ति तथा समूहबाट धम्की र अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक तथा नर्सविरुद्ध हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर÷डेराकोठा आवतजावतमा अवरोध सिर्जना गर्ने जस्ता क्रियाकलापविरुद्ध कानुनी कारबाही गरिने जनाए । त्यसका लागि टोल फ्रि नम्बर ११४९ वा प्रहरी कन्ट्रोल १००…

Read More

झापा, १४ भदौ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुसन्धान गरिरहेको छ । त्यसक्रममा अनुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको छ । सो औषधिको प्रयोगले दुई साताभन्दा कम समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ गरी घर फर्कन थालेको चिकित्सकले दाबी गरेका छन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका चिकित्सक तथा कोभिड–१९ का संयोजक डा। जितेन्द्र श्रेष्ठले आयुर्वेदिक उपचारबाट अरू रोग भएका कोरोना सङ्क्रमित व्यक्तिलाई पनि धेरै फाइदा भएको जानकारी दिए । त्यसक्रममा उनले औषधि अनुसन्धान गरिरहेको जानकारी पनि दिए । पहिलेदेखि नै विभिन्न रोग भएका व्यक्तिलाई कोरोना…

Read More

झापा, १४ भदौ । देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०।५५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ । पछिल्लो एक सातामा ६१ जना संक्रमितको मृत्यु भएको छ । गत आइतबार तीन, सोमबार आठ, मंगलबार सात, बुधबार ११, बिहीबार आठ, शुक्रबार १२ र शनिबार १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा पछिल्लो एक सातायता शनिबार सबैभन्दा कम जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उपत्यकाभित्र शुक्रबार थप १ सय ८६ जनामा संक्रमण देखिएको…

Read More

काठमाडौँ, १४ भदौ ।प्रक्षेपण १अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृत्यु हुनेछ। प्रक्षेपण २स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा नेपालमा १४ हजार ८ सय ९८ जना कोरोना संक्रमित हुने प्रक्षेपण गरेको थियो। खराब अवस्था आए साउन २५ गतेसम्म ९१ हजार संक्रमित पुग्ने भनिएको थियो। जनस्वास्थ्य मापदण्ड अपनाए भदौ २ गतेसम्म ३९ हजार पुग्ने प्रक्षेपण मन्त्रालयले गरेको थियो। प्रक्षेपण ३नेपालमा पहिलो कोरोना संक्रमित निको भएको केही…

Read More

काठमाडौं, १४ भदौ । स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो। नेपाल औषधि उत्पादक संघका अनुसार चैतयता २० करोड रुपैयाँबराबर स्यानिटाइजरको कारोबार भएको अनुमान छ। उत्पादन र कारोबार अनियन्त्रित रूपमा भइरहेकाले संघसँग यकिन तथ्यांक भने नरहेको संघका पूर्वअध्यक्ष दीपक दहालको भनाइ छ। ‘सामान्य अवस्थामा वार्षिक ४–५ करोड रुपैयाँ हुने गरेकोमा यसपालि निकै कारोबार भएको देखिन्छ’, पूर्वअध्यक्ष दाहालले भने। केही साबुन उद्योगले आफ्नो उद्देश्य थपेर मास्क र स्यानिटाइजरसमेत उत्पादन गरिरहेका छन्। बजारको मागलाई ध्यानमा राखेर हिमगिरि हाइजिनले मास्क र स्यानिटाइजर दुवैको…

Read More

राँझा, १३ भदौ । बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर (पुजारी) बलात्कारको अभियोगमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी नजिर मोहम्मद साईले झारफूक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यही भदौ १० गते राति नेपालगञ्जबाट झारफुकका लागि हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा पुगेका ३० र २८ वर्षीय दुई महिलालाई रातको समयमा झारफुक गर्ने बाहानामा बोलाएर बलात्कार गरेको जाहेरीका आधारमा उनलाई…

Read More

विराटनगर, १३ भदौ । प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला…

Read More

मोरङ, १३ भदौ । मोरङ कारागारमा बन्दी जीवन बिताइरहेको एक युवाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ घर भएका फुर्वासिंह तामाङको शनिवार बिहान मृत्यु भएको हो । स्वास्थ्य समस्या भएपछि शनिवार बिहान १ बजेतिर उनलाई कोसी अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारको क्रममा फुर्वासिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी सन्तोष खड्काले जानकारी दिए । उनी चोरी मुद्धा पुर्पक्षका लागि जिल्ला अदालत मोरङको आदेशले ०७६ फागुन २२ देखि थुनामा थिए । मोरङ कारागारमा तिन दिनअघि अर्का कैदी निराजन यादवले पनि ज्यान गुमाएका थिए । यादव विराटनगर महानगरपालिका–४ का स्थानीय हुन् । फुर्वाका परिवारले मृत्यु शंकास्पद भएको…

Read More

बिर्तामोड, १३ भदौ । झापा आज १५ जना स्थानीयसहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको १, ५, ६, ७ र ८ नम्बर वडाका आठ पुरुष र आठ महिला गरी १६ जना, झापा गाउँपालिका–२ का दुई पुरुष र एक महिला गरी तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरुमध्ये १५ जना स्थानीयबासी, एक जना प्रहरी र तीन जना भारतबाट आएका मानिस रहेका छन् ।

Read More

झापा, १३ भदौ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । आज कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए । यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए ।

Read More