झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मोरङ, ११ भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । आज पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २९ प ६९५२ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक सिमरा–८ बाराका ४५ वर्षीय राजकुमार पुलामी, साइकल चालक स्थानीय २८ वर्षीय नवराज बराइली र साइकलको पछाडी सवार रहेका ४५ वर्षीय डम्बरबहादुर श्रेष्ठ घाइते भएका थिए । घाइते तिनै जनालाई उपचारको लागि बिराट नर्सिंङहोम पठाइएकोमा उपचारको क्रममा साइकलमा पछाडी सवार रहेका डम्बरबहादुर श्रेष्ठको मृत्यु भएको हो । अन्य दुबै जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको तथा मोटरसाईकल प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय…

Read More

दीपक चापागाईंआओ असफलताका लहरहरूअझै ठुलो भेल बाढी भएर आओ ।ए दुःखहरू हो यसरी चोर बाटो हैनमुलबाटो आऐर मलाई चिथोरेर खाओ ।दुःखका लस्करहरू किन झ्यालबाट चियाएको ?तिमीहरूलाई मुल ढोकामा स्वागतको लागिघन्टौदेखि फुल मालाका साथ उभिएको छु। म हरेक कुरा आफ्नो अगाडिबाट हेर्न चाहान्छुपछाडिबाट त कायरहरूले मात्र हो हमला गर्ने त ।साँच्चिकै तिमीहरूसँग हिम्मत र साहस छ भनेआउ सँगै चोइटिएको सिसामाथि खाली खुट्टा हिँडौ ।भन्न चाहान्छु मलाई पच्छायाउने मुस्किलहरूलाईतिमीहरूलाई कसैको साथ छ भने आउ भिडौ ।मलाई साथ दिन आऐका मेरा साहराका लहरहरूमेरो नजिकै नआई परैबाट मेरो परीक्षा लिएर जाउ ।मलाई अङ्गालो हालेका यी लक्ष्यका लप्काहरूछाडेर जाने भऐ धेरै टाढा क्षितिज पारी जाउ…

Read More

झापा, ११ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । यो एकैदिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च हो । प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६९९ जनाको पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ७३ पुगेको…

Read More

भद्रपुर, ११ भदौ । कचनकवल गाउँपालिकामा वडागत वजेट विनियोजन गर्दा विभेद गर्दै न्यून रकम छुट्याएको तथा स्थानीयले तिर्न नसक्ने गरी राजश्व बढाएको विरोधमा तालाबन्दी गरिएको छ । स्थानीय स्वायत्त साशन विपरित वडा कार्यालयको अधिकार कटौती गर्ने गरी वजेट सिलिङ घटाएको, संकटको समयमा करको भार बढाएर नागरिकमाथि ज्यादती गरेको लगायत माग राखेर ४ कार्यपालिका सदस्य सहित १४ परिषद सदस्यले गाउँ पालिकामा तालाबन्दी गरेका हुन् । गाउँपालिका अध्यक्षले कार्यपालिकाको बैठक नै नराखी आफूखुसी ६० लाखको वजेट सिलिङ १० लाखमा झारेको करको दर बृद्धि नगर्ने राजश्व परामर्श समितिको निर्णय विपरित तीन गुनासम्म कर बढाएको बिरोध गर्दै ४ वडाध्यक्ष तथा १० वडा सदस्यहरूले निर्णय…

Read More

भद्रपुर, ११ भदौ । गौहत्या गर्ने आरोपीद्धयलाई बिना सर्त प्रहरीले रिहा गरेपनि झापा गाउँपालिका–३ स्थित कामाटोलीमा उत्पन्न विवाद साम्य भएको छैन । प्रहरी र स्थानीय बिच बुधवार साँझ झडपको क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गाउँपालिका ३ बस्ने बस्ने ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएपछि गाउँवासी झन् आक्रोशित बनेका छन् । स्थानीय मुस्लिम समुदायले विभिन्न १० बुँदे माग राख्दै कामाटोलीमा प्रदर्शन गरिरहेका छन् । स्थानीय गाउँले बाटो अवरोध गरी टायर बालेर प्रदर्शन गरिरहेका छन् । माग सम्बोधन नभएपछि प्रदर्शन जारी राख्ने बताइएको छ । यता गोली लागेर मृत्यु भएको आलमको शव बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमै राखिएको छ । अहिलेसम्म शवलाई पोस्टमार्टमका…

Read More

काठमाडौं, ११ भदौ । कोरोना संक्रमणबाट एक गर्भवतीसहित थप ८ जनाको मृत्यु भएको छ । पर्सामा ३, ललितपुरमा २, कास्की र रुपन्देहीमा दुई जनाको मृत्यु भएको हो । पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित एक गर्भवतीको मृत्यु भएको छ। ३३ हप्ताकी गर्भवती २३ वर्षीया संक्रमितको आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा आतुलेश चौरसियाले जानकारी दिए। बाराको हल्दिया घर भएकी ती महिलामा हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको चौरसियाले बताए। यस्तै, पर्साको धोबीनी गाउँपालिका ३ का ७२ वर्षीय पुरुषको हिजो बेलुकी नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रवक्ता चौरसियाले बताए। उनी भदौ ८ गते अस्पताल भर्ना भएका…

Read More

इलाम, ११ भदौ । बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । किसानका अनुसार यो वर्ष उपयुक्त मौसम भएकाले अलैँचीमा उल्लेखीय फल देखिएको छ ।रोग नदेखिएको र अलैँची राम्रो पाकेकाले उत्पादन दोब्बर हुने अनुमान रहेको माइजोगमाईस्थित मलुमझुवाका किसान राम आचार्य बताउँछन् । आचार्यका अनुसार यो वर्ष वैशाखदेखि असारसम्म अलैँचीलाई आवश्यक पर्ने पानी परेकाले उत्पादन…

Read More

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका नेताहरुले कोरोना नियन्त्रणमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका छन् । गिरीजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले आज आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालको चुनौती र अवसर’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका हुन् । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवम् काँग्रेस नेतृ सुजाता कोइरालाले कोभिड–१९ को असरसँगै अब नेपाललाई आत्मनिर्भरतर्फ लैजानुपर्ने बताइन् । उनले भनिन्, “नेपाल आर्थिक समृद्धिका लागि प्रशस्त सम्भावनायुक्त भएको मुलुक हो, यहाँको प्राकृतिक स्रोतलाई सही ठाउँमा प्रयोग गरेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ ।” नेतृ कोइरालाले नेपालमै उत्पादित जडिबुटीको सहि प्रयोग गरेर आयुर्वेद…

Read More

झापा, ११ भदौ । झापा र पाँचथरका दुई स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बुधबारर दिउँसो साँढे ४ बजेको समयमा पाँचथरको याङवरक गाउँपालिका–४ बस्ने ४५ वर्षीय श्रीप्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा विद्युत्को तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका काम्बाङलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याइएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यसैगरी, झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनावारी बस्ने २८ बर्षीया अन्जता राईको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार अपरान्ह पौने ६ बजे आफ्नै घरमा पंखा चलाउने क्रममा अचानक करेन्ट लागेर…

Read More

झापा, ११ भदौ । मास्क लगायत सङ्क्रमित र सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री पनि घरायसी फोहोरमा मिसिएर त्यसै बाहिर जाने गरेका छन् । कतिपय स्थानमा ढल, नदी, सडक वा अस्पताल आसपास जथाभावी प्रयोग गरिएका मास्क फ्याँकिएका भेटिन्छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बिरामीले प्रयोग गरेको मास्क, ओढ्ने ओछ्याउने र प्रयोग गर्ने अन्य वस्तुबाट सर्ने जोखिम उत्तिकै रहन्छ । सङ्क्रमणको जोखिमसँगै वातावरण पनि दूषित बनाइरहेको वातावरण विभागका वातावरणविद् भूपेन्द्र शर्माले बताए । सङ्क्रमण दर काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा व्यापक हुँदै गइरहेको छ । स्थानीय, प्रदेश, सङ्घीय तथा जिल्ला प्रशासन कार्यालयको सङ्क्रमणको जोखिम बढे अनुसार आफ्ना क्षेत्रमा…

Read More