
बिर्तामोड, २४ साउन । झापाको बिर्तामोडमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखी बीवीसहित पाँच जना घाइते भएका थिए।
घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा सुखी बीवीको दिउँसो १ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box


