
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० भदौ । स्वास्थ्य संस्थाहरूले पीसीआर परीक्षण गर्न प्रयोगशाला संचालनका लागि माग गरिहेका बेला निजी मेडिकल कजेलहरूलाई परीक्षणको अनुमति दिइएको छ । सरकारले अनुमति दिएसँगै कोभिड–१९ संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउने भएका छन् । निजी मेडिकल कलेजले पीसीआर परीक्षण गर्ने अनुमतिका लागि एक तिहाई बेड कोभिड १९ का बिरामीलाई छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डाक्टर मुकुन्दा शर्माले बताए । निजी प्रयोगशालालाई कोभिड १९ को परीक्षण पीसीआर गर्ने अनुमति दिने निर्देशिका ०७७ अनुसार प्रयोगशालाहरुको मापदण्ड पुगेको हुनुपर्ने राष्ट्रिय जनस्वथ्य प्रयोगशाला टेकुले जनाएको छ । रातोपाटी
बिर्तामोड, १० भदौ । सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई) बाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै मल ल्याउन थालिएको हो । कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए । अहिले मल युएइबाट ल्याई भारतको कोलकत्तास्थित बन्दरगाहमा राखिएको छ । सो मललाई कोलकत्ताबाट वीरगञ्ज र विराटनगर हुँदै नेपालमा ल्याउन थालिएको हो । उनका अनुसार मङ्गलबारदेखि नेपालमा मल नेपाल आउन थालेको छ । हिजोमात्र तीन हजार मेट्रिकटन मल नेपाल भित्रिएको हो । वीरगञ्जबाट दुई हजार ५०० मेट्रिकटन र विराटनगरबाट ५००…
बिर्तामोड, १० भदौ । झापामा आज १६ जनामा कारोना भाइरस संक्रमित फेला परेका छन् । उनीहरुमध्ये १२ जना स्थानीय रहेका छन् भने दुई जना औषधि व्यवसायी र दुई जना भारतबाट आएका रहेका छन् । झापाको दमकमा छ महिला नौ पुरुष गरी १५ जनामा कोरोना देखिएको छ । जसमध्ये एक जना कमल गाउँँपालिकाको रहेका छन् । दमकको १, ४, ५, ६ र ९ नम्बर वडाका रहेका छन् । गौरीगञ्जका एक जना महिला वडा नं. ६ को रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
विराटनगर, १० भदौ । प्रदेश १ मा आज १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, ते¥हथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ महिला ९ पुरुष, इनरुवामा १ महिला ३ पुरुष, बर्जुमा १ महिला २ पुरुष, दुहवीमा २ पुरुष, धरानमा १…
झापा, १० भदौ । देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् । जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । त्यस्तै, प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली…
झापा, १० असोज । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिए। खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ…
झापा, १० भदौ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार नपाउने अवस्थाको अन्त्य गर्न निर्देशन दिएको हो । मङ्गलबारको भर्चुअल बैठकमा सरोकारवालासँग समेत छलफल गरेर समितिले यस्तो निर्देशन दिएको हो । समितिले परीक्षणको रिपोर्ट इमेल, फोन, म्यासेज अथवा भाइबर लगायतबाट उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले भाडामा बस्नेका लागि होम आइसोलेसन उपयुक्त नभएको भन्दै आइसोलेसन सेन्टर तत्काल बढाउन निर्देशन दिँदै पीसीआर परीक्षणको दायरा बढाउन पनि सरकारलाई निर्देशनमा भनेको छ । समुदायस्तरमा…
राँझा, १० भदौ । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती व्यक्तिलाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा हिजो सङ्क्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै गए राति…
काठमाडौँ, १० भदौ । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दा तथा रिट निवेदनको सुनुवाइ गर्ने कार्य रोकेको छ । सर्वोच्चले विगत ५ दिनदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दाको सुनुवाइ गर्ने क्रम रोकेको हो । सर्वोच्चले गत ४ गते आठवटा उत्प्रेषणको आदेशले बदर गर्न माग गरी दायर भएको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गरेको थियो । सोही दिन संयुक्त इजलासबाट तीनवटा बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइ भएको थियो । काठमाडौं उपत्यकामा डरलाग्दो तवरले कोरोना भाइरसको संक्रमण बढेका कारण सर्वोच्चकै कर्मचारी तथा कानुन व्यवसायीले समेत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाहेक अन्य मुद्दाको सुनुवाइ रोक्नुपर्ने माग गर्दै आएका थिए । सर्वोच्चकै केही कर्मचारीमा समेत कोरोना भाइरसको…
झापा, १० भदौ । सत्तारुढ दल नेकपा विभाजन भइहाल्ने खतरा टाढा देखिन्छ, तर अहिलेको मूलपार्टी विभाजित गररे पुरानै नेकपा (एमाले) व्युँतिने र चुनाव चिह्न ‘सूर्य’ बनाउने गरी चलखेल भएको चर्चा थियो । नभन्दै नयाँ एमालेले ‘सूर्य’ त पायो तर दुई डाँडाबीचको उदाउँदो सूर्य । चर्चा गरिँदैछ कि, चुनाव चिह्न त्यही हो । तर, निर्वाचन आयोगलाई व्यवस्थापन गर्न बनेको ऐन र कानुनहरूले नयाँ उदाउँदो सूर्यलाई नयाँ एमालेको चुनाव चिह्न मान्न सक्दैन । कुनै तहको निर्वाचन कार्यक्रम घोषणा गर्ने क्रमको एउटा कार्यक्रम हुन्छ, चुनाव चिह्न प्रदान गर्ने । अहिले देशमा कुनै तहको निर्वाचनका कार्यक्रम प्रकाशित छैनन् । तर, राजनीतिक दलहरूको दर्ता, एकीकरण…