झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ७ भदौ । तत्कालीन प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषबाट चार जना पत्रकार एकसाथ लाभान्वित भएका छन् । हाल प्रेस संगठनमा आवद्ध रहेका पत्रकारहरुको अग्रसरतामा अभियान सञ्चालन छ । कोषको सदस्य बनेका पत्रकारहरु कुनै पनि कारणले बिरामी भई उपचार गर्नु परेको अवस्थामा आर्थिक राहत पुर्याउने मनसायले यसको सञ्चालन गरिएको हो । कोषमा एक सयजना भन्दा बढी झापाका पत्रकारहरु आवद्ध छन् भने तीन लाख रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ । कोष सञ्चालन समितिको हालैको बैठकले धर्मेन्द्र भट्टराई ‘मामा’, पुष्प बराल, प्रेम आचार्य र सुनिरा मैनालीलाई उपचार सहयोग प्रदान गर्ने निर्णय गरेको उपचार कोषका संयोजक गोपाल काफ्लेले…

Read More

झापा, ७ भदौ । पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यसमा झापाका ५ जना छन् । यो सहित संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यस्तै मन्त्रालयका अनुसार १३ हजार ७ सय २५ जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जनाको उपचार भइरहेको छ भने क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा ४ हजार ५ सय ६१ जना छन्। २४ घण्टामा १७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार…

Read More

झापा, ८ भदौ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि यहाँका स्थानीय सरकार आइसोलेसन निर्माण गरिरहेका छन् । संक्रमित उपचारका लागि व्यवस्था गरिएका अस्पतालमा संक्रमितले बेड पाउन छाडेपछि स्थानीय सरकार आइसोलेसन आफैं सञ्चालन गर्ने केन्द्रित भएको छ। समुदाय स्तरमा समेत कोरोना फैलिन सुरु गरेको झापाको कमल गाउँपालिकाले ५० शय्याको आइसोलेन निर्माण सुरु गरेको छ। गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भदौभित्र ५० शय्याको आइसोलेसन सञ्चालनमा आउने र त्यहाँ स्वास्थ्यकर्मी र उपचारको व्यवस्था पनि रहने बताइन् । हालसम्म कमलमा आठ जनामा संक्रमण भइसकेको छ। ५२७ जनाको पिसिआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । गौरादह नगरपालिकाले वडा नम्बर ७ जुरोपानीमा रहेको स्वास्थ्य चौकीलाई आइसोलेसनको…

Read More

लमजुङ, ८ भदौ । लमजुङमा एक व्यक्तिले चितुवासँग भिडेर बाँचेका छन् उनकै आक्रमणमा चितुवा मेरको छ । जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको पोथी चितुवाले एक्कासी आक्रमण गरेको थियो । ‘मलाई चितुवाले आक्रमण गर्दै गरेको छोरा रणजंग थापाले देखेछन् र मलाई बचाउन आए ।’ हरिबहादुरले भने ‘मसँग भएको खुर्पाले त्यसलाई हान्न भ्याएको थिए ।’ उनले दब्रे हातले चितुवाको आक्रमण छिक्दै दाईने हातमा भएको खुर्पाले चितुवालाई आक्रमण गरेको बताए । ‘छोरा आएपछि दुवै जना चितुवासंग १० मिनेट जति कुस्ति खेल्यौ ।’ हरिबहादुरले भने ‘ खुर्पाको…

Read More

झापा, ८ भदौ । नेपालीहरूका लागि रोजगारीको प्रमुख गन्तव्य भारतमा काम गर्ने नेपालीमार्फत वर्षेनि ठूलो धनराशी नेपाल भित्रिन्छ भन्ने आम बुझाइ छ । दुई देशबीचको खुला सिमाना, सांस्कृतिक निकटतालगायत कारण लामो समयदेखि रोजगारीका लागि नेपालीहरूको रोजाइमा भारत पर्दै आएको पनि छ । तर, भारतीयहरूका लागि पनि नेपाल रोजगारीको प्रमुख थलो बन्दै आएको छ । वास्तविकता के भने भारतबाट नेपालीले भित्र्याउने रकमभन्दा भारतीय कामदारले नेपालबाट लैजाने रकम तीन गुणा बढी छ । विश्व बैंकको बाइल्याटरल रेमिट्यान्स म्याट्रिक्सअनुसार सन् २०१७ मा भारतबाट १०२ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स ९विप्रेषण० नेपाल भित्रिँदा नेपालमा काम गर्ने भारतीयमार्फत ३०२ अर्ब रुपैयाँ बराबरको विप्रेषण भारत गयो ।…

Read More

झापा, ८ भदौ । कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त ? कोरोना सङ्क्रमणबाट निको भएका तथा चिकित्सकहरू सामान्य स्वास्थ्य मापदण्ड पालना गरे पुग्ने बताउँछन् । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट निको भएर फर्किएकी एक महिला भने स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ नगर्नु नै कोरोनाबाट जोगिने अन्तिम विकल्प भएको अनुभव सुनाउँछिन् । दैनिक उपभोग्य वस्तु खरिद गर्ने घर नजिकैको किराना व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि ती महिला पनि श्रीमान्सहित स्वाब परीक्षणका लागि टेकु पुग्नुभयो तर श्रीमान्को रिपोर्ट नेगेटिभ आयो । घरमा कोही आउँदा पनि उनका श्रीमान् मास्क लगाएर कुरा गर्थिन् । ती महिलाको भनाइ अनुसार मास्क…

Read More

झापा, ८ भदौ । अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना सवारीबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न निजीलाई पनि अतिरिक्त कर तिर्न बाध्य बनाएको हो । सार्वजनिक सवारी साधन सञ्चालनका लागि लागु भएको नियमअनुसार उत्पादन भएको २० वर्षपछि सार्वजनिक सवारी चलाउन पाइँदैन । त्यस्ता सवारीलाई पत्रु (स्क्राप) गर्नुपर्ने हुन्छ । तर, निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनको हकमा भने आयु तोकिएको छैन त्यसैले निजी सवारी दर्ता भएको १४ वर्ष कटेपछि सरकारले वार्षिक करमा ५ प्रतिशत अतिरिक्त शुल्क लगाउँदै आएको छ…

Read More

काठमाडौँ, ८ भदौ । गृह मन्त्रालयले कोरोना महामारी जोखिम नियन्त्रण, रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन दिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सबैको सहयोग र सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउँदै मन्त्रालयले उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सङ्क्रमित कसैप्रति दुव्र्यवहार गरेमा कानुनी कारबाहीको चेतावनी दिएको हो । त्यस्तै मन्त्रालयले कोरोना सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारबाट भएका निर्णय तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न ७७ वटै जिल्लामा संयुक्त अनुगमन टोली परिचालनको व्यवस्था मिलाएको छ । कोरोना सङ्क्रमणको जोखिम बढ्न नदिन काठमाडौँ उपत्यकाका तीनवटा जिल्लासहित ४८ जिल्लामा निषेधाज्ञा जारी छ । आजको गोरखापत्र…

Read More

झापा, ८ भदौ । सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम ९जीपीएस० प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा देशभरका सार्वजनिक सवारी साधनमा जीपीएस जोड्ने लक्ष्यसहित काम भइरहेको बताए । उनले बोलपत्र मूल्याङ्कन भई सम्झौता बाँकी रहेको बताए । उनका अनुसार एक वर्षमा सबै सार्वजनिक यातायातमा जीपीएस जडानको काम नेपाली कम्पनीले गर्ने भएको छ । छ महिना सफ्टवेयरको काम गर्ने र छ महिनामा हार्डवेयरको काम गर्ने हमालको भनाइ छ । जीपीएस जडान खासगरी सवारी…

Read More

बिर्तामोड, ७ भदौ । अवैध हात हतियार खरखजाना मुद्दामा सजाय सुनाइएका एक जना अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–३ (साविक जलथल गाविस–४) का ३८ वर्षीय सुनिल मेचे रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । मेचेलाई अवैध हात हतियार खरखजाना मुद्दामा जिल्ला प्रशासन कार्यालय ललितपुरले गत २०७५ चैत ११ गते एक वर्ष कैद र रू एक लाख जरिवानाको फैसला गरेको थियो । “जिल्ला प्रशासन कार्यालय ललितपुरबाट पत्र आएपछि अभियुक्त खोजी गर्ने क्रममा बिर्तामोड नगरपालिका–१ स्थित बजाज सोरुम अगाडिबाट पक्राउ गर्न हामी सफल भयौँ”, उहाँले भन्नुभयो, “प्रतिवादीलाई कैद भुक्तान गर्न नख्खु कारागार ललितपुरमा…

Read More