
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ भदौ । एकैदिन कोरोनाभाइरसबाट देशका विभिन्न स्थानमा ८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरसबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । साउन २९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइतबार साँझ ५ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रतिष्ठनका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए । मृतकमा उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वाससम्बन्धी समस्या देखिएको उनले बताए । आजै कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको…
विराटनगर, ७ भदौ । नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न र कार्यालय प्रमुखहरुलाई अझ जिम्मेवार र उत्तरदायित्व बनाउन आज १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले आफ्नो मातहत प्रहरी कार्यालयका प्रमुखहरुसंग कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसंग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभए पश्चात १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कार्कीले आज यस प्रदेश मातहतका प्रदेश प्रहरी तालिम केन्द्र, सशस्त्र प्रहरी गण रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी, प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी, १४ वटै जिल्ला प्रहरी कार्यालय,…
बिर्तामोड, ७ भदौ । झापामा आज चार जना महिलासहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमल गाउँपालिकामा ३, जिल्ला प्रहरी कार्यालयका १ सुरक्षाकर्मी, बिर्तामोडमा २ र गौरादह नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा हालसम्म ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३९७ जना निको भएर घर फर्किएका छन् भने १०१ जना उपचाररत रहेको कार्यालयले जनाएको छ ।
बिर्तामोड, ७ भदौ । कोरोना संक्रमणका कारण झापाको दमक नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ । दमक–१ का ५६ वर्षीय पुरुषको हेम्स अस्पताल काठमार्डौँमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो ।
झापा, ७ भदौ । झापाका १० जनासहित प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।विराटनगरमा आज ४२ जनामा संक्रमण पुष्टि भएको छ । मोरङको बुढीगंगा ४ महिला १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कनकाईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह…
बुटबल, ७ भदौ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत रुपन्देही समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपलिका–१ की ६७ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका फोकल पसर्न डा सुर्दशन थापाले ती दुवै जना कोरोना संक्रमित रहेको र उनीहरुको भेन्टीलेटरमा राखेर उपचार गर्दागर्दे मृत्यु भएको रातोपाटीलाई बताए । बुटवल १ निवासी ६७ वर्षीया महिलामा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन्। यस्तै समरीमाई गाउँपालिका–२ का ३८ वर्षीय पुरुष यही भदौ १ गते संक्रमण…
बिर्तामोड, ७ भदौ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित रत्नसुपर मार्केट शील गरिएको छ । सुनचाँदी व्यवसायीका परिवारको दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त मार्केट शील गरिएको बिर्तामोड नगरपालिकाका कोभिड–१९ संयोजक ओम खड्काले जानकारी दिनुभयो । ‘व्यवसायीको महिला सदस्यमा कोरोना देखिएपछि मार्केट क्षेत्र शील गरिएको हो’, उहाँले भन्नुभयो, ‘सम्भावित जोखिम नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक काम कारबाही अगाडि बढाएका छौँ ।’ समुदायमा कोरोना देखिएपछि कन्ट्रयाक टे«सिनको काम शुरु भएको छ । समुदायमा कोरोना फैलिन नदिन नगरपालिकाले सुनचाँदी व्यवसायी, आसपासका अन्य व्यवसायी र जनसमुदायको पीसीआर परीक्षण गर्न लागिएको नगर प्रमुख ध्रुव शिवाकोटीले बताउनुभयो । ‘जोखिम नियन्त्रणका लागि भदौ ९…
मोरङ, ७ भदौ । भारतमा बसेर नेपालका विभिन्न जिल्लाहरुमा सञ्जाल विस्तार गरी अपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइकेलाई जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट पक्राउ गरेको छ । हातहतियार खरखजना तथा लागुऔषध मुद्दामा फरार प्रतिवादीको सूचीमा रहेका भारतको अररिया जिल्ला इन्द्रनगर ग्रामपञ्चायत–१० का ३९ वर्षीय बग्गा भनिने प्रदिप यादवलाई शनिवार अपरान्ह पौने ५ बजे बिराटनगर महानगरपालिका(१६ बाट लागुऔषध सहित पक्राउ गरिएको हो । यादवको साथबाट डाइलेक्स डिसी १५ बोतल, नाइट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको छ । २०७५ साल मंसिर ०३ गते विराटनगरको हुलास चोकबाट अटोमेटिक पेस्तोलसहित पक्राउ परेका मन्दिप तामाङ र सुशीलकुमार साहलाई हतियार पठाउने तथा २०७५…
लीलाराज झापालीझापा, ७ भदौ । चार चेलीबेटीका एकमात्र माइती र आमाबुबाका भरोसाका केन्द्र रोषन मुखियाको गत मंगलबार २७ गते बिहानको ६ बजे अन्तिम श्वास लिनु केही मिनेट अघिमात्रै अन्तिम वाक्य बोलिरहेका थिए– ‘डाक्टर मलाई बचाइदिनुहोस् । म राम्रो खेलाडी बन्न चाहन्छु । म पनि तपाईंहरु जस्तै बाँच्न चाहन्छु ।’ तर, उनको त्यो कारुणिक चित्कारलाई सुनिदिने त्यहाँ कोही भएनन् । साथमा भएका उनका पिता ताराकुमार मुखियाले पनि डाक्टरको खुट्टा समाए तर ती बाबु छोराको केही डेग चलेन अर्थात् कसाईका अगाडि रुनुको कुनै अर्थ रहेन । अन्ततः रोषनले बिहान ६ बजे अन्तिम श्वास छाडेर गए । त्यसबेला भद्रपुर अञ्चल अस्पतालका केही स्वास्थ्यकर्मीहरु दौडेर आए र परिवारकै सदस्यलाई अनुहार…
झापा, ७ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला–पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित अत्रि, गौतम,…