झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ भदौ । पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु् भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ । त्यस्तै, मृत्यु हुनेको संख्या १४३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा कोरोनाबाट सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको जानकारी दिए । मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५…

Read More

काठमाडौं, ६ भदौ । मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको छ । सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण हुने क्रम बढेपछि मन्त्रालयका सचिव तथा सहसचिवसमेत कोरोना सन्त्रासका कारण मन्त्रालय आउनै छाडेका छन् । मन्त्रीहरू पनि केही समय कार्यालयमा आएर छिटो छिटो फर्कन थालेका छन् । सिंहदरबारमा कोरोना सन्त्रास फैलिएसँगै कतिपय मन्त्रालयका महŒवपूर्ण नीतिगत निर्णयहरू गर्ने कार्यसमेत प्रभावित भएको छ । सिंहदरबार प्रवेशद्वार र मन्त्रालयमा कडा सुरक्षा मापदण्ड अपनाइएको भए पनि कोरोनाबाट संक्रमण हुने…

Read More

झापा, ६ भदौ । पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ । बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम सङ्कलन भएको छ भने दाबीका लागि आउनेको सङ्ख्या पनि २६० भन्दा माथि लागेको छ । सुरुवातमा खासै आकर्षण नदेखिएको कारोना बीमा पछिल्लो समय लोकप्रिय बनिरहेको भन्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, “यसले सर्वसाधारणमा बीमा गर्नुपर्छ भन्ने सन्देश पनि गएको छ । ” वैशाख ७ देखि सुरु…

Read More

झापा, ६ भदौ । कोरोनाका कारण एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ ।समाचार अनुसार कोरोना सङ्क्रमण बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबार देशभर १४८ जना कोरोना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले १५ जना सङ्क्रमित भेन्टिलेटरमा र १३३ जना सङ्क्रमित आईसीयूमा उपचाररत रहेको जानकारी दिँदै बाग्मती प्रदेशका मात्र ५२…

Read More

झापा, ६ भदौ । नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ । देशका अन्य भागसँगै राजधानी काठमाडौँमा सङ्क्रमणको दर उच्च हुुँदै गएको हो । सङ्क्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै भागमा निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर नियन्त्रण हुन सकेको छैन । शुक्रबार मात्र देशभरमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमित भए पनि काठमाडौँमै झण्डै दुुई सय सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा थप ८३८…

Read More

झापा, ६ भदौ । गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ कार्य पूरा भएको छ । बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको विभागले जनाएको छ । नयाँ लाइसेन्सको आवेदन र परीक्षा रोकिएका कारण बाँकी काम सम्पन्न गर्न सहज भएको विभागले जनाएको छ । विभागका अनुसार साउन १५ ९जुलाई०सम्मका अनुुमति पत्र सबै छपाइसकिएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी तीर्थराज खनालले भने, “प्रिन्ट गर्न बाँकी रहेका करिब सात लाख ११ हजार थिए, ती सबैका काम सकिएको छ, यो सङ्ख्या गत कात्तिकदेखिको बाँकी…

Read More

झापा, ६ भदौ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अग्रपङ्तिmमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतको सुरक्षाको सुनिश्चितता गरी मनोबल बढाउन बीमा, प्रोत्साहन र उपचारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ । समितिको आजको भर्चुअल बैठकले आधारभूत स्वास्थ्य सेवामा सरल र सहज पहुँच नागरिकको मौलिक हक भएकाले कोभिड– १९ बाहेकका बिरामीको उपचार गर्नेतर्फ गम्भीर ध्यान दिँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । कोभिड–१९ को उपचारका लागि निजी अस्पताल र मेडिकललाई समेत प्रयोग गर्नका लागि राज्यका तर्फबाट आवश्यक साधनस्रोत सहयोग गरी नागरिकको उपचारमा सरल र सहज पहुँच हुने अवस्था सुनिश्चित गर्न…

Read More

बिर्तामोड, ६ भदौ । झापा कचनवल गाउँपालिकाबाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । शुक्रबार बेलुका कचनकवल–५ का ४० वर्षीय इभनि मियालाई एक केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा कचनकवल गाउँपालिकास्थित फुलबारी स्कुल नजिकबाट इलाका प्रहरी कार्यालय बनियानि र प्रहरी चौकी पठामारीको सयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजको साथबाट गाँजा बरामद गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

गंगा बरालभद्रपुर, ६ भदौ । जिल्लाका अरु स्थानीय तहमा समुदायमै कारोना भाइरस संक्रमण देखिएपछि झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले जिल्लाबाहिरका मानिसको प्रवेशलाई निरुत्साहित गर्ने निर्णय गरेको छ । सर्वपक्षीय प्रतिनिधित्व रहेको नगरको कोभिड १९ जोखिम व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले जिल्ला बाहिरबाट प्रवेश गर्नैपर्ने अवस्थाका मानिसले टोल विकास संस्था, वडा समिति वा स्वास्थ्य शाखामार्फत नगरपालिकासँगको समन्वयमा भद्रपुर नगरपालिकाभित्र प्रवेश गर्न पाउने र प्रवेश गरेपछि पनि कम्तीमा ७ दिन होम क्वारेन्टिनमा बसी कोभिड १९ सम्बन्धी नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय गरेको छ । यो निर्णय आइतबारदेखि सात दिनका लागि गरिएको समितिका अध्यक्ष नगरप्रमुख…

Read More

कनकाई, ५ भदौ । झापाको कन्काइ नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण सुरु भएको छ । राष्ट्रिय परिचय पत्र वितरण कार्यालय भद्रपुरसँग समन्वय गरी कन्काइ नगरपालिकाको पहलमा ९ वटै वडाहरुमा बितरण कार्य थालिएको हो । करिब ६० हजार जनसंख्या रहेको सो नगरपालिकाका सम्पुर्ण नगरबासीहरुलाइ परिचय पत्र पुर्याइने कनकार्इ नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले बताए । कोरोना महामारीका बीचमा पनि जनताको सेवामा सधै समर्पित रहने भन्दै सामाजिकदुरी ,माक्स,सेनिटाइजर इत्यादिको प्रयोग गरेर परिचय पत्र वितरण थालिएको हो ।

Read More