
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० भदौ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र तत्कालीन एमालेसँग एकता गराउने क्रममा वामदेव गौतमको योगदानलाई कम आँक्न हुँदैन र मिल्दैन पनि । उनी त्यो बेलासमेत जनयुद्धको जन्मभूमि रोल्पा पनि पुगेकै हुन् । विभिन्न समय, विभिन्न ठाउँमा भएका वार्तामा सहभागी भएकै हुन् । एक्लो प्रयासमा शान्ति प्रक्रियाको अभियान नै छेडे । तर, दुई वर्षअघि एमाओवादीसँग नेकपा एमालेको एकता हुँदैछ भन्ने भेउ तिनै गौतमलाई दिइएन । आफूलाई विभिन्न आरोप लागेको बखत पनि गौतमले मिहिनेत गर्न छाडेनन् । माओवादीलाई नजिक ल्याउन खोजेबापत माओवादीकै पिछलग्गु बनेको आरोप लगाइयो । उनै गौतमले कहिले माओवादीलाई ठेगान लगाउन आतंककारी विधेयकको समेत नेतृत्व गरेका थिए ।…
काठमाडौँ, १० भदौ । कोभिड–१९ बारे संसारभरीका केही संक्षिप्त जानकारी यस्ता छन्ः – अमेरिकाको अलबामा विश्वविद्यालयमा कक्षा सुरु भएको एक हप्तापछि कोभिड–१९ का ६ सय ६६ संक्रमित फेला परेका छन् । मार्चमा वसन्तको छुट्टीपछि गत हप्ता २० हजारभन्दा बढि विद्यार्थी विश्वविद्यालय आउन सुरु भएका थिए । – नयाँ आँकडा अनुसार भारतको राजधानी दिल्लीमा गत हप्ता कोरोनाभाइरस संक्रमणमा एक चौथाई वृद्धि भएको छ । १८ देखि २४ अगस्टबीच ९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए जबकी त्यसको अघिल्लो हप्तामा ७ हजार २ सय संक्रमित फेला परेका थिए । – अर्जेन्टिनामा पछिल्लो २४ घण्टामा ८ हजार ७ सय १३ संक्रमित देखिएका छन्…
भद्रपुर, १० भदौ । कोरोना भाइरसको त्रासका बीच झापामा वन्यजन्तुको सिकार हुने गरेको पाइएको छ । झापा र इलामका वनजंगलबाट वन्यजन्तुको सिकार हुने गरेको पाइएको हो । सिकारीहरूले वन्यजन्तुको सिकार गरी मासु, हड्डि र छाला चर्को मूल्यमा बिक्री गर्ने गरेको स्थानीय बताउँछन् । यसैक्रममा सशस्त्र प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पानीघट्टाबाट हरिणको मासु बरामद गरेको छ । केही व्यक्तिहरूले जङ्गलबाट हरिण ल्याएको र त्यसलाई मारेर मासु काटी रहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट खटिएको टोली सोमबार राती हरिणको मासु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिए ।…
झापा, १० भदौ । कोरोनाको संक्रमण बढेसँगै कोरोना बिमा गर्नेहरूको संख्या बढ्दै गएको छ । बिमा समितिले कोरोना बिमाको मापदण्ड बनाइदिएपछि लकडाउनमा पनि कोरोना बिमाका लागि सिफारिस दिन नगरपालिकाको वडा कार्यालयलाई अहिले भ्याइनभ्याई छ । बिमा समितिका अनुसार हालसम्ममा ७ लाख ७४ हजार जनाले कोरोना बिमा गरेका छन् । परिवारको एउटा मात्र बिमा पोलिसी हुने कारणले गर्दा भने हालसम्ममा ८४ हजारओटा पोलिसी जारी भएको छ । कोरोना बिमाबाट मात्र ४३ करोडको हाराहारीमा प्रिमियम उठिसकेको पनि बिमा समितिका सूचना अधिकृत निर्मल अधिकारीले जानकारी दिए । कोरोना बिमा गर्न एक्लैको एक लाख रुपैयाँको बिमा गर्ने हो भने एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने…
भद्रपुर, १० भदौ । झापाको दक्षिणी गाउँपालिका कचनकवलका ४० जनाभन्दा बढी व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस कचनकवल–३ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल त्यागेर ४० जना भन्दा बढी व्यक्ति काग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सदस्यता प्रदान गरेको पार्टी प्रवेश कार्यक्रममा कचनकवल–३ अन्र्तगत डाकुपाडा टोलबाट भोला राजवंशीको नेतृत्वमा २० जना, दल्की, आमबारी, गोढवा बस्तीबाट श्रीप्रसाद राजवंशी, सुकिल किस्कु लगायतको नेतृत्वका २० जना गरी गरी ४० जना कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई कांग्रेस पूर्व महामन्त्री कुष्णप्रसाद सिटौला, क्षेत्रीय सभापति गणेश पोखरेल, महासमिति सदस्य भूमिप्रसाद राजवंशी लगायत वडा कार्य समितिका पदाधिकारीहरूले…
बिर्तामोड, ९ भदौ । आज झापाका चार स्थानीय तहका ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुरका चार, गौरीगञ्जका एक, कमल गाउँपालिकाका दुई र कनकाई नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा एक महिला र सात जना पुरुष रहेका छन् । उनीहरुमध्ये एक जना प्रहरी, भारतबाट आएका तीन जना, औषधि व्यवसायी एक र स्थानीय तीन जना रहेका छन्् । झापामा हालसम्म संक्रमितको संख्या ५१८ जना पुगेको छ भने चार सय जना निको भएर घर फर्किएका छन् । ११८ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड, ९ भदौ । जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । बिर्तामोड–५ मा समुदायस्तरमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयले मुक्तिचोक, शनिश्चरे रोडपूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास बैंक, दक्षिणमा हिकोला रोड, पश्चिममा रत्न सुपरमार्केट र आसपास जोडिएका पसल, तमुटोल क्षेत्र, महेन्द्र राजमार्ग दक्षिण हनुमान सेन्ट्रलसम्मको क्षेत्र अर्को सूचना नभएसम्मका लागि लकडाउन गरिएको हो । प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दे संक्रामक रोग सम्बन्धि ऐन २०२० को दफा २ अनुसार निषेधाज्ञा गरेको जानकारी गराएको छ । निषेधाज्ञाको समयमा सो क्षेत्रमा पसल खोल्न नपाउने, इजाजत प्राप्त सवारीबाहेक सबै सवारी साधनको आवागमन नै बन्द गर्ने जनाएको छ । शिवताक्षी…
झापा, ९ भदौ । बितेको २८ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । मृतकमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेका छन् । योसँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ । बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको…
झापा, ९ भदौ । बाह्रदशी गाउँपालिका–३ राजगढका नगेन्द्रप्रसाद पोखरेल (नवीन) श्रम तथा रोजगार विभागको सदस्यमा चयन भएका छन् । नेपाली कांग्रेस झापाको मातहतमा रहने गरी विभागको सदस्यमा पोखरेललाई मनोनयन गरिएको नेपाली कांग्रेस झापाले जनाएको छ । पार्टीको सर्वाेपरी हितका लागि पोखरेलले गरेका कामको उच्च मूल्याङ्कन गर्दै जिम्वेवारी प्रदान गरिएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताए । नेपाली कांग्रेस झापाको २०७५ फागुन २८ गते बसेको कार्यसमितिको बैठकले विभाग गठन गर्ने अधिकार प्रत्यायोजन गरेको र सोही बमोजिम पोखरेलाई श्रम तथा रोजगार विभागको सदस्यको जिम्मेवारी दिइएको बताइएको छ ।
सिरहा, ९ भदौ । सिरहाको कल्याणपुर नगरपालिकाका उपमेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृत कोरोना संक्रमित भएका छन् । कल्याणपुर नगरपालिकाकी उपमेयर रोहिनी कुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित उपमेयर यादव अहिले होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए। निमित्त प्रमुख प्रशासकीय अधिकृत दासलाई सदरमुकाम सिरहा स्थिति चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत र उपमेयरलाई कोरोना पुष्टि भएपछि स्थानीय र नगरपालिकाका कर्मचारी त्रसित बनेका छन्। गत बिहिबार अधिकृत र उपमेयर मेयरसहित एकसय सात जनाको स्वाब सकलन गर्दा मात्र २…