
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, ९ भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग आज छलफल गरेका छन् । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका हुन् । मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरुलाई कोभिड र अन्य विरामीहरुलाई छुट्टा–छुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । उनले विरामीहरुको राम्रो उपचार गराउन र आएका विरामीहरुलाई नफर्काउन समेत पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । तत्काल पिसिआर परीक्षणको दायरा बढाउन निर्देशन दिँदै आवश्यक…
बिर्तामोड, ९ भदौ । झापाको झापा गाउँपालिका–३ मा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । झापा–३ का ७० वर्षीय साइला टुडुको उनकै छोरा २५ वर्षीय सुनिल टुडूले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार सोमबार राति करिब ११ः३० बजे छोरा सुनिलले एक्कासी बाँसको भाटाले शरीरका विभिन्न भागमा अन्धाधुन्द कुटपिट गर्दा बुबा साइला गम्भीर घाइते भएका थिए । साइलालाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको र उक्त मेडिकलमा उपचार हुन नसकी सुविधा सम्पन्न अस्पतालमा लैजानु भनिए पनि आफन्तले घरमै ल्याई राखेकोमा सोही कारणबाट मृत्यु भएको उहाँले बताउनुभयो । घटनाको जानकारी…
विराटनगर, ९ भदौ । १ नम्बर प्रदेशका झापा, इलाम र मोरङ जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ६ जना पक्राउ परेका छन् । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बाह्रदशी गाउँपालिका(२ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित बाह्रदशी गाउँपालिका(३ का २३ बर्षीय अमिन मोहम्बदलाई बिरिङ खोला किनाराबाट पक्राउ गरेको हो । यसैगरी ईलामको माङसेबुङ गाउँपालिका(५ का १९ बर्षीय प्रेम राई र १७ बर्षीय अमिर लिम्बु नियन्त्रीत लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले सोमवार दिऊसो २ केजी गाँजा सहित…
चितवन, ९ भदौ । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो । केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले अस्पतालको आइसोलेसनमा ६८ सङ्क्रमितको उपचार भइरहेको छ । रासस
इलाम, ९ भदौ । अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक अग्र्यानिक चियाको माग उच्च छ । मागअनुसार नै यहाँका उद्योग र सहकारीले चियालाई प्राङ्गारिक बनाउँदैछन् । रासायनिक मल अभाव हुनु, किसान–उद्योगी आफँै सचेत हुनुले चिया प्राङ्गारिक बनाउने क्रम बढेको छ तर प्राङ्गरिक प्रमाणपत्र पाउन भने सास्ती खेप्नुपरेको चिया उद्योगी बताउँछन् । खर्च बढी लाग्नाले पनि उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिन चाहँदैनन् । प्रमाणपत्र लिन अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाका मानिस ल्याउनु पर्ने तथा उद्योगको सबै तथ्याङ्क सङ्कलन गर्नुपर्ने लगायतका काम गर्नुपर्ने हुन्छ । उद्योग÷सहकारीले सबै काम गर्न आफ्नै खर्च जुटाउनुपर्छ । लामो प्रक्रिया र खर्चिलो भएकाले धेरैले प्रमाणपत्र लिने प्रक्रिया नै थालेका छैनन् । “चियाको माग,…
काठमाडौं, ९ भदौ । हङ्गकङका वैज्ञानिकले कोरोनाभाइरसद्वारा पुनः संक्रमित भएका व्यक्ति फेला पारेका छन् । ३० वर्ष माथिका यी व्यक्ति पहिलो पटक साढे चार महिना अघि कोरोनाभाइरसद्वारा संक्रमित भएका थिए । वैज्ञानिकका अनुुसार यो भाइरसको जिनोममा दुई कुरा नितान्त फरक थिए र यो पुनः संक्रमण देखिएको संसारको पहिलो मामिला हो । यद्यपि, विश्व स्वास्थ्य संगठनले एक बिरामीको आधारमा सिधा निष्कर्ष निकाल्न नमिल्ने बताएको छ । यस्तै, विशेषज्ञले पुनः संक्रमित हुनु अत्यधिक दुर्लभ भएको र यो पहिलेको भन्दा गम्भीर नहुन पनि सक्ने बताएका छन् । हङ्गकङ विश्वविद्यालयको यो रिपोर्टमा संक्रमण ठिक हुनुअघि यी व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेको तर एयरपोर्टमा स्क्रिनिङको…
काठमाडौं, ९ भदौ । कोरोनाभाइरसको भ्याक्सिनको सम्बन्ध विज्ञानसँग छ तर आजको समयमा यो राजनीतिबाट पनि अछुतो हुन सकेको छैन । संसारमा विभिन्न भ्याक्सिनमाथि काम चलिरहेको छ र दैनिक यसबारे चर्चा भइरहन्छ । – फाइनेन्सियल टाइम्स र न्यूयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासन नोभेम्बरमा हुने राष्ट्रपति चुनावलाई मद्देनजर गर्दै बेलायतको कोभिड–१९ भ्याक्सिनलाई आपतकालीन अनुमती दिनेबारे विचार गरिरहेका छन् । यो भ्याक्सिनमाथि फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेका र अक्सफोर्डसँग मिलेर काम गरिरहेको छ । यद्यपि, ट्रम्पका अधिकारी र एस्ट्राजेनेकाले यो रिपोर्ट खारेज गरेको छ । – एक्सियोसमा प्रकाशित भएको अमेरिकाको एक नयाँ सर्वोक्षणमा ६६ प्रतिशत अमेरिकीले अमेरिकाको सबै भ्याक्सिनको अर्डर पूरा भएपछि मात्रै यहाँ बनेको…
बिर्तामोड, ९ भदौ । झापाको बाह्रदशी गाउँपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित एक युवा पक्राउ परेका छन् । सोमबार बाह्रदर्शी–२ स्थित बिरिङ खोलाको किनारमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बाह्रदशी–३ का २३ वर्षीय अमिन मोहम्मद ब्राउनसुगरसहित पक्राउ गरेको हो । प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ७ ग्राम (प्लाष्टिक बाहेक ६.५मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको हो । अमिनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
काठमाडौँ, ९ भदौ । उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टे«सिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट ट्रेसिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राविधिक सहयोग र समन्वयमा कार्यान्वयन गर्ने निर्णय फोरमले गरेको छ । उपत्यका नगरपालिका फोरमको सोमबार बसेको उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको बैठकले सो निर्णय गरेको हो । उपत्यकामा सङ्क्रमितको सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको पीसीआर निषेधाज्ञाको अवधिभित्रै परीक्षण गर्ने निर्णय भएको फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी…
झापा, ९ भदौ । नेपाल–भारत वाणिज्य सन्धिले दुवै देशका उत्पादनलाई एकअर्काको बजारमा पारस्परिक प्राथमिकता दिने उल्लेख गरेको छ । सन्धिको व्यवस्थाअनुसार नेपालमा मापदण्ड पूरा गरेर उत्पादित वस्तुले भारतीय बजारमा राष्ट्रिय व्यवहार पाउनुपर्ने हो । तर, भारतीय पक्षबाट बेलाबेलामा गरिने गैरभन्सार अवरोधले निकासी गर्न लागिएको उत्पादन भारतीय नाकामा अलपत्र परेका उदाहरणको कमी छैन । एकताका नेपालबाट निकासी हुने वनस्पति घ्यू, तामा, जिंकलगायत उद्योग प्रताडित भएकोमा पछिल्लो समय अलैंची, चिया, अदुवा, जुट, दाल, अम्रिसोलगायतको निकासीमा अनेक खालका अवरोधको सामना गर्नुपरेको निर्यातकर्ता बताउँछन् । भारतीय बजारमा जानेमात्र होइन, तेस्रो मुलुकतर्फ निकासी हुने वस्तुमा समेत विभिन्न झमेला सामना गर्नु परेको निर्यातकर्ता बताउँछन् । भारतले…