
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ साउन । झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । साउन ७ गते सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधिन पक्की घरमा छत ढलान गर्न फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विधुतको नाङ्गो तारमा छुन पुग्दा कामदार बर्जु गाउँपालिका–६ का ३५ वर्षीय नन्दकुमार चौधरी र गढी गाउँपालिका–३ का ३२ वर्षीय श्रवण चौधरीलाई करेन्ट लाग्दा घाइते भएकोमा तत्काल उपचारको लागि इनरुवा अस्पताल लगिएकोमा उपचारको क्रममा नन्दकुमार चौधरीको मृत्यु भएको हो भने श्रवण चौधरीलाई थप उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाइएको छ । सोही दिन साँझ झापाको गौरादह नगपालिका–७ की ७७ वर्षीया तेजकुमारी उप्रेतीलाई आफ्नै गाई गुवालीमा कुटी काट्ने…
सुनसरी, ८ साउन । छुरा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको आरोपमा सुनसरीको देवानगंज गाउँपालिका–३ का ४० बर्षीय मोहम्मद रियाज अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । साउन ७ गते बिहान जग्गाको विषयलाई लिएर आपसी वाद विवादको क्रममा आफ्नै बुबा ६० बर्षीय सबिब अंसारीलाई छोरा मोहम्मद रियाज अंसारीले शरिरको विभिन्न भागमा छुरा प्रहार गर्दा घाइते भएकोमा तत्काल उपचारको लागी गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न अंसारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही गरिरहेको छ ।
नयाँ दिल्ली, ८ साउन । भारतमा पछिल्ला तीन दिनमा तीनवटा विमानमा प्राविधिक समस्या देखिएपछि विमान सुरक्षाप्रति गम्भीर प्रश्न उठ्न थालेका छन्। बुधबार साँझ दिल्ली विमानस्थलबाट मुम्बईका लागि उड्न लागेको एयर इन्डिया एक्सप्रेसको विमानमा ककपिटको गति देखाउने स्क्रिनमा खराबी देखिएपछि उडान रद्द गरिएको हो। विमानमा १६० यात्रु सवार थिए, जसलाई अर्को विमानमार्फत मुम्बई पठाइएको थियो। त्यसअघि बुधबार नै अहमदाबादबाट दिव जाँदै गरेको इन्डिगो एटीआर७६ विमानमा उड्नै लाग्दा इन्जिनमा आगलागी भएको थियो। विमानमा रहेका ६० यात्रुहरूलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको छ। घटनाको अनुसन्धान जारी छ। मंगलबार पनि हङकङबाट आएको एयर इन्डिया उडान-३१५को सहायक पावर युनिट (एपीयू)मा दिल्ली विमानस्थलमा अवतरण गर्नेबित्तिकै आगो…
झापा, ८ साउन । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेमा आज बिहान एकै ठाउँमा दुईजना युवतीको शव फेला परेको छ । यतिबेला जिल्ला प्रहरी परिसर भक्तपुरबाट घटनास्थलमा प्रहरी पुगेको छ । प्रहरीले मृतकको नाम, ठेगाना सार्वजनिक गरेको छैन ।
भोजपुर, ८ साउन । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकामा अकबरे (डल्ले) खुर्सानीखेतीले किसानको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ। पछिल्ला वर्षहरूमा व्यावसायिक रुपमा खेती विस्तार भएपछि यो उत्पादन आम्दानीको प्रमुख स्रोत बनिरहेको छ। स्थानीय कृषक कमला थापाले खुर्सानीबाट परिवारको खर्च सहज रुपमा धान्न सकिने बताउनुभयो। उहाँका अनुसार बजारमा माग बढ्दो छ, मूल्य पनि आकर्षक छ—प्रतिकेजी रु २०० देखि ४०० सम्ममा बिक्री हुने गरेको छ। कृषक नभराज फुयालले बारीमै आएर ठेकेदारले खरिद गर्ने व्यवस्था भएको बताउँदै बजारको झन्झट नरहेको जानकारी दिनुभयो। “खुर्सानीले राम्रो आम्दानी दिएकाले किसान यसतर्फ आकर्षित भएका छन्,” उहाँले भन्नुभयो। गाउँपालिकाले व्यावसायिक खेतीका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको छ। कृषि शाखाका…
झापा, ८ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन…
झापा, ८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार…
झापा, ७ साउन । कोशी प्रदेश प्रहरी लागूऔषधको प्रयोग, ओसार पसार तथा बिक्रीवितरण नियन्त्रण तथा निरुत्साहित गर्न आक्रमक रणनीति सहित अघि बढिरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा चरेश, अफिम, ब्राउन सुगर र विभिन्न मनोदिपक औषधीसहित कुल १,९८५ व्यक्ति पक्राउ गरिएका छन्। प्रहरीले गरेको मुख्य कार्यहरू: चेकजाँच अभियान: लोकमार्ग, भित्री सडकखण्ड, सिमाना नाका तथा संकित स्थानहरूमा प्रहरी कुकुरसहितको चेकजाँच। प्रहरी परिचालन: संकित व्यक्ति, यात्रु सवारी तथा मालवाहक सवारीमा निगरानी। सिमावर्ती भारतीय नाकाहरूमा कडाइ। सामाजिक सचेतना: FAN (Fight Against Narcotics) कार्यक्रममार्फत समुदायमा सचेतनामूलक गतिविधि। टेलिभिजन, एफएम रेडियोमार्फत श्रव्यदृश्य सामग्री प्रसारण। बरामद लागूऔषध विवरण (२०८१/८२): जिल्लाचरेशब्राउन सुगरमनोदिपक चक्की/क्याप्सुलएम्पुलझापा१.५६० ग्राम२.८८२ किलो६३,५६० वटा३९ वटामोरङ—१.७७० किलो८०,९२३…
बिर्तामोड, ७ साउन । झापाको बिर्तामोड नगरपालिका–६ स्थित सुभ बिहानी टोलमा सञ्चालन गरिएको एक सुँगुर फार्ममा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सरोज लावतीको फार्ममा काम गर्दै आएका भारत सिक्किम घर भएका ६५ वर्षीय डम्बर बहादुर मगर आज बिहान ओछ्यानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको स्थायी ठेगाना भारतको सिक्किममा रहेकाले आफन्तलाई जानकारी गराउने प्रक्रिया अगाडि बढाइएको छ। सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको ईप्रका बिर्तामोडले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ। मृत्युको कारण हाल स्पष्ट भइसकेको छैन।
इलाम, ७ साउन । नेवार समुदायद्वारा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व गठेमंगल आज इलाममा पनि श्रद्धा र परम्परागत विधिसाथ मनाइँदैछ । दुष्ट आत्मा, राक्षस, भूतप्रेत तथा रोग–व्याधी भगाउने प्रतीकको रूपमा मनाइने यो पर्वमा काठको मानिसजस्तो आकृतिको पुत्ला बनाइन्छ र घर अगाडि वा सार्वजनिक स्थानमा राखिन्छ । त्यसपछि तान्त्रिक विधिअनुसार मन्त्र पाठ गरिन्छ र साँझमा सो पुत्लालाई बजार परिक्रमा गराउँदै जलाइन्छ । नेवार समुदायको विश्वास अनुसार यसरी पुत्ला दहन गर्दा टोलबाट भूतप्रेत र अनिष्ट शक्तिहरू हट्छन् । प्रचलित कथनअनुसार ‘गठेमंगल’ नामको राक्षसले कहिल्यै मानव समाजलाई दुःख दिइरहने गरेकोले उसलाई तान्त्रिक विधिबाट भगाएर त्यसको पुत्ला बनाइ जलाइएको सम्झनामा यो पर्व मनाइन्छ । यसै…