झापा, ९ असार । झापाको गौरीगञ्ज गाउँपालिका–३ सयपत्री टोलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ६ः३० बजे गौरीगञ्ज–३ स्थित चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका भोजपुर आमचोक गाउँपालिका–९ निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ खेतमा आली खन्ने काम गरिरहेका बेला चट्याङ लागेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box


