झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ जेठ । प्रहरी चौकी लोदिया दानावारी इलाममा कार्यरत प्रहरी नायव निरीक्षक दिलबहादुर दनुवार बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागिय मुल्य(मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ अवैध हातहतियार र विष्फोटक पदार्थ सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष…

Read More

झापा, ७ जेठ । विराटनगरको कोरोना विशेष अस्पतालबाट आज थप ८ जना डिस्चाज भएका छन् । यो सँगै प्रदेश १ बाट कोरोना नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ। बुधबार डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका नागरिक रहेका छन् । गत वैशाख ५ र ९ गते उनीहरुमा कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु…

Read More

पार्थ मण्डलझापा, ७ जेठ । १० जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि दक्षिणी झापाको कचनकवल गाउँपालिकामा उच्च सतर्कता बढाइएको छ । भारतबाट लुकिछिपी भित्रिने नेपाली नागरिकलाई सीमा रोक्नुका साथै गाउँघरमा प्रवेश गर्न नदिनलाई उच्च सतर्कता बढाइएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए । पछिल्लो समयमा गाउँपालिकामा कोरोनाको त्रास बढेसँगै बुधवार गाउँपालिकाका जनप्रतिनिधिसहित सर्वपक्षीय बैठक बसेका थिए । बैठकले गाउँपालिकाका सात वटै वडा सिल गर्ने निर्णय गरेको अध्यक्ष आलमले बताए । मङ्गलवार पाँच वटा वडा सिल गरिएकोमा बुधवार पुरै गाउँपालिका जेठ ११ गतेसम्मका लागि सिल गरिएको उनले बताए । ‘अहिले गाउँपालिकामा छिमेकी स्थानीय तहबाट पनि कसैलाई प्रवेश गर्न दिइएको छैन, सम्पूर्ण पसलहरू…

Read More

झापा, ७ जेठ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र तथा सङ्घीयतानुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ । सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी सो नक्सा सार्वजनिक गर्नुभएको हो । सो नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ । सरकारले सो नक्साका आधारमा निशानछाप र प्रतीकचिन्हसमेत प्रयोगमा ल्याउने…

Read More

झापा, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज परिवर्तनका क्रममा बेपत्ता योद्धाले देखेको सपनालाई सार्थकतामा बदल्नु कम्युनिष्ट क्रान्तिकारीको जिम्मेवारी भएको बताउनुभएको छ । बेपत्ता योद्धाको स्मृति दिवसको सन्र्दभमा आज एक वक्तव्य जारी गर्दै उहाँले बेपत्ता यो’द्धाको त्या’ग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको छ । अध्यक्ष दाहालले सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता हुनुभएका यो’द्धाको सङ्घर्षका कारण नै आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरण पुगेको बताउनुभएको छ । बेपत्ता परिवारको अभिभावकत्व र उनीहरु सन्नतिको शिक्षादीक्षा एवं भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत…

Read More

पाँचथर, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ का ३९ बर्षीय अमृत प्रसाद राईको बाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । मंगलवार दिउँसो करिव ३ बजेको समयमा घर नजिकै रहेको बाँस झ्याङमा बाँस काट्ने क्रममा अचानक बाँस झ्याङबाट करिव १५–२० मिटर तल लड्दा राईको घटनास्थलमा नै मृत्यु भएको भनी स्थानीयले जानकारी दिएसंगै ईलाका प्रहरी कार्यालय रविबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका पुरा गरी घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यसैबीच, सुनसरीको हरिनगरा गाउँपालिका–२ का ४० बर्षीय पवन गुप्ताको ट्रकबाट लडेर मृत्यु भएको छ । मंगलवार दिऊँसो साँढे १ बजेको समयमा हरिनगरा-६ घुस्कि बजारमा को…

Read More

सुनसरी, ७ जेठ । सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-४ बाट अबैध सानो हतियार तथा नियन्त्रित लागुऔषध सहित १ जना पक्राउ परेका छन् । भारतिय नम्बर प्लेटको गाडीमा हतियार तथा लागुऔषध ओसार पसार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४ का ३६ बर्षीय कृष भन्ने कृष्ण कुमार यादवलाई हतियार र लागुऔषध सहित पक्राउ गरेको हो । मंगलवार अपरान्ह साँढे ४ बजे बीआर ५० पी १२४१ नम्बरको भारतिय स्कारपिओ गाडीमा सवार रहेका यादवको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ३ थान, लागुऔषध र १ थान मोवायल समेत बरामद गरेको छ । हतियार…

Read More

द्रोण अधिकारीभद्रपुर, ७ जेठ । कचनकवल गाउँपालिका–५ स्थित (साविकको पाठामारी गाविस) फुलवारी बस्ती छेउमा निर्माणाधिन बाँध तथा झोडा पुलका कारण दर्जनौं घर डुवानमा परेका छन् । तीन वर्ष अगाडि साविकको जिल्ला विकास समिति मार्फत निर्माण सम्पन्न गरिएको झिङ खोलाको पुल वारिपारि सडकसित जोड्न गतवर्षबाट थालिएको बाँध निर्माणले फुलवारी बस्ती डुबानमा परेको हो । पानीको निकास दिने गरी खोलाको बहाव क्षेत्र समेट्न नसक्ने गरी बनाइएपछि बस्तीमा डुबान समस्या आएको हो । पीडित स्थानीय रविना खातुनका अनुसार बाँध निर्माण थालिएपछि गत वर्षदेखि वर्षादमा हजारौं विगाह जमिन डुवानमा पर्न थालेको हो । यस वर्ष पनि पानीको निकास बन्द भएकै कारण बस्ती डुबानमा पर्न…

Read More

नायिका कृती सेनन चलचित्र ‘मिमी’को छायाङ्कनमा लकडाउन अगाडि व्यस्त थिइन् । यो चलचित्र उनको करिअरका लागि महत्वपूर्ण रहेको बताइएको छ । लक्ष्मण उतेकरको निर्देशनमा तयार भइरहेको यो चलचित्रमा उनी गर्भवती महिलाको भूमिकामा देखिँदैछिन् । लकडाउनका कारण यो चलचित्रको छायांकन रोकिएको छ यसैले यसको प्रदर्शन मिति पछि धकेलिने निश्चित छ । यो चलचित्रमा गर्भवती महिलाको भूमिकामा देखिनका लागि नायिका कृती सेननले तौल बढाएकी छिन् । यो विषयमा भारतीय मिडियासँग कुरा गर्दै कृतीले भनेकी छिन्–‘मैले तौल बढाउनका लागि योगा र व्यायाम छाडेकी थिएँ । मलाई थाहा थियो, तौल बढाउने काम सजिलो होइन ।’ कृतीले हलुवा र पुरी खान थालेको साथै केकहरू पनि…

Read More

धेरैलाई थाहा नहुन सक्दछ । दुनियाँको सबैभन्दा महँगो उक्त वस्तुको मूल्यका बारेमा सायद कल्पना गर्न पनि सकिँदैन। वास्तवमा संसारको सबैभन्दा महँगो पदार्थ कुनै रहस्यभन्दा कम छैन । यसको मूल्यको कुरा गर्दा आम मानिसको कल्पना बाहिरको छ । किनकि उक्त वस्तुको जम्मा एक ग्रामको मूल्य नै ६२५ खर्ब अमेरिकी डलर पर्दछ । उक्त पदार्थको नाम नै एन्टिम्याटर अर्थात् प्रतिपदार्थ हो । विज्ञानको दुनियाँमा यो एक रहस्यमय पदार्थको रुपमा चिनिन्छ । यसको नामबाटै के प्रष्ट हुन्छ भने यो पृथ्वीमा भएका आम पदार्थभन्दा ठ्याक्कै विपरीत छ । यो पदार्थका अणु संरचना पनि सामान्य पदार्थको भन्दा विपरीत हुन्छ । यसमा विद्युत धारासमेत विपरीत दिशामा…

Read More