
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १५ वैशाख । नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो। नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए। सहभागी नेताले तत्काल स्थायी समिति बैठक बोलाउनका लागि प्रधानमन्त्रीलाई कडा दबाब दिन दाहाल र नेपालसमक्ष आग्रह गरेका छन्। उनीहरूले वन पैदावर समितिको कार्यालयमा भेला भई पार्टी बैठक बोलाउन, आवश्यक परे त्यही बैठकबाटै प्रधानमन्त्री केपी ओलीको विकल्पसमेत खोजेर जान सुझाएका हुन्। त्यसमा अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, वेदुराम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी थिए। कृषिमन्त्रीसमेत रहेका नेता घनश्याम भुसाल भने अनुपस्थित थिए।…
झापा, १५ वैशाख । विराटनगरबाट काठमाडौं आउँदै गरेका बसहरु काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा नाकामा रोकिएका छन् । विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जना काठमाडौंलाई राखेर पठाइको थियो । नागढुंगाका एक प्रहरी अधिकृतले भने, ‘बसलाई नागढुंगामा राकेर चेकजाँच गरिरहेका छौं । बस कहाँबाट आइरहेको भन्नेबारे बुझ्ने काम भइरहेको छ । यसबारे हामीसँग कुनै समन्वय भएको छैन ।’ लकडाउनको समय भएकाले बस रोकेर जानकारी लिने काम गरिरहेको ती अधिकृतले बताए । तर विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका जनतालाई पठाएको बताउँछन् । उनले भने, ‘हामीले समन्वय गरेर नै पठाएका थियौं ।…
काठमाडौं, १५ वैशाख । सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो । यसअघि सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो । यस्तै आइतबार नै बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाको थप संक्रमण रोक्न जारी लकडाउन बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । यसैगरी गत माघको अन्तिम सातादेखि ईपीएस अन्तरगत दक्षिण कोरिया जान रोकिएका नेपाली कामदारलाई पठाउन सुरु गर्ने पनि आजको बैठकले निर्णय गरेको छ । दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो । भिसा आएर…
झापा, १५ बैशाख । झापाको बाह्रदशी गाउँपालिकाका ५० वर्षीय कोरोना संक्रमित पुरुष भारतको नयाँ दिल्लीबाट आएको खुलेको छ । गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार उनि दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा सहभागी एक महिना अगाडी झापा आएका हुन् । कोरोना पुष्टि भएपछि उनलाई गाउँपालिकाले अस्पताल पठाउने तयारी गरिरहेको छ । अध्यक्ष राजवंशीले भने, ‘हामी धरान वा विराटनगर पठाउनलाई छलफल गर्दैछौं ।’ संक्रमित पुरुष दिल्लीबाट फर्केर घरमै बसे पनि उनी बजारतिर घुलमिल भएको भन्ने छ । गाउँपालिका अध्यक्ष राजवंशीले पुरुषले धेरै विवरण नदिँदा सम्पर्कमा आएकाहरू पत्ता लगाउन गाह्रो भएको बताए । ‘उहाँलाई होम क्वारेन्टाइनमा बस्नु भने पनि बजारतिर गएको भन्ने…
झापा, १४ वैशाख । चीनको सबैभन्दा बढी प्रभावित वुहान सहरका अस्पतालहरूमा उपचाररत सबै कोभिड–१९ सङ्क्रमित व्यक्ति उपचारपछि आइतबार घर फर्किएका छन् । दिङ थरका ७७ बर्षीय पुरूष चीनको मध्य क्षेत्र हुबेईको राजधानी वुहानमा कोभिड–१९ को सङ्क्रमणपछि निको भएर घर फर्किने सबैभन्दा पछिल्लो व्यक्ति हुनुभएको छ । दिङको दोस्रो परीक्षणको रिपोर्टमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि उहाँलाई आइतबार घर पठाइएको वुहान नगर स्वास्थ्य आयोगका अधिकारीले बताएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फङले बेइजिङमा पत्रकार सम्मेलनमा भन्नुभयो, “वुहानले कोरोना भाइरसविरूद्धको लडाईंमा सफलता पाउनुमा वुहान तथा देशका विभिन्न भागबाट त्यहाँ रहेर विरामीको उपचार गर्ने स्वास्थ्यकर्मी तथा अन्य सेवामा खटिने चिनियाँहरूको…
झापा, १४ वैशाख । झापामा थप एक जनानमा कोरोना भाइरस पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। झापाको बाह्रदशीमा मुस्लिम समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका उनी पुरुष हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीषक्षको नतिजा अनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । आइतबार झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ ।
काठमाडौं,१४ वैशाख । सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । निर्णयसंगै २५ गतेसम्म कडाउन लम्ब्याउने भएको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी रहेन छ ।
विराटनगर, १४ वैशाख । प्रदेश नंं. १ मा कूल ५ हजार ५ सय १८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि(आरडीटी)बाट आइतबारसम्म जम्मा ४ हजार ५ सय ४५ जना र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पीसीआर) विधिबाट ९ सय ७३ जनाको नमुना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । आरडीटीबाट ३ हजार ८ सय ८ जना पुरुष र ७ सय ३७ जना महिलाको परीक्षण भएको छ । पीसीआरतर्फ ७ सय २० पुरुष र २ सय ५३ जना महिलाको परीक्षण भएको छ । प्रदेश १ मा ३० जनामा कोरोना संक्रमण देखा परेको छ…
झापा, १४ वैशाख । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल १ हजार ७ सय ७१ जना पुगेको छ । ४७ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा ३ सय ८ महिला र १ हजार ४ सय ६३ पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । एकजना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा ५ हजार ७ सय ६० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला १ हजार २ र पुरुष ४ हजार ७ सय ५८ जना रहेका छन् ।
वीरगञ्ज, १४ वैशाख । कोरोना संक्रमणको आशंकामा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएकी वीरगन्जकी एक युवतीको आइतबार मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका(१० की २३ वर्षीया युवती छिन्। आरडीटी रिपोर्ट पोजेटिभ आएका कारण आइसोलेसन बेडमा राख्ने तयारी गरिरहेको बेला उनको मृत्यु भएको नारायणी अस्पतालका प्रमुख डा. मदन उपाध्यायले जानकारी दिए। मृतक युवतीको शव अस्पतालमै राखिएको छ। यसअघि नै उनको थ्रोट स्वाबको नमूना संकलन गरी कोरोना संक्रमण भए नभएको पुष्टि गर्न हेटौंडा प्रयोगशालामा पठाइएको थियो। तर रिपोर्ट आउन नसकेको डा। उपाध्यायले बताए। उनका अनुसार ती युवती ब्लड क्यान्सरको बिरामी समेत थिइन्। मृतक युवतीको परिवारका सबै सदस्यको अब कोरोना परीक्षण गर्ने बताइएको…