
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ बैशाख । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लकडाउनकै बेला उनका छोरा श्याम सिटौलाको लगनगाँठो कसिदिएका छन् । श्याम सिटौला आइतवार बिर्तामोडकी मनिषा विमलीसँग झापाको चन्द्रगढीमा लगनगाँठो कसिएको हो । उनको विवाहमा मात्र चार जना जन्ति उपस्थिति थिए । कोरोनाका कारण चार जना जन्ती रहेको सिटौलाले बताएका छन् । विवाहमा सबैले मास्क प्रयोग गरेका थिए । सरकारले २५ जनाभन्दा धेरै भेला भएर कुनै पनि सामाजिक, घरायसी कार्यक्रम नगर्न निर्देशन दिएका कारण छोरा श्याम सिटौलाको विवाह साधारण रुपमा गरेको सिटौलाले जानकारी दिए । आफ्नो छोराको विवाह गर्दा लाग्ने खर्च पनि सिटौलाले कोरोना रोकथाम कोषलाई हस्तान्तरण गरेको बताए । बेहुली पक्षका…
ताप्लेजुङ, १५ वैशाख । ताप्लेजुङको श्रीजंगा गाउँपालिका(२ मा ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज खादिम्बे तर्फ खाद्यान्न लिन जाँदै गरेको जनमेजय निर्माण सेवा प्रा।लि। को प्रदेश १–०१–००१ त ८२४८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिका ठेगाना भएका २२ बर्षीय निर्मल लामिछानेको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा परी ट्याक्टरका सह(चालक स्थानीय १९ बर्षीय रुद्र पौडेल घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको छ ।
भद्रपुर, १५ वैशाख । सेवा निवृत्त कर्मचारी समाजले कोरोना बिरूद्ध लड्नका लागि भद्रपुर नगरपालिकालाई १० हजार ५०० आर्थिक सहयोग गरेको छ । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण रोजगारी गुमाएका अति विपन्न परिवारको गाँस जुटाउन समाजले सो रकम सहयोग गरेको हो । समाजका अध्यक्ष धनप्रसाद शिवाकोटी तथा सचिव चेतनाथ भट्टराईको नेतृत्वमा गएको टोलीले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई रकम हस्तान्तरण गरेका थिए । समाजले दैनिक ज्यालादारीमा जीवन गुजारा गर्दै आएका श्रमिकको गाँस जुटाउन सामाजिक उत्तरदायित्व अन्र्तगत रमक हस्तान्तरण गरेको सचिव भट्टराईले जानकारी दिए ।
सन्तोष शर्माझापा, १५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी (लकडाउन) गरिएसँगै झापामा अत्यावश्यक खाद्यान्नको मूल्यमा बृद्धि भएको छ । चामल, दाल, तेल, चना, मटर, चिनी लगायतका अत्यावश्यक खाद्यान्नमा मूल्य बृद्धि भएको हो । बिर्तामोड–४ का किराना व्यवसायी पवन राजवंशी चामलमा प्रतिबोरा रू एक सयदेखि रू दुई सयसम्म मूल्य बढेको बताउँछन् । “सामान्य मन्सुली चामलमा एक सय रुपैयाँसम्म दाम बढेको छ”, उहाँले भन्नुभयो, “वास्मतिलगायतका चामलमा दुई सय रुपैयाँसम्म बढेको छ ।” लकडाउन अघि प्रतिकेजी रू १२० मा पाइने मोटा मुसुरो दाल अहिले प्रतिकेजी रू १४० पुगेको उहाँ बताउनुहुन्छ । त्यस्तै, हरेक वस्तुमा मूल्य बढेको उहाँको भनाइ छ । “लकडाउन…
सुनसरी, १५ वैशाख । सुनसरीको धरान उप(महानगरपालिका(१८ दुर्गाचोकमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार बेलुका पौने ७ बजेको समयमा को ३४ प १०३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक धरान–१६ का २४ बर्षीय बिशाल तामाङ घाईते भई उपचारको लागी बी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा राती साँढे ८ बजे तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
काठमाडौं, १५ वैशाख । नेपालको दक्षिणी छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितहरुको संख्या २६ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार सोमबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या २७ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५६ जनाको मृ’त्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ८१ पुगेको छ । यसमध्ये ६ हजार ५ सय २३ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् । यसरी भारतमा कोरोना संक्रमित बढ्नु नेपालका लागि पनि खतराको संकेत हो । खुला सिमानाका…
झापा, १५ वैशाख । दसवर्षे द्वन्द्वकालका गम्भीर घटनामा सत्यनिरुपण तथा मेलमिलाप आयोगले माफी दिन सक्ने कानुनी व्यवस्थाको औचित्य सर्वोच्च अदालतले समाप्त गरिदिएको छ । सरकारले दिएको पुनरावलोकन निवेदनलाई पाँच न्यायाधीश संलग्न बृहत् इजलासले आइतबार खारेज गरेपछि उक्त कानुनी व्यवस्थाको हैसियत शून्य भएको हो। बृहत् इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई संलग्न थिए। सर्वोच्चले सरकारले २०७२ साल साउन ११ गते दिएको पुनरावलोकन निवेदन खारेज गरेपछि अघिल्लो फैसला कार्यान्वयन गर्ने बाटो खुलेको छ। यो फैसलासँगै संक्रमणकालीन न्यायका लागि पीडितले सर्वोच्चमा दायर गरेका सार्वजनिक सरोकारका सबै रिटले निकास पाएका छन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर…
झापा, १५ वैशाख । बन्दाबन्दीका कारण स्थानीयस्तरमा तरकारीको अभाव हुन थालेपछि झापामा ‘जागौँ युवा जागौँ, खेतबारी बाँझो नराखौँ’ अभियान सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि स्थानीय स्तरमा तरकारीको अभाव हुन थालेपछि झापा उद्योग बाणिज्य संघले तरकारी उत्पादनलाई प्रोत्साहित उक्त अभियान शुरु गरेको हो । संघका महासचिव पंकज शर्माले स्थानीय स्तरमा तरकारी उत्पादनका लागि प्रोत्साहन गर्न तरकारी बिऊ निःशुल्क वितरण थालिएको बताउनुभयो । स्थानीय स्तरमा तरकारी उत्पादन कम हुँदा भारतीय बजारमा निर्भर हुनुपर्ने अवस्था रहेको र मूल्य समेत आकाशिएकाले अभियान सुरु गरिएको उहाँ बताउनुहुन्छ । “अभियान अन्तर्गत एकलाख रुपैयाँभन्दा बढीको विभिन्न आठ…
झापा, १५ वैशाख । चीनको वुहान सहरबाट फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण चलनचल्तीमा आएका केही नयाँ प्राविधिक शब्द नेपाली शब्दकोशमा थप्न नेपाल प्रज्ञा प्रतिष्ठानले तयारी गरेको छ । हाल चलतचल्तीमा आएका थुप्रै नयाँ शब्द अबका पुस्ताले बुझुन् भन्ने उद्देश्यले प्रतिष्ठानले नयाँ शब्दहरु थप्ने तयारी गरेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए । हाल कोरोना, कोभिड–१९, लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, होम–क्वारेन्टाइन, र्यापिड टेस्टिङ, किट, भाइरस, सोसियल डिस्टेन्स, ट्रेसिङ लगायत चलनचल्तीमा रहेका कोरोना महामारीसँग जोडिएका शब्दहरु थपिने तयारी अन्तिम चरणमा पुगेको कुलपति उप्रेतीले बताए । आजको नागरिक दैनिकमा खबर छ ।
झापा, १५ वैशाख । शक्ति र सत्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढाकछोप गर्न तल्लीन रहेको सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि कडा कारबाही गर्ने कदम चालिरहेको छ । त्यसैको उदाहरण हुन्–साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय । उनले सरकारले गरेका गलत कामबारे सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्दै आएका थिए । प्रहरीले साइबर ब्युरोले उनलाई गत बुधबार साँझ ललितपुर कुसुन्तीबाट पक्राउ गरेको थियो । साइबर ब्युरोको तथ्याकंअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको आधारमा २० जनाभन्दा बढी कारबाहीमा परेका छन् । साउनयता साइबर अपराध गरेको आरोपमा ९३ जना पक्राउ परेका छन् ।…