
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, १२ बैशाख । सामुहिक जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले ४ जनालाई पक्राउ गरेको छ । २०७६ साल माघ १५ गते राती बुढिगंगा गाउँपालिकाकी एक बालीकालाई जबरजस्ती सामुहिक करणी गरेको आरोपमा २ जना १६ बर्षीय बालक सहित बुढिगंगा गाउँपालिका–६ का १९ बर्षीय सन्देश लिम्बु र २१ बर्षीय टंके भन्ने कुमार राईलाई बैशाख १० गते पक्राउ गरेको हो । पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिर्तामोड, १२ वैशाख । झापाको बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापना कोषलाई तक्षशिला एजुकेशन फाउण्डेशन बिर्तामोडले ५१ हजार रुपैयाँ प्रदान गरको छ । फाउण्डेशनकी अध्यक्ष पूजा गिरी तथा प्रिन्सिपल श्रद्धा गिरी (बोहोरा)को अध्यक्षतामा वसेको वैठकको निर्णय अनुसार शुक्रवार फाउण्डेशनका सञ्चालक दीपक गिरी र मनिष गिरीले नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोषका लागि रकम हस्तान्तरण गरेका हुन् । त्यसैगरी नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिले ८ वटा बिद्यालयबाट संकलित २ लाख ९० हजार ९ सय ५८ रुपैयाँ कोषलाई प्रदान गरेको छ । बिर्तामोडको देवी मावि, महेन्द्र रत्न मावि, मोहनमाया मावि, वीरअमरसिंह प्राविधिक मावि, सरस्वती मावि, साङ्गवेद संस्कृत मावि, लक्ष्मी…
बिर्तामोड, १२ वैशाख । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले लक डाउनको अवस्थामा व्यापार क्षेत्रका कर्मचारीका विषयमा उद्योग वाणिज्य संघलगायतले गरेको एकतर्फी निर्णय मान्य नहुने जनाएको छ । संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले शुक्रबार विज्ञप्ति निकालेर विभिन्न वस्तुगत संघहरुले आआफ्नो ढंगले निर्णयहरु गरेको हुँदा मजदुर कर्मचारीहरुका सरोकारका विषयमा निर्णय लिँदा ट्रेड युनियनहरुसँग समन्वय गर्न अनुरोध गरेको छ । कोरोाम भाइरसका कारण ३२ दिनयता व्यापार कर्मचारी र मजदुर बरोजगार बनेका छन् । संघले उनीहरुका विषयमा राज्यले राहतको घोषणा गर्नुपर्ने माग राखेको छ । ‘विशेषतः साना व्यवसयीहरु र व्यवसायमा कार्यरत कर्मचारीका विषयमा संघ साथमा छ’, पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालका सम्पूर्ण…
एजेन्सी, १२ वैशाख । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २१ हजार नाघेको शुक्रबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ६४८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २३ हजार ७७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३७ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७१४ पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये ४ हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १७ हजार…
काठमाडौं, १२ वैशाख । सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । सर्वत्र विरोधपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ । सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । दुवै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना परिषद्को बैठक बसेर निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ…
भद्रपुर, १२ वैशाख । वर्तमान सरकारले गरेका विभिन्न कार्यहरूप्रति तीव्र असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघ बुद्धशान्तिले बुधबारे चोकमा सांकेतिक विरोध गरेको छ । वर्तमान अवस्थामा सरकारले विश्वमा महामारीका रूपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणलाई कसरी रोक्ने तथा लकडाउनको समयमा खान लाउन अप्ठ्रो परिरहेका देशवासीहरुलाई कसरी सहज रूपमा राहत विरतरण गर्ने भन्ने विषयमा ध्यान नदिई सत्ता र शक्तिको दुरुपयोग गरेर दलीय अध्यादेश पारित गराएको विरोधमा संघ बुद्धशान्तिले सांकेतिक विरोध गरेको हो । नेवि संघ बुद्धशान्तिका सभापति नरेश लावतीले दिएको जानकारी अनुसार लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा अस्थिरता निम्त्याउने अध्यादेश खारेज नभएसम्म आन्दोलन जारी रहने छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले सोमबारको मन्त्री परिषदको बैठकमा…
काठमाडौँ, १२ बैशाख । कोरोना भाइरस कोभिड(१९ को संक्रमणबाट अमेरिका सबै भन्दा धेरै संक्रमित र सबै भन्दा बढी ज्यान गुमाउने देश हो। यो समाचार तयार पार्दा सम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजार २ सय ४३ पुगेको छ । त्यसैगरी संक्रमितको संख्या पनि विश्व कै सबै भन्दा बढी ८ लाख ८६ हजार ७ सय ९ पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या ८५ हजार ९ सय २२ जना मात्र रहेको छ । अमेरिकामा बिहिबार २ हजार ३ सय ४२ र बुधबार २ हजार ३ सय ४१ जनाको ज्यान गएको छ । त्यस्तै मंगलबार एकै दिन सबै भन्दा…
झापा, १२ वैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी बिक्री गरेको भन्दै ज्ञानेश्वरस्थित राजेन्द्र मिट सप, इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसल प्रत्येकलाई रु ५०–५० हजार जरिवाना गरेको छ । रासस
काठमाडौं, १२ वैशाख । कोरोना भाइरसबाट बेलायतमा थप एक नेपालीको ज्यान गएको छ । ज्यान जानेमा झापा घर भएर हाल बेलायत बस्दै आएका हंसराज लिङ्देन लिम्बू रहेका छन् । उनको बुधबार रोयल बर्कसायर अस्पतालमा ज्यान गएको बताइएको छ । उनी १४ बर्ष अघिबाट बेलायतको रेडिङमा बस्दै आएका थिए । उनी खुदुनाबारीको जनता माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापकसमेत हुन् । प्रेसर र सुगरको विरामी रहेका उनी तीन साताअघि अस्पताल भर्ना भएका थिए । श्वास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको उनको दुई पटक परीक्षण गर्दा पनि कोरोना पोजिटिभ नदेखिएको तर तेस्रोपटक चेक जाँच गर्दा कोरोना पोजेटिभ पाइएको बताइएको छ । ६५ बर्षीय लिङ्देनको…
झापा, १२ वैशाख । एकैचोटी दर्जन बढीमा संक्रमण भेटिएपछि ठाडा कान पारेका नगरपालिका, प्रशासन, स्वास्थ्य र जिल्ला कोभिड प्रतिकार समितिले भोलिपल्टै मस्जिद आसपासका भुल्केबासीको स्वास्थ्य परीक्षणको माग गरे अनुसार प्रदेश सरकारले टोली पठायो । सरुवा रोग विशेषज्ञ डा. जयवेन्द्र यादव नेतृत्वको स्वास्थ्य टोलीले ६ गते मस्जिद आउजाउ गर्ने तथा संक्रमित धर्म प्रचारकसँग भेटघाट गर्ने ६० मुस्लिमसहित ६९ को ‘स्याम्पलिङ’ स्वाव संकलन गरी लग्यो। ३ दिनपछि संक्रमणको आशंका गरिएका थप ८ जनालाई ‘रिकन्फर्म’ गर्नुपर्ने भनेपछि एम्बुलेन्समार्फत उनीहरुलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठायो। त्यहाँ उनीहरुमा संक्रमण पुष्टि भयो। संक्रमितहरु सुरुमा मस्जिदमा भेटिए पनि पछिल्लो नतिजाले संक्रमण कोबाट कसरी सुरु भयो…