झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ वैशाख । शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिनुभएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ९एनसिई०ले परीक्षाका विषयमा आज गरेको भिडियो छलफलमा सचिव दाहालले बन्दाबन्दीबारे सरकारले निर्णय गरेपछि मन्त्रालयले परीक्षाबारे धारणा सार्वजनिक गर्ने उल्लेख गर्नुभयो । अब परीक्षा भएमा विद्यालयलाई सामाजिक दुरीसहित…

Read More

इलाम, १४ वैशाख । इलाम फाकफोकथुम–३ सल्लेरी बस्ने ४० बर्षीय रामबहादुर लकान्द्रीको चिप्लिएर लड्दा मृत्यु भएको छ । आज दिउँसो पउने १ बजे आफनै घर नजिकै रहेको जंगलमा सुँगुरको चारो काट्न जाने क्रममा ढुङगामा राम बहादुर चिप्लिएर लड्दा उनको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी आमचोकमा जानकारी गराएका हुन । घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ । यता,भोजपुर पौवादुम्मा–४ कात्तिके बस्ने ५४ बर्षीय बलबहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका ८ बजे आफ्नै खेतबाट पराल बोकी घर तर्फ आउदै गरेका कार्की बिच बाटोमा परालको भारी बिसाउने क्रममा…

Read More

भद्रपुर, १४ वैशाख । झापा उद्योग बाणिज्य संघले तरकारी उत्पादनलाई प्रोत्साहित गर्न कृषकलाई निःशुल्क रूपमा तरकारीको बीऊ बिजन वितरण गरेको छ । संघले बन्दाबन्दीका कारण बजारमा नेपाली तरकारीको अभाव देखिन थालेपछि स्वदेशमै तरकारी उत्पादन गर्न प्रोत्साहन स्वरूप कृषकलाई निःशुल्क रूपमा तरकारीको बीऊ बिजन वितरण गरेको हो । भारतमा उत्पादित तरकारीमा निर्भर झापाका भद्रपुरलगायतका बजारमा भारतीय तरकारी आयात रोकिएपछि तरकारीको अभाव देखिएको छ भने मूल्य पनि आकासिएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको प्राणघातक कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीका कारण घरमै बस्नु पर्ने भएपछि फुर्सदमा रहेका परिवारका सदस्यलाई खेतबारीको काम गर्न प्रेरित गर्ने उद्देश्यले पनि…

Read More

द्रोण अधिकारीभद्रपुर, १४ वैशाख । नेपाल भारत सीमा क्षेत्रमा आवतजावत बन्द गर्न खटाइएका सुरक्षाकर्मी हावापानी र घामबाट आफैँ असुरक्षित हुँदै गएका छन् । कोरोना संक्रमण रोक्न भारतीय भूमिबाट अवैध प्रवेश बन्द गर्न नेपाल भारत सिमानामा परिचालित नेपाली सुरक्षाकर्मी सामान्य त्रिपाल भित्र बस्नु पर्ने अवस्थाले प्राकृतिक विपतबाट असुरक्षित हुँदै गएका हुन् । हरेक ५ सय मिटरको दुरीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको भिन्ना भिन्नै सुरक्षा पोष्ट राखेर सीमासिलको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी सुरक्षा सामग्री तथा जनशक्ति परिचालनको हिसावमा शसस्त्र प्रहरीको तुलनामा कमजोर देखिएको छ । नेपाल प्रहरीले हरेक टोकरीमा ३ जना सुरक्षाकर्मी परिचालन गरेको छ । एउटा सामान्य त्रिपालमा…

Read More

बिर्तामोड, १४ वैशाख । यहाँस्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आज आइतबारदेखि डिजिटल बिल भुक्तानीको सुरुवात गरेको छ । कोभिड–१९ संक्रमणको सन्त्रासले नगदको कारोबार गर्नसमेत असहज हुँदै गर्दा संस्थाले डिजिटल भुक्तानीको प्रबन्ध मिलाएको हो । संस्थाका सचिव मेघराज बाँस्तोलले दिएको जानकारी अनुसार आज वैशाख १४ गतेबाट बिर्तामोड साना शहरी खानेपानी उपभोक्ता संस्थाका सदस्यहरुले घरमा नै बसेर महशुल भुक्तानी गर्न पाउने भएका हुन् । आफ्नै मोवाइल वालेटमार्फत् बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपबाट अनलाइनमार्फत् बिल भुक्तानीको सेवा सुरु गरेपछि अब खानेपानीका उपभोक्ताले महशुल बुझाउन पैसा बोकेर कार्यालय पुगिरहनुपर्ने झन्झटको अन्त्य भएको सचिव बाँस्तोलाको भनाई छ । उनका अनुसार…

Read More

कुवेत, १४ बैशाख । कुवेतमा शनिबार थप ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ४२ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ६ नेपालीसहित २ सय ७८ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या २८ सय ९२ पुगेको छ । तीमध्ये १९ जनाको ज्या’न गएको छ, भने ६ सय ५६ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ५८ जनाको ग’म्भिर अवस्थामा उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह…

Read More

भोजपुर, १४ वैशाख । मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै उहाँले कसैलाई पनि कोरोनाको त्रासमा नपर्न अनुरोध गर्नुभयो । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेको ठाउँको अवलोकन गर्दै मुख्यमन्त्री राईले भन्नुभयो, ‘‘प्रदेश सरकारको तयारी राम्रो छ, हामीले आत्तिनुपर्ने अवस्था छैन, हामीले शुरुमै सम्भावित परिस्थितिको आकलन गरेर राम्रो तयारी गर्न सकेकाले अहिले देखापरेको सङ्क्रमण सहजरूपमा सामना गर्न सकिरहेका छौँ ।” सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भए पनि प्रदेश सरकारले विराटनगरमा १०० श्ययाको आइसोलेसन अस्पताल तयार गरिसकेको उहाँले बताउनुभयो । त्यस्तै…

Read More

यतिखेर संसारकै सबैभन्दा ठूलो ज्यानमाराको रुपमा देखापरेको नोबेल कोरोनाभाइरस विश्व वैज्ञानिक जगत्का लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ । सारा संसारलाई आतंकित बनाउँदै आफ्नो महाव्याधिको चपेटामा यसले लपेटेको चार महिना भइसकेको छ तर पनि यसबारेमा सम्पूर्ण रुपमा वैज्ञानिकहरुले थाहा पाइसकेका छैनन् । यस भाइरसका बारेमा थाहा पाउन र यसका विरुद्धमा खोप एवं औषधीहरु निर्माण गर्नका लागि संसारभरिकै वैज्ञानिकहरु गहन अध्ययन अनुसन्धानमा जुटेका छन् । यसैक्रममा चीनका वैज्ञानिकहरुले यस भाइरसका बारेमा एउटा गम्भीर तथ्य पत्ता लगाएका छन् : यो भाइरस अत्यन्तै तीब्र गतिमा आफ्नो रुप बदल्ने गरेको छ । अहिलेसम्म यसले कम्तिमा ३० वटा भिन्न आनुवंशिक रुप (genetic variations) धारण…

Read More

झापा, १४ वैशाख । केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी÷अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले देशभर बदलीसँगै वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । उहाँका अनुसार यी प्रणालीहरुको सम्मिश्रण हुनुका साथै प्रिमनसुन सक्रिय रहेकाले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने…

Read More

कृष्णप्रसाद शर्मालण्डन, १४ वैशाख । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ । दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखेको र शनिबारमात्र सो आँकडा प्राप्त भएको जानकारी दिनुभयो । गोरखा वेलफेयर ट्रष्टमा अधिकृत तहमा कार्यरत ग्यारी घलेले ट्रष्ट भूपू गोरखाहरूका लागि काम गर्ने संस्था भएकाले बेलायतमा कोरोनाबाट निधन भएका केवल भूपू गोरखाको मात्र…

Read More