
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ वैशाख । देशभरका कोरोना भाइरस संक्रमितमध्ये आधाभन्दा बढी एकै गाउँमा देखिएको छ । त्यो हो, त्रियुगा नगरपालिका–३ भुल्के । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता अवधिमा २८ जनामा कोरोना संक्रमण पुष्टि गरेपछि स्थानीयवासी त्रासमा छन् । शुक्रबारसम्म देशभर संक्रमितको संख्या ४९ छ । यीमध्ये १० जना निको भएर घर फर्किएका छन् । लक्षण देखापरे त संक्रमण फैलियो भन्दै उपचार गर्दा हुन्थ्यो । तर, लक्षणै नदेखिएपछि के गर्ने होला रु, स्थानीय राजन राउतले भने, ‘अहिले चुप लागेर बसौँला । लामो समयपछि संक्रमण देखापर्छ भन्ने छ । भित्रभित्रै शरीरमा फैलियो भने के गर्ने होला ? आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर…
झापा, १३ वैशाख । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ। आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। कोरोनाका कारण नेपालमा २४ लाखभन्दा बढी र वैदेशिक रोजगारीमा कार्यरत झन्डै ४० लाख श्रमिकको रोजगारी जोखिममा परेको छ। श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले रोजगारीको दोहोरो चापलाई थेग्ने गरी नयाँ कार्यक्रम ल्याउने तयारी भएको बताए। रोजगारीको अवसर गुमाएका सबैलाई समेट्ने गरी अहिलेका कार्यक्रमभन्दा फरक ढंगले स्वरोजगारका कार्यक्रम ल्याउन गृहकार्य भइरहेको उनको भनाइ छ। सरकारले विदेशमा रोजगारी…
झापा, १३ वैशाख । नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ । संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । प्रदेश १ का उदयपुर, भोजपुर र झापा, प्रदेश २ का सर्लाही, पर्सा, रौतहट, बाग्मती प्रदेशका काठमाडौं, चितवन र धादिङ, गण्डकी प्रदेशको बागलुङ, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर प्रभावित भएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, १३ वैशाख । सरकारले लकडाउनलाई खुकुलो बनाउनुपर्ने आवाज नागरिक स्ततरबाट उठ्न थालेको छ । लकडाउनलाई एक महिनासम्म पूर्ण समर्थन गरेका नागरिकले लामो अवधिका कारण निसासिएको अनुभूति गर्दै यसलाई केही खुकुलो बनाउनुपर्ने माग गरेका हुन् । सरुवा रोगसम्बन्धी अनुसन्धान गर्दै आइरहेका चिकित्सक डा. रमेश आचार्यले विभिन्न उपाय अपनाएर लकडाउन केही खुकुलो बनाउन सकिने सुझाव सरकारलाई दिएका छन् । डा. आचार्यका अनुसार कोरोना संक्रमण देखिएका देशभरीका प्रभावित तथा अप्रभावित जिल्ला वा स्थानलाई रेड, ग्रिन र एल्लो जोन गरी तीन भागमा विभाजन गरेर सोही अनुसार लकडाउनलाई व्यवस्थित गर्न सकिन्छ । आजको राजधानी दैनिकमा खबर छ ।
रविन भट्टराईविराटनगर, १२ वैशाख । झापाका एक जनामा शुक्रबार कोरोना पुष्टि भए सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा दमक बस्ने ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। शुक्रबार गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। झापाका ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गरेका छन्। यसअघि उदयपुरका २८ र भोजपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्नपूर्ण पोष्टबाट
अनिल वाग्लेझापा, १२ बैशाख । बिश्वब्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दुरि कायम गर्नुपर्ने भएपनि क्षमता भन्दा झण्डै ३ गुना बढी कैदि बन्दी भएका कारण जिल्ला कारागार झापामा सामाजिक दुरि कायम नै नगरी कैदी बन्दी कोरोना भाइरसबाट वचन सतर्कता आपनाएर बस्न बाध्य छन् । पुरुषका लागी ३सय ५० क्षमताको बस्ने ठाँउ भएकोमा १हजार ४० कैदी तथा महिलाको लागि ५० क्षमताको बस्ने ठाँउ भए पनि ८४ जना बस्नुपर्ने बाध्यता रहेको कारागारले जनाएको छ । क्षमता भन्दा बढी कैदी भए पनि त्यहाँ चीनमा कोरोना भाइरस देखापर्ने बितिकै सतर्कता अपनाउन थालिएको कारागारका प्रमुख चौकिदार मोहन धितालले बताउनु भयो । कोरोना…
दमक, १२ बैशाख । झापाका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा उनमा संक्रमण देखिएको हो । झापाकाे दमक निवासी ती पुरुष केही महिना अगाडि दुबईबाट आएका थिए। उनी ६२ बर्षका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार निज आइसोलेशनमा अस्पतालमा छन् । स्वास्थ्य अवस्था सामान्य रहेको छ । यससँगै संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरु मध्ये १० जना निको भइसकेका छन् । अहिलेसम्म पीसीआर प्रविधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण भएको छ। यस्तै…
काठमाडौं, १२ वैशाख । सरकारले शुक्रबार विवादित दुवै वटा अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुबै अध्यादेश फिर्ता लिने प्रस्ताव राखेका थिए । त्यसक्रममा उनले क्याबिनेटमा स्पष्टीकरणसमेत दिएको एक मन्त्रीले जानकारी दिए । ‘कुनै दल तोडफोड गर्न होइन, मैले असल मनसायले यो ल्याएको थिएँ’ उनले भने, ‘संसदीय प्रजातन्त्रको मूल्यमान्यतालाई बलियो बनाउन चाहेको थिएँ ।’ तर, आफ्नै पार्टीका नेताहरुले पनि विरोध गरेको र फिर्ता लिन भनेको प्रधानमन्त्रीले सुनाए । प्रतिपक्षी दलका नेतासँग कुरा गर्दा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार हो, तर फिर्ता लिन उपयुक्त हुन्छ भनेपछि आफूले यो अध्यादेश…
काठमाडौँ, १२ वैशाख । चौतर्फी विरोध पछी मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् । दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरू खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
बिर्तामोड, १२ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को आशंकामा झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज भएका छन् । अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका सबै बिरामीको कोरोना स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर ठाकुरले जानकारी दिनुभयो । अञ्चल अस्पतालमा २५ बेड र दमक अस्पताल दमकमा दुई बेड गरी जिल्लामा २७ बेडको आइसोलेसन वार्ड निर्माण गरिएको छ । अस्पताल विभिन्न संघसंस्थाले पीपीई, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामग्रीको सहयोग गरिरहेका छन् । झापाका १५ वटा स्थानीय तहले २७ वटा स्थानमा ७७८ जना क्षमताको क्वारेन्टाइन बनाएका छन् । जसमा हाल १८९ जना रहेका छन्…