झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ११ वैशाख । झापामा गत चैत २८ गतेदेखि शुरु भएको द्रुत परीक्षण विधिबाट हालसम्म ६८४ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ६५९ जनाको आरडीटी, ८४ जनाको स्वाब, ८४ जनाको पीसीआर, ५९ जनाको पीसीआर र आरडीटी दुवै परीक्षण गरिएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । “परीक्षण गरिएकाहरुमध्ये सबैको रिपोर्ट नेगेटिभ आएको छ”, उहाँले भन्नुभयो, “एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिए पनि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।” पाँच जनाको पीसीआरको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

Read More

बिर्तामोड, ११ बैशाख । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानमा झापामा तीव्र रुपमा अघि बढिरहेको छ । सचेतना अभिबृद्धि, राहत वितरण, कोरोना परीक्षण, लकडाउनको पूर्ण पालना गर्ने÷ गराउनेलगायतका विषयमा जिल्ला एवम् पालिकास्तरीय विभिन्न अभियान सञ्चालन भइरहेका छन् । स्वास्थ्य, शिक्षा, सुरक्षादेखि आधारभूत आवश्यकता परिपूर्तिका क्षेत्रमा सरोकारवाला निकाय आआफ्नो क्षेत्रबाट क्रियाशील छन् । झापामा हालसम्म ४१ हजार ५३८ परिवारका एक लाख ६९ हजार ८०८ जनालाई राहत वितरण गरिएको छ । उनीहरुलाई ७ लाख ५७ हजार २५० केजी चामल, ९५ हजार १२७ केजी दाल, ५८ हजार ८० केजी नून, ३८ हजार ४१४ केजी तेल, २९ हजार ८५८ वटा साबुन र चिनी चिउरा लगायतका…

Read More

चन्द्रकला भण्डारीभद्रपुर, ११ बैशाख । झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पु¥याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी खरिद गरेर नाफा नराखी सर्वसाधारणलाई बिक्रीको व्यवस्था पहिलोपल्ट मिलाएको हो । त्यसपछि मेचीनगरमा उद्योग वाणिज्य सङ्घले घरघरै सुपथ मूल्यमा तरकारी पु¥याउन थालिसकेको छ । मेचीनगर नगरपालिकाले ज्येष्ठ नागरिक, शारीरिक अशक्तलगायतलाई सरकारबाट दिइने मासिक भत्तासमेत घरमै पु¥याउने संयन्त्र बनाएको छ । एकल महिला, लोपोन्मुख र दलित वालवालिकालाई समेत अब घरमै भत्ता आइपुग्नेछ । नगरपालिकाकाले सामाजिक सुरक्षा भत्ता घरघरै पु¥याउन वडा अध्यक्षको नेतृत्वमा १५…

Read More

सोलुखुम्बु, ११ बैशाख । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ का ६० वर्षीय गोकुल राई जंगलमा मृत फेला परेका छन् । बुधबार बिहान १० बजे आफ्नै बाख्रा चराउन भनी जंगल तर्फ गएका राई बेलुकासम्म पनि घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे थुलुङ दुधकोशी गाउँपालिका–८ को सनसारी डाँडाको भिर मुनी मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, ११ बैशाख । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट अमेरिका सबै भन्दा धेरै संक्रमित र सबै भन्दा बढी ज्यान गुमाउने देश हो। यो समाचार तयार पार्दा सम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४७ हजार ६ सय ८१ पुगेको छ । त्यसै गरि संक्रमितको संख्या पनि विश्व कै सबै भन्दा बढी ८ लाख ४९ हजार ९२ पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या ८४ हजार ५० जना मात्र रहेको छ । अमेरिकामा बुधबार २ हजार ३ सय ४१ जनाको ज्यान गएको छ । त्यस्तै मंगलबार एकै दिन सबै भन्दा बढी २ हजार ८ सय ४ जनाको ज्यान गएको छ…

Read More

झापा, ११ वैशाख । कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् । दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई सरकारी राहत उपलब्ध गराउने भएको हो । कोरियामा महामारी फैलिएको बखतदेखि नै दैनिक जीवनयापन गर्न सहज होस् भनी आफ्नो नागरिकलाई प्रान्तीय सरकारले एक लाख कोरियाली वन राहतस्वरुप दिँदै आएको थियो । अबदेखि उक्त राहत एफ छ र एफ ट प्रवेशाज्ञा भएका विदेशीलाई पनि दिने निर्णय गरिएको हो ।…

Read More

ताप्लेजुङ, ११ बैशाख । ताप्लेजुङको त्रिवेणी गाउँपालिका–२ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् । बुधवार अपरान्ह पौने ५ बजे तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएका काङबाङको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Read More

बिर्तामोड, ११ बैशाख । बिर्तामोडको सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले राहत कोषमा तीन लाख ५२ हजार रुपैयाँ जम्मा गरेका छन् । बुधवार शिक्षकहरुका तर्फबाट नगर प्रमुख ध्रुवकुमार सिवाकोटीलाई रकम हस्तान्तरण गरिएको हो । नगर प्रमुख सिवाकोटीले बिर्तामोडका अधिकृतस्तरका शिक्षकले पाँच दिन र अन्य शिक्षकले तीन दिनको तलब राहत कोषमा दिएको बताए । ‘१३१ जनाबाट ३ लाख ५२ हजार १०४ रुपैयाँ राहत कोषमा प्राप्त भयो । नगरको आग्रह अनुरोध स्वीकार गर्नु भएकोमा आभार’, नगर प्रमुख सिवाकोटीले भने । यसअघि बैशाख ७ गते बसेको बिर्तामोड नगरपालिका कोरोना सङ्क्रमण तथा राहत व्यवस्थापन सचिवालयको बैठकले नगर क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयका शिक्षक शिक्षिका,…

Read More

झापा, ११ बैशाख । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएका भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । शास्त्रहरूमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र…

Read More

काठमाडौं, ११ चैत । लकडाउनमा अलपत्र श्रमिक, मजदुर तथा विद्यार्थी गाउँ फर्किन थालेका छन् । लकडाउन लम्बिँदै गएपछि राजनीतिक पहुँचका आधारमा गाउँ फिर्ता गर्ने काम भइरहेको छ । मन्त्री, नेता, सांसद तथा कतिपय नगरपालिका र गाउँपालिकाको अगुवाइमा गाउँ फर्काउने क्रम चले पनि प्रधानमन्त्री केपी शर्मा ओली भने असन्तुष्ट रहेको पाइएको छ । सरकारले लकडाउन घोषणा गर्दा ‘जो जहाँ छ, त्यहीँ बस्न ’ निर्देशन दिएको थियो । प्रधानमन्त्री ओलीले पछिल्लोपटक ‘कसैलाई पनि उपत्यकाबाहिर जान नदिन र कसैलाई समस्या परेको भए त्यहीँ व्यवस्थापन गर्न’ निर्देशन दिएका थिए । सरकारको निर्देशनविपरीत धमाधम गाउँ पठाउने काम भएपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन् । आजको…

Read More