झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १३ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताउनुभएको छ । आज कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो । कोरोना प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुख्यमन्त्री राईले त्रसित नभई बस्न आग्रह गर्नुभएको छ । तपाईहरुको साथमा प्रदेश सरकार छ, नआत्ति बस्नुहोस्, मुख्यमन्त्री राईले भन्नुभयो । मुख्यमन्त्री राईले संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परीक्षण गरिने समेत बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेशका दुईवटा कोरोना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । राई शनिबार स्वास्थ्य सामग्रीसहित कोरोना संक्रमित फेला परेपछि पूर्ण लकडाउन गरिएका क्षेत्र पुगेर…

Read More

विराटनगर, १३ बैशाख । प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट शनिबारसम्म जम्मा ४ हजार २ सय ९८ जनाको परीक्षण भएको छ । त्यस्तै ल्याबमा स्वाब लगेर परीक्षण गरिने विधि पीसीआरबाट ९ सय १४ जनाको कोरोना परीक्षणमा भएको छ । प्रदेश १ मा ३० जनालाई कोरोना संक्रमण भएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म १ हजार २ सय ४ जना पुगेको…

Read More

झापा, १३ बैशाख । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा बाह्य हवाई उडानलाई आगामी जेठ २ गते (मे १५) सम्म स्थगित राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आज बसेको सो बैठकले उक्त निर्णय गरेको सचिव नारायणप्रसाद बिडारीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण यसअघि सरकारले यही वैशाख १८ गते (अप्रिल ३०) सम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडाउन स्थगित गर्ने निर्णय गरेको थियो । कोभिड–१९ को जोखिमका कारण घोषणा गरिएको बन्दाबन्दी ९लकडाउन० का समयमा हालसम्म भएगरेका कामको समीक्षा गर्दै बैठकले लकडाउन सही ‘ट्र्याक’मा रहेको निष्कर्ष निकालेको छ…

Read More

बुद्धराज वाग्लेमामु ए मामु…मामुले भित्रैबाट जवाफ दिनुभयो, “कहाँँ पुगेर आइस् ? हात धोएर मात्र भित्र आइज है ।” म सागसब्जी र मामुको औषधी लिन पसल गएको थिएँ । सागसब्जीलाई सुरक्षित ठाउँमा राखेर हात धोएर भित्र पसेँ । औषधीलाई झोलाबाट झिकेर झोलालाई बाहिर सुरक्षित ठाउँमा राखेर हातमा सानिटाइज लगाएँ । मामुले सोध्नुभयो, “किन अघि मामु भन्दै चिच्याउदै थिइस् त ?” अघि अलिक आत्तिएको थिएँ, अब भनौ कि नभनौ म एकछिन सोच्न बाध्य भएँ । मैले भने, “धेरै आत्तिनु पर्ने त होइन तर अब अझै सजग र होसियार हुनुपर्ने दिन आइसकेछ, अस्ति हाम्रो घरमा आउने पल्लो घरे भाउजुले त क्वारेन्टाइन बस्नु पर्ने…

Read More

अनिल वाग्लेझापा, १३ बैशाख । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै मेची भन्सार नाका बन्द भएपछी पुर्वका करिव २५ पेट्रोल पम्पहरुले डिजल र पेट्रोलमा प्रती लिटर १ रूपैंया ०३ पैसा घाटा वेहोरिरहेको पेट्रोल पम्प सञ्चालकहरूले बताएका छन् । शिलिगुढि हुँदै आयल निगमको चारआली डिपो आउने पेट्रोलियम पदार्थ यतिबेला नाका बन्द भएपछि अमलेखगञ्ज हुँदै बिराटनगरबाट आउने गरेको छ । जसले गर्दा पुर्वको पनि विलिङ पोइन्ट बिराटनगर भएको र ढुवानी भाडा बढि भइरहेको जनकल्याण शिव स्टोर बुधबारेका संचालक समेत रहनुभएका नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय सचिव लयप्रसाद भण्डारीले बताउनु भयो । उहाँले विलिङ पोइन्ट बिराटनगर भएको र त्यहाँबाट आउँदा लाग्ने ढुवानी भाडा…

Read More

बिर्तामोड, १३ वैशाख । झापा कारागारमा रहेका कैदीबन्दीलाई कोरोना भाईरस लाग्नबाट बचाउन विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । मेघा मार्केट विर्तामोडमा रहेको स्मार्ट सुलुशन र विर्तामोड राउण्ड टेवल २७ ले एक कार्यक्रम गरि सेनिटाईजर, ग्लोव्स, प्रेशर नाप्ने मेशिन, लगायतका स्वास्थ्य सामग्री स्मार्ट सुलुशन र विर्तामोड राउण्ड टेवल २७ विर्तामोडले झापा कारागारका जेलर राजेन्द्र राजेन्द्र निरौलालाई हस्तान्तरण गरको हो । लामो समयको लकडाउनले विभिन्न स्वास्थ्य सामग्री अभाव भए पछि कारागारमा रहेकाहरुलाई सामान उपलव्ध गराएको स्मार्ट सुलुशनका प्रोपाईटर कमल सिग्देलले बताए । यसै गरि राउण्ड टेवलका सदस्य दिपक मित्तलले विभिन्न सामाजीक काम मध्ये लकडाउनमा स्वास्थ्य सामग्री हस्तान्टरण गरेको बताए । झापा…

Read More

झापा, १३ वैशाख । गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् । तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन् ।् तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार हालसम्म एन–९५ पिसिआर मेसिन दुई थान, टेष्टिङ किट २० हजार थान तथा मास्क ७२ हजार पाँच सय थान भित्रिएको छ । त्यस्तै डिस्पोजेबल मास्क १२ हजार थान, स्यानिटाइजर २६ हजार ७३२ लिटर, पञ्जा तीन हजार नौ सय थान र पिपिई २१ हजार २६० थान नेपाल भित्रिएको छ । एक…

Read More

दमक, १३ वैशाख । झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ । गत चैत ४ गते युनाइटेड अरव इरिमेट्स ९दुबइ० बाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा बिहीबार गरिएको आरडिटी परीक्षणमा तीनै जनाको एण्टीबडी पोजेटिभ देखिएको र तीमध्ये ६२ वर्षीय बुबामा भने पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सुरक्षा सतर्कता थालिएको हो । सङ्क्रमण पुष्टि भएलगत्तै नगरपालिकामा शुक्रबार साँझ नै बसेको बैठकले कोभिड–१९को सङ्क्रमण देखिएको वडा आसपासका क्षेत्रमा थप कडाइ गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितको…

Read More

झापा, १३ वैशाख । प्रदेश नं १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु २८ करोड ७८ लाख ८६ हजार जम्मा भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । कोषमा प्रदेश सरकारले पहिलो चरणमा रु १० करोड र दोस्रो चरणमा रु १५ करोड जम्मा गरेको कोषमा विभिन्न सङ्घसंस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिनुभयो । कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि रु १२ करोड छ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत…

Read More

काठमाडौँ, १३ बैशाख । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट अमेरिका सबै भन्दा धेरै संक्रमित र सबै भन्दा बढी ज्यान गुमाउने देश हो। यो समाचार तयार पार्दा सम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ५२ हजार १ सय ८५ पुगेको छ । त्यसै गरि संक्रमितको संख्या पनि विश्व कै सबै भन्दा बढी९ लाख २५ हजार ३८ पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या १ लाख १० हजार ४ सय ३२ जना रहेको छ । अमेरिकामा शुक्रबार १ हजार ९ सय ५२, बिहिबार २ हजार ३ सय ४२ र बुधबार २ हजार ३ सय ४१ जनाको ज्यान गएको छ । त्यस्तै…

Read More