
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ वैशाख । साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ समस्या दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको हो । श्रमिकले भने त्यहाँको नेपाली दूतावासको फोन रिसिभ नभएको भन्दै गुनासो गदै आएका छन् । विगत चार वर्षदेखि साउदीमा कार्यरत पर्वतको बाच्छा स्थायी घर बताउने विमल पराजुलीले एक महिनादेखि साउदीमा काम नभएर बेखर्ची भई खानबस्नै समस्या भएर दूतावासमा फोन गरे पनि नउठेको गुनासो गरे । आजको गोरखापत्र दैनिकमा खबर छ ।
काठमाडौं, १२ वैशाख । बेलायतबाट फर्किएको २६ दिनमा ८१ वर्षीया वृद्धासहित परिवारका तीन जनामा कोरोना देखिएको थियो। पछि पीसीआर परीक्षणले आमाछोरामा संक्रमण पुष्टि गर्यो, बुहारीमा देखाएन। तिनै वृद्धा र उनका ५८ वर्षीय छोरा बिहीबार ११ दिनमा कोरोनालाई परास्त गरेर घर फर्किएका छन् । बुहारी बिहीबार सासूआमाको मुख हेर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन्। उनले कोरोना संक्रमणबाट पार पाएकी आमाको मुख हेरिन्। आमा र श्रीमान्लाई लिएर पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्ट पुग्दा उनले खुसीको आँसु चुहाइन्। वृद्धा आमा अपार्टमेन्टमा फर्किन पाउँदा खुसीले गदगद थिइन्। वैशाख १ गतेर्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा तीनै जनामा कोरोना पोजिटिभ देखिएको थियो। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर…
बुधबारे, १२ बैशाख । बुद्धशान्ति गाउँपालिकाले लकडाउनमा अतिबिपन्न नागरिकका लागि खाद्यान्न वितरण गर्न स्थापना गरेको बिपत ब्यवस्थापन कोषमा संघीय लिम्बुवान मञ्च बुद्धशान्ति गाउँपालिका समितिले ५१ हजार सहयोग गरेको छ। समितिका बुद्धशान्ति अध्यक्ष पूर्ण तपेबुङ्ग, पार्टी केन्द्रिय सदस्य इन्द्र लिम्बु , झापा जिल्ला वरिष्ठ उपाध्यक्ष नगेन राई जिल्ला उपाध्यक्ष राज कुमार फागो, संघीय विद्यार्थी युनियन का अध्यक्ष मोहन माबो, पार्टीका बुद्धशान्ति सचीव नन्दकुमार राई, सहसचिव गजुहाङ्ग योङ्हाङ्ग, एल भि कमान्डर काजीमान तामाङ, करन शेर्पा लगायतले सो रकम गाउँ पालिकालाई हस्तान्तरण गरिएको सचिव राईले जानकारी दिनुभयो । सो रकम गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष क्रमश रमेशकुमार भुजेल र मिरा भुर्तेलले ग्रहण गर्नुभयो ।
विराटनगर, १२ वैशाख । प्रदेश नं १ मा हालसम्म २८ जना कोरोना सङ्मित देखिएका छन् । सङ्क्रमितहरुमा २६ पुरुष र दुई महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । सङक्रमितमध्ये १६ नेपाली नागरिक र १२ भारतीय नागरिक रहेका छन् । नेपाली नागरिकमध्ये चार मोरङका, ११ उदयपुर त्रियुगाका, तीन भूल्केका र एक सप्तरीका छन् । उहाँहरुको प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ भने सङ्क्रमितको अवस्था सामान्य रहेको छ । प्रदेशमा चार हजार ८१३ को कोरोना परीक्षण भएको छ । पिसीआर विधिबाट ८८४ को र दू्रत परीक्षण विधि ९आरडिटी० बाट बिहीबारसम्म…
दमक, १२ बैशाख । झापाको दमकमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रारम्भिक परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ देखिएके हो । यद्यपि, यो अन्तिम नतिजा भने होइन । र्यापिड परीक्षण गर्दा एक जनामा पोजेटिभ देखिएकाले थप परीक्षणका लागि धरान पठाइएको दमक नगरपालिकाले जनाएको छ । आरडीटी परीक्षणमा एक जनामा पोजिटिभ देखिएपछि पीसिआर परीक्षणका लागि नमुना संकलन गरी धरान पठाइएको नगरपालिकाले जनाएको हो । दुई जनाको स्वाव धरान पठाइएको नगरपालिकाको प्रेस नोटमा उल्लेख छ । पीसिआर परीक्षणपछि मात्रै कोरोना भए नभएको पुष्टि हुन्छ । नगरका ३ स्थानमा रहेका क्वारेन्टाइनहरुमा ४१ जनालाइ राखेर उनीहरुको स्वास्थ्य अवस्था बारे निगरानी जारी राखिएको नगरपालिकाले…
काठमाडौँ, ११ बैशाख । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबादुर देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबैलाई सजग हुन आग्रह गर्नुभएको छ । लोकतन्त्र दिवसका अवसरमा आज उहाँले एक सन्देश जारी गर्दै मुलुकमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि विगतमा गरिएका लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो प्राणको आहुती दिनुहुने सम्पूर्ण शहीदहरुको समर्पण, साहस र बलिदानको म स्मरण गर्दै उहाँहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । विसं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि विसं २०६२÷६३ मा राजनीतिक दलहरुद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले विसं २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो ।…
बुधबारे, ११ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को जोखिमको बेला फिल्डमा सक्रिय पत्रकारहरूको सुरक्षाको लागि बुधबारे जेसीजले मास्क, सेनिटाइजर र ग्लोब्स वितरण गरिएको छ । बुधबारे जेसीजले बुद्धशान्ति प्रेस क्लबमा आवद्ध १८ जना बढी पत्रकारलाई मास्क, सेनिटाइजर र ग्लोब्स वितरण गरेको हो। उक्त सामान बुद्धशान्ती प्रेस क्लबका अध्यक्ष अनिल वाग्लेलाई बुधबारे जेसीज बर्ष २०२० का अध्यक्ष जेसि नन्दकुमार याफु राई, निबर्तमान अध्यक्ष जेसि हेमन्त बराल र कार्यकारीणि उपाध्यक्ष जेसि गजुहाङ योङयाङले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । विश्वभर फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९ ० ले श्रृजना गरेको विश्व माहामारीको कारण नेपाल सरकारले गत चैत्र ११ गते देखि लकडाउन गरेसगै जनतालाई सुचना…
भद्रपुर, ११ बैशाख । झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकाको विपद व्यस्थापन कोषमा ५१ हजार नगद र ५० थान एन ९५ मास्क सहयोग गरेको छ । आफ्नो आम्दानीको बलियो स्रोत नभएको संघले कार्यसमिति पदाधिकारी र सदस्यहरुबाट रकम संकलन गरी भद्रपुर नगरपालिकालाई सहयोग गरेको हो । संघअन्तर्गत अन्य पालिकाहरुमा रहेका शाखाहरुले सम्बन्धित पालिकालाई र जिल्ला नगर उद्योग वाणिज्य संघहरुले पनि सम्बन्धित पालिकामा सहयोग गरेकोले अर्को छुट्टै संघ नभएको भद्रपुर नगरपालिकालाई सहयोग गरिएको संघका अध्यक्ष नवराज पनेरुले जानकारी दिए । बिहीबार अध्यक्ष पनेरुसहित संघका विशिष्ट सदस्य अजय साहेवाला, महासचिव पंकज शर्मा, वाणिज्य सचि सुविन खड्का, सदस्य पवन श्रेष्ठलगायत नगरपालिका पुगेर रकम हस्तान्तरण…
काठमाडौँ, ११ बैशाख । जनकपुरका १४ वर्षीय बालक पनि कोरोना सङ्क्रमित भएका छन् । बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा यसवारे जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार जनकपुरका १४ वर्षका किशोरमा सङ्क्रमण भएको पुष्टि भएको छ । उदयपुरकी ५५ वर्षकी एक महिला पनि कोरोना सङ्क्रमित भएको डा. देवकोटाले जानकारी दिए । हिवीवार उनीहरु दुई जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई जना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४७…
बिर्तामोड, ११ वैशाख । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै विभिन्न मुलुकबाट ९९९ जना झापा आएका छन् । फर्किनेमध्ये अधिकांश वैदेशिक रोजगारीको शिलशिला रहेका छन् । सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ५०७ जना आएका छन् । त्यसपछि युनाइटेड अरब इमिरेट्सबाट २०२ जना, कतारबाट ११२, मलेसियाबाट ३४, साउदी अरेबियाबाट ३२, युनाइटेड स्टेटबाट १५, बहराइन र कुवेतबाट १४÷१४, दक्षिण कोरियाबाट ९, ओमनबाट ८, हङकङ, जापान र माल्दिभ्सबाट छ/छ जना आएका छन् । अन्य मुलुकबाट एक÷दुई जनाको संख्यामा झापा आएका छन् ।