झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ साउन । भारतको राजधानी नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीविना कुवेत जान लागेका महिलाहरूलाई नेपाली दूतावाससँगको समन्वयमा स्थलमार्ग हुँदै गएराति रूपन्देही पुर्‍याइएको छ । ती महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्‍याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । महिलाहरूलाई त्यहाँबाट काठमाण्डौ ल्याइँदैछ । गृहमन्त्री रमेश लेखकले फर्काइएका महिलाहरूको विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा…

Read More

झापा, ९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर साधारणतया बदलीको अवस्था छ। दिउँसोको पूर्वानुमानबागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाबागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनाअन्य प्रदेशका थोरै स्थानहरूमा पनि चट्याङसहित वर्षा हुन सक्ने रातिको पूर्वानुमानकोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया बदलीबाँकी भूभागमा आंशिक बदलीकोशी प्रदेश र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ।

Read More

झापा, ८ साउन । कोशी प्रदेशमा बढ्दो लागूऔषध गाँजाको ओसारपसार, बिक्री तथा खेती नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालय विराटनगरले सक्रियता बढाएको छ। सवारी चेकजाँच कडाईका साथ गरिएको कारण एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट, तरकारी बोक्ने गाडी, मोटरसाइकल, नदी तथा जमिनमार्फत लुकाइ छिपाई गरिएको गाँजा बरामद गर्न प्रहरी सफल भएको छ । आर्थिक वर्षको विवरण: – बरामद गाँजा: – सुनसरी : १२,३७५ किलो ९२९ ग्राम – मोरङ : ६,६५० किलो ४०० ग्राम – धनकुटा : ४,१९४ किलो ३०० ग्राम – उदयपुर : १,८१० किलो ४८४ ग्राम – झापा : १,६५१ किलो २८२ ग्राम – कुल : २६,७०५ किलो ५३८ ग्राम ९७…

Read More

शिवसताक्षी, ८ साउन । झापाको शिवसताक्षी नगरपालिकाबाट नगरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरिएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, शिवसताक्षी नगरपालिका र करुणा फाउण्डेशनको साझादारीमा सञ्चालित अपाङ्गता रोकथाम कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको हो । आज नगरपालिका कार्यालयबाट ४० जना अपाङ्गगता भएका व्यक्तिहरुलाई हुइलचियर, सिपी हुइल चियर र ट्राइसाइकल वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । सहायक सामाग्री वितरणका क्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सहजता प्रदान गर्न सहायक सामाग्री वितरण गरिएको बताउनु भयो । उहाँले तपाईहरुलाई उपलब्ध गराइएका सामाग्रीहरुले ठुलो सहयोग नपुगेपनि दैनिक जीवनका लागि महत्वपूर्ण भूमिका पुग्ने अपेक्षा गरिएको बताउनु…

Read More

झापा, ८ साउन । अत्यधिक रक्सी खाँदा झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कन्काईको सडक किनारमा र अर्का व्यक्तिलाई बिर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कन्काई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् । शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक रक्सी खाने गरेको स्थानीयबाट जानकारी पाएको उनले बताए । उनले कन्काईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आएका थिए । यसैगरी, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएका छन्…

Read More

झापा, ८ साउन । झापाको कमल गाउँपालिका–३ स्थित मुक्तेश्वर मन्दिर परिसरमा आज वर्षा प्राप्तिको कामना गर्दै परम्परागत भ्यागुता–भ्यागुतीको विवाह विधिपूर्वक सम्पन्न गरिएको छ। पानी नपरेर चिन्तित बनेका कृषकहरू तथा स्थानीय श्रद्धालुहरूको उपस्थितिमा यो सांस्कृतिक अनुष्ठान आयोजना गरिएको हो। सदियौंदेखि जलदेवता इन्द्रलाई प्रसन्न पार्न भ्यागुताको विवाह गर्ने जनविश्वास रहेको छ। यही परम्परालाई निरन्तरता दिँदै विवाह समारोहमा वैदिक विधिअनुसार गणेश पूजन, कलश स्थापना, वरमाला, सप्तपदी (फेरो), सिन्दूरदान लगायतका रस्महरू पालना गरिएको थियो। नर र मादा भ्यागुतालाई दुलाहा–दुलहीका रूपमा सिँगारेर विवाह गराइएको थियो। कार्यक्रम संयोजक दुर्गा थापा झगडे माईलादाइले वर्षा नभए कृषिको संकट हुने बताउँदै जलदेवतालाई प्रसन्न पार्न यो परम्परागत विधि अपनाइएको जानकारी…

Read More

झापा, ८ साउन । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत सञ्चालन हुँदै आएको १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार सेवा रोकिएको छ। सरकारले गत आर्थिक वर्षको भुक्तानी नदिएको कारण सेवा स्थगित भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराएका हुन्2। सरकारले विपन्न परिवारका बालबालिकाका लागि प्रति व्यक्ति रु २ लाख ५० हजारको सहायता अनुदान दिने निर्णय गरेको थियो। तर, भुक्तानी नआएपछि गङ्गालाल केन्द्रले सेवा रोक्नुपरेको हो । सांसद सिंहले यो सेवा जीवनरक्षाको माध्यम भएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रीलाई तत्काल सेवा सुचारु गर्न आग्रह गरेका छन् । सांसद सिंहले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति…

Read More

भक्तपुर, ८ साउन । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टीटारस्थित एक घरमा बिहीबार बिहान मृत फेला परेका दुई किशोरी दिदीबहिनी भारतबाट हराएको खुलेको छ । मृतक १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल सुर्खेतको पञ्चपुरी नगरपालिका–८ तिनकुनेका स्थायी बासिन्दा हुन् । उनीहरूको शव चक्रधर प्रजापतिको दुई तले घरको भुइँ तलामा झुन्डिएको अवस्थामा फेला परेको थियो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वडाध्यक्ष दीपककुमार थापाका अनुसार दिदीबहिनीका बाबु बासुदेव कँडेल र आमा उमा कँडेल रोजगारीका लागि भारतमा बस्दै आएका छन् । तीन साताअघि मुम्बईको मिरा भाईन्दरबाट कम्प्युटर कक्षा जान्छु भनेर घरबाट निस्किएका किशोरीहरू त्यसपछि सम्पर्कविहीन भएका…

Read More

इलाम, ८ साउन । इलामको सूर्योदय नगरपालिकास्थित हर्कटेबाट रोङ गाउँपालिका हुँदै झापाको निन्दासम्म पुग्ने सडक शीर्षक विपरीत निन्दाबाट निर्माण सुरू गरिएको भन्दै त्यसको विरोधमा आज कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ। सूर्योदय नगरपालिकाको १७औँ नगरसभाबाट पारित निर्णयको आधारमा नगर उपप्रमुख दुर्गा बराल र वडा नं. ६ का अध्यक्ष शिवकुमार बस्नेतको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो। सडक मुख्यमन्त्री ग्रामीण सडक योजनाअन्तर्गत हर्कटेबाट सुरू भएर निन्दासम्म जाने उल्लेख छ। तर, प्रदेश सरकारले निर्माण कार्य उल्टो दिशाबाट अर्थात् निन्दाबाट शुरू गरेपछि स्थानीय तह, जनप्रतिनिधि तथा बासिन्दाले आपत्ति जनाउँदै शीर्षकअनुसार हर्कटेबाटै काम सुरू गर्न माग गरेका हुन्।…

Read More

झापा, ८ साउन । सुनसरी, झापा र उदयपुरबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ७ गते विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय कटहरीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–८ की ४५ वर्षीय देवकुमारी थापा मगरलाई उनकै घरबाट ३० किलो ३६० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी, झापाको मेचीनगर–६ स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले इलाम नगरपालिका–११ का इछिङ एक्तेनलाई ७ ग्राम १३० मिलिग्राम ब्राउनसुगरसहित र सुनसरीको इनरुवा–४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी–१ का २२ वर्षीय साजन श्रेष्ठ र २३ वर्षीय कृष्ण मगरलाई ३ ग्राम ६ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।

Read More