
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ बैशाख । तेह्रथुम र पाँचथरमा आज दिउँसो दुई जना मृत अवस्थामा फेला परेका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिका-२ दारे गौडा नजिकै संखुवासभा घर बताउने अन्दाजी ४२ बर्षीय पासाङ शेर्पा मृत अवस्थामा फेला परेका हुन् । बिगत २० बर्ष देखी चिल्ड्रेन पार्कको टहरामा बसी लेबर काम गर्दै आएका उनी आज दिउँसो पौने ३ बजे मृत अवस्थामा पेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । त्यसैगरी पाँचथरको मिक्लाजुङ गाउँपालिका(१ का ४४ बर्षीय वली बहादुर आङदेम्बे सावाखोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् । बैशाख ६ गते घरबाट आफुखूशी निस्किएका आङदेम्बे आज दिउँसो पौने ४ बजे खोलाको दहमा मृत अवस्थामा…
बिर्तामोड, ८ बैशाख । झापाको मेचीनगरमा एक जना मृत फेला परेका छन् । मेचीनगर नगरपालिका–६ का ५५ वर्षीय चित्रबहादुर गौली बाँसघारीमा मृत फेला परेका हुन् । आज दिउँसो साँढे ३ बजेको समयमा गौली उक्त स्थानमा मृत फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अर्जुनधारा, ८ बैशाख । अर्जुनधारा नगरपालिकाले स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्जुनधारा नगरकमिटीले चार हजार दुई सय केजी चामल सोमबार हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारी रुप लिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको अवधिमा विपन्न र दैनिक ज्याला मजदूरी गर्नेलाई हातमुख जोर्न समस्या पर्दै गएपछि चामल किनेर सहयोग गरिएको नेकपा अर्जुनधारा नगरकमिटी अध्यक्ष पे्रमसागर सापकोटांले बताए । त्यसैगरि नगर क्षेत्रमा सञ्चालित बिभिन्न १३ वटा सहकारीहरुले संयुक्त रुपमा दुई लाख १८ हजार ४ सय रुपैंया बराबरको चार हजार ९ सय ६५ केजी चामल पनि हस्तानतरण गरेको…
झापा, ८ बैशाख । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता पुनः औँल्याउनुभएको छ । उहाँले आज एक प्रेस वक्तव्यमार्फत पर्याप्त स्वास्थ्य सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने बताउनुभएको छ । कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढङ्गले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा सचेतताका लागि सभापति देउवाले अपील गर्नुभएको छ । आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि अपिल गर्दै उहाँले सबैको…
पाँचथर, ८ बैशाख । कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो । प्रशासनले स्थानीयस्तरमा तरकारी उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउने निर्णयसमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिनुभयो । झापासहित पूर्वी तराईका जिल्लाबाट हुने तरकारीको आयात सङ्क्रमण विस्तारका दृष्टिले जोखिमयुक्त देखिएपछि रोक लगाइएको न्यौपानेले बताए । यस्तै जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन रातको समयमा जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । रातको ९ बजेदेखि बिहान ६…
झापा, ८ वैशाख । गएको २४ घन्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १७ हजार २६५ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये २ हजार ५४७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १४ हजार भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३६ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट…
विर्तामोड नगरवासी आदरणीय बुबा आमा, दाजु भाई तथा दिदीबहिनीहरु, हार्दिक अभिबादन तथा नमस्कार । हामीहरु अहिले कोरोना भाईरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रण र नागरिकहरुको जीवन रक्षाको लागि अहोरात्र खटिरहेका छौं । देशमा लकडाउन गरी सामाजिक दुरी कायम गरिएको १ महिना पुग्न लागेको छ । सरकारको लकडाउनको निर्णयलाई विर्तामोड नगरवासीले धैर्यता साथ कार्यान्वयन गरिराख्नु भएकोमा हार्दिक धन्यवाद प्रकट गर्दछु । सौभाग्य हाम्रो विर्तामोड नगर क्षेत्र भित्र कोभिड–१९ को कुनै संक्रमित फेला परेका छैनन् । भारत लगायत तेस्रो देशबाट यस नगर भित्र आएका सबै परिवारहरुमा सम्पर्क गरी उहँंहरुलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाइएको छ । हालसम्म क्वारेन्टाईनमा ७० जनालाई राखिएकोमा हाल ८ जना…
सन्तोष शर्माझापा, ८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि जिल्लाभर अभियान सञ्चालन भइरहे पनि यहाँका सात स्थानीय तह अझै डाक्टरविहीन छन् । जिल्लाका १५ स्थानीय तहमध्ये कमल गाउँपालिका, गौरीगञ्ज, हल्दिबारी, बुद्धशान्ति, झापा गाउँपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका डाक्टरविहीन छन् । झापाका क्वारेन्टाइन र आइसोलेसनमा हाल ३० जना डाक्टर, १३३ जना नर्स, २२ जना ल्याब टेक्निसियन, ८७ सुरक्षाकर्मी, स्वयम्सेवक ६३ र अन्य सहयोगी १२१ जना रहेको जिल्ला समन्वय समिति झापाको कोरोना सुरक्षा तयारी अपडेटको ‘क्वारेन्टाइन÷ आइसोलेसनमा उपलब्ध मानव स्रोत’मा उल्लेख छ । जिल्लाका १५ स्थानीय तहले २७ वटा क्वारेन्टाइन बनाएका छन् । अधिकांश क्वारेन्टाइन नर्सले नै सेवा दिइरहेका…
काठमाडौँ, ८ वैशाख । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट अमेरिका सबै भन्दा धेरै संक्रमित र सबै भन्दा बढी ज्यान गुमाउने देश हो। यो समाचार तयार पार्दा सम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४० हजार ५ सय ८७ पुगेको छ । त्यसै गरि संक्रमितको संख्या पनि विश्व कै सबै भन्दा बढी ७ लाख ६५ हजार ६९ पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या ७१ हजार १२ जना मात्र रहेको छ । अमेरिकामा आइतबार ६ दिन यता कै सबै भन्दा कम मृत्यु भएको छ। आइतबार १ हजार ५ सय ६१ जनाले ज्यान गुमाए । त्यस्तै शनिबार १ हजार ८ सय…
चन्द्रकला भण्डारीभद्रपुर, ८ वैशाख । कोरोना भाइरसको महामारीले धरतीको सबैभन्दा चतुर प्राणी मानिस घरभित्रै बन्दी भएको एक महिना पुग्नै लाग्दा जङ्गलमा रम्दै आएका चराचुरुङ्गी भने शहर र सडकतिर निष्फिक्री कावा खाँदै स्वतन्त्रतापूर्वक चिरबिराउन थालेका छन् । मानौँ चराहरुका लागि यतिबेला हस्तक्षेपरहित अकल्पनीय आनन्दको स्वर्गानुभूति भइरहेको छ । सडकमा यातायातका साधन गुडेका छैनन् । कलकारखानाले अहिले प्रदूषणकारी धुवाँ उडाएका छैनन् । हवाईजहाज र गाडीहरुको कर्कश आवाज पनि अहिले छैन । मानिसको हुल पनि छैन । प्रकृतिका अनुपम सङ्गीतकार मानिएका चराहरुको आह्लादकारी चिरबिर अहिलेको बन्दाबन्दीमा थुनिएको मान्छेको कानसम्म गुञ्जिरहेको छ । चराविद् देवेन्द्र खरेलका अनुसार स्वतन्त्रता रुचाउने पक्षीहरु मान्छेको चहलपहल नभएको अहिलेको…