
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ४ चैत । भारतसँग सिमाना जोडिएको झापाको सुदूर दक्षिणी पाठामारीमा कोरोना भाइरस, पानी र फोहोरजन्य रोगहरुका बारे सचेतनामूलक अन्तरक्रिया गरिएको छ । विश्वमा महामारीका रुपमा फैलिँदै गएको नोवल कोरोना भाइरस बारे पनि सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले सोमबार कचनकवल गाउँपालिकाको वडा नं ५ पाठामारीमा क्लिन झापाको आयोजनामा सचेतनामूलक अन्तरक्रिया गरिएको हो । कचनकवल गाउँपालिकाको सहयोगमा आयोजित सो अन्तरक्रियामा क्लिन झापाका सचिव रुद्रबहादुर न्यौपानेले कोरोना भाइरस संक्रमणका लक्षण, जोगिने उपायहरुका बारे जानकारी गराउँदै दषित पानी र फोहोरबाट सर्नसक्ने रोगहरु र यसबाट बँज्ने उपायहरुका बारेमा प्रस्तुति दिनु भएको थियो भने संस्थाका उपाध्यक्ष सन्तोष न्यौपानेले पूर्ण सरसफाइ अभियानका बारे जानकारी दिनुभएको थियो ।…
झापा, ३ चैत । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक रूपमा परीक्षाका लागि तयार पार्न पूर्णसरसफाइ, विद्यार्थीको स्वास्थ्य परीक्षण, परीक्षामा अनावश्यक भीडभाड हुन नदिने लगायतका योजना कार्यान्वयन गर्ने तयारीमा परीक्षा केन्द्र जुटेको बताइएको छ । विद्यालयमै नर्सको सुविधा ललितपुरको आदर्श शौल युवक माध्यमिक विद्यालयमा झण्डै डेढ वर्षअघि स्टाफ नर्सको स्थायी दरबन्दी नै व्यवस्था गरिएपछि विद्यार्थीको दैनिक उपचारका साथै एसईई परीक्षामा समेत सहज हुने भएको छ । प्रदेश सरकारको ‘एक विद्यालय एक…
हाँस्य कलाकार विल्सन विक्रम राईको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सेल्फी खिचौंला ए माया’ बोलको गीतमा विल्सनकै शब्द रहेको छ । दीपक शर्माको संगीत दिएको गीतमका मेलिना राईले पनि स्वर दिएकी छिन् । कमेडी शैलीमा तयार गरिएको गीतको भिडियोमा बुद्ध तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन विक्रम फिचर भएका छन् । विल्सनको नै निर्देशनमा तयार भएको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ । विक्रम डिसीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।
काठमाडौँ, ३ चैत । कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो । उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘हामीलाई राखिएको ठाउँका आठवटा बिल्डिङमा फरकफरक कम्पनीमा काम गर्ने नेपाली छन् । यहाँका दुईवटा बिल्डिङमा बस्ने दुई जनालाई कोरोना संक्रमण देखिएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको हो,’ क्वारेन्टाइनमा बसेका धनुषाका एक नेपालीले भने, ‘हाम्रो स्वास्थ्य जाँच गर्न…
यूएई, ३ चैत । यूएईमा कारोना भाइरसको संक्रमण देखिएका २ नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे त्यहाँस्थित नेपली दूतावासले छलफल थालेको छ । कोरोना संक्रमण देखिएका २ नेपालीको यूएईस्थित सरकारी निकायले उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले बताइन् । दूतावासले ती कोरोना संक्रमित नेपालीको अवस्थाबारे त्यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको उनले बताइन् । कोरोना संक्रमित २ नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे पनि छलफल भइरहेको प्रवक्ता धितालले जानकारी दिइन् । तर, यूएईले आफ्ना देशमा कोरोना देखिएकालाई स्वदेश फर्काउन अहिलेसम्म अनुमति दिएको छैन । उसले यसबारे विभिन्न देशका प्रतिनिधिसँग छलफल गरिराखेको छ ।…
झापा, ३ चैत । कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक लगाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । श्रम गन्तव्यमा कोरोना संक्रमण बढ्दै गएपछि बिदामा आइ भिसाको म्याद सकिन लागेका नेपाली गन्तव्य मुलुक फर्कन नपाएर रोजगारी नै गुम्ने अवस्थामा पुगेका छन् । यसैगरी, बिदामा आएकाहरुले पनि श्रम स्वीकृति नवीकरण गर्न सकेका छैनन् । यसैगरी वैदेशिक रोजगार भिसाको म्याद समाप्त हुने अवस्थामा रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजीत श्रेष्ठले बताए ।…
झापा, ३ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको काँकडभिट्टाबाहेक सबै नाका बन्द गरेको छ । बङ्गाल सरकारले शनिबार इलामको पशुपतिनगर नाका बन्द गरेकोमा आइतबारदेखि काँकडभिट्टाबाहेक सबै नाका बन्द गरिसकेको जनाइएको छ। भारतको विहार सरकारले भने अहिलेसम्म कुनै नाका बन्द गरेको छैन। झापा जिल्लासँग भारतको बङ्गाल र विहार राज्य जोडिएको छ। बङ्गालसँग काँकडभिट्टा र भद्रपुर नाका पर्छ। विहारसँग भद्रपुरसहित केचना, कुमरखोद, गौरीगञ्ज नाका पर्छ। बङ्गालले काँकडभिट्टाबाट भारत आवतजावत गर्ने नागरिकको ज्वरो नाप्न थर्मल गर्नबाट स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गर्न दिइरहेको छ। भद्रपुर नाकाबाट बङ्गालतर्फ जाने नागरिकलाई आइतबार बिहानदेखि प्रवेशमा रोक लगाइसकेको…
भद्रपुर, ३ चैत । कोभिड–१९ सङ्क्रमणको त्रासका कारण झापाका दुई स्थानीय तहले आइतबारदेखि विद्युतीय हाजिर नगर्न सूचना जारी गर्दै कर्मचारीलाई अनुरोध गरेका छन् । मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाले सूचना नै जारी गरेर कोराना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गरेर नगरपालिका मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विद्युतीय हाजिर नगर्न अनुरोध गरेका हुन् । भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत तुलसी श्रेष्ठले धेरै जनाको हातले ई–हाजिरमा थिच्दासमेत सङ्क्रमणको त्रास हुने हुँदा त्यस्तो अनुरोध गरेको बताए । उनले विगतमा झैँ रजिस्टरमै अर्को सूचना जारी नभएसम्म हाजिर गराउन सबैलाई निर्देशन दिइएको जानकारी दिए । रासस
विराटनगर, ३ चैत । मोरङ र सुनसरी जिल्लाका २ स्थानबाट नियन्त्रित लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । आइतबार बेलुका पौने ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका(१५ का २२ बर्षीय निशान लिम्बुलाई नटफिन ५० पिस, डाइजोल्याप ५० पिस र एभिल ५० पिस सहित बिराटनगरको सजिलो बजार छेउबाट पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ बाट २ जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको टोलीले को ३५ प ६४१८ नम्बरको मोटरसाईकलमा सवार रहेका भोक्राहा नरसिंह गाउँपालिका–४ का २४ बर्षीय अरुण…
झापा, २ चैत । झापाको भद्रपुर नगरपालिका–५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । हिजो शनिवार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–८ का ३८ बर्षीय बम बहादुर तामाङलाई ४ ग्राम १३० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित भद्रपुरबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।