
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव ‘विप्लव’ को एकै दिन जन्मदिन परेको छ । ओलीले सरकारी निवास बालुवाटारमा जन्मदिन मनाएर उनको पुर्ख्यौली घर तेह्रथुमको आठराई गएका छन् भने भूमिगत रुपमा रहेका विप्लवले कसरी जन्मदिन मनाए भन्ने बारेमा सबैजना अनविज्ञ रहेका छन् । यद्यपी सामाजिक सञ्जालमा उनले बधाइ एवं शुभकामना पाइरहेका छन् । ‘विप्लव’ को जन्म रोल्पाको केवरीस्थित मध्यमवर्गीय परिवारमा २०२४ साल फागुन ११ मा भएको थियो । बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीका कान्छो सन्तान विप्लवका तीन दिदी र दुई दाजु छन् । सरकारले विप्लव नेतृत्वको दललाई विप्लव समूह…
तेह्रथुम, ११ फागुन । आफ्नो ६९ औं जन्मदिन मनाउन पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो तेह्रथुमको आठराई जाँदैछन् । यसका लागि प्रधानमन्त्रीको जन्मघरलाई बेहुलीलाई सिंगारिएको छ भने प्रधानमन्त्रीको स्वागतमा सर्वसाधारण विहानै देखि प्रतिक्षारात छन् । तेह्रथुमको आठराईमा रहेको आफ्नो पुर्ख्यौली घरमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन लागेका हुन् । त्यसका लागि महिनौ दिन देखि तयारी सुरु गरिएको थियो । हेलिप्याड निर्माण, वाटो निर्माणका काम गरिएको थियो । आफ्नो जन्मदिन मनाउन जान लागेका प्रधानमन्त्री ओलीले आफू जन्मिएको घरलाई दशैं अघि नै पुनर्निर्माण गर्न लगाएका थिए । उनले सो घर १० लाख रुपैयामा किनेका थिए । जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउने भएपछि…
शिवसताक्षी, ११ फागुन । तेस्रो सताक्षी गोल्डकपको आज हुने फाइनल खेलमा उपाधि रक्षाका लागि मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लब भिड्दै छन् । शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा प्रतियोगिता जारी छ । लिगमा मच्छिन्द्र फुटबल क्लबले उपाधि हात परेको थियो भने थ्रि स्टारले चौथो स्थान हासिल गरेको थियो । आफुसँग अनुभवी खेलाडी भएकाले पनि उपाधि रक्षा गर्ने मच्छिन्द्रका कोच प्रवेश कटुवालले बताए । थ्रि स्टार पनि कमजोर छैन उनले भने, जीत हार ९० मिनेटको खेलले बताउने कुरा हो । तर हाम्रो अनुभव र रणनीतिले हामी सफल हुन्छौ । आइतबार हुने फाइनल खेल लिग म्याच भन्दा कडा…
झापा, ११ फागुन । दक्षिण कोरियाको राजधानी सोलदेखि ३ सय किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण । कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरु छन् । कामका लागि कोरिया पुगेका विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ । तर, थेगुमा केही दिनयता ह्वात्तै फैलिएको कोरोना संक्रमणका कारण ती कामदार त्रासमा बसिरहेको कान्तिपुर दैनिकमा समाचार छ । थेगुमा शनिबार मात्रै २ सय २९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरियामा कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ । थेगु नजिकैको…
झापा, ११ फागुन । देशको शैक्षिक गुणस्तर खस्किएको आलोचना भइरहेका वेला शिक्षा मन्त्रालयले भने मिहिनेतविनै विद्यार्थीले सर्टिफिकेट पाउनेगरी पाठ्यक्रमको संरचना तयार पारेको नयाँ पत्रिका दैनिकमा समाचार छ । कक्षा ११ र १२ मा सैद्धान्तिक ९बाह्य० र प्रयोगात्मक (आन्तरिक)मा छुट्टाछुट्टै पास हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब समग्रमा ३० ल्याउनेले सर्टिफिकेट पाउने भएका हुन् । नयाँ पाठ्यक्रममा ७५ अंक सैद्धान्तिक र २५ अंक प्रयोगात्मक मूल्यांकनको व्यवस्था गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा गठन हुने पाठ्यक्रम विकास परिषद्ले नयाँ पाठ्यक्रम निर्माण भएका विषयहरूको सैद्धान्तिक र प्रयोगात्मक विषयको कोड एउटै राखेको छ । एउटै कोड भएपछि विद्यालयले पठाएको सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको अंक एकीकृत रूपमा…
झापा, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जन गर्न लचिलो बनेका छन् । प्रतिनिधिसभाबाट सम्झौता अनुमोदनका लागि हत्तारिरहेका ओली परिमार्जनका सम्बन्धमा अमेरिकी उच्च अधिकारीसँग कुरा गर्न तयार देखिएका हुन् । पार्टीभित्र बहुसंख्यक नेताहरू एमसीसी अनुदान सम्झौता परिमार्जन गरेर कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएको र पछिल्लो केन्द्रीय समिति बैठकले यस सम्बन्धमा अध्ययन गर्न बनाएको कार्यदलले समेत परिमार्जन गरेर मात्र अगाडि बढ्न सुझाव दिएपछि ओली लचक बनेको नेताहरूले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा कार्यदल संयोजकसमेत रहेका वरिष्ठ नेता झलनाथ खनालले अध्ययनका निष्कर्षबारे बिफ्रिङ गरेका थिए । यथास्थितिमा सम्झौता…
झापा, ११ फागुन । सेक्युरिटी प्रेस खरिदसम्बन्धी कमिसन विवादमा मुछिएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटामाथि पार्टीले पनि छानबीन गर्ने कि नगर्ने भन्नेबारे नेकपाका दुई अध्यक्षबीच मतभेद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा बाँस्कोटाले ७० करोडको डिल गरेको अडियो प्रकरणबारे राज्यले मात्रै छानबिन गर्ने कि पार्टीले पनि गर्ने भन्नेबारे दुई अध्यक्षबीच मत बाझिएको हो । गोकुल बाँस्कोटा प्रकरणबारे नेताहरुबीच चर्काचर्की नै भयो । कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएको प्रधानमन्त्रीले बैठकलाई जानकारी दिएका थिए । लगत्तै अर्का अध्यक्ष दाहालले बाँस्कोटाबारे धेरै प्रश्न आएकाले यसलाई पार्टीमा छलफलको विषय बनाएर छानबिन गर्नुपर्ने…
एजेन्सी, ११ फागुन । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इबरलाई पाँच–शून्यको फराकिलो गोलअन्तरले हराउदै बार्सिलोना लिगाको शिर्ष स्थानमा उक्लिएको हो । साविक विजेता समेत रहेको बार्सिलोनाका कप्तान लिओनल मेस्सीले मात्रै इबरविरुद्ध ४ गोल गरेका थिए । पहिलो हाफमा ह्याट्रिक गरेका कप्तान मेसीले दोस्रो हाफमा थप एक गोल गर्दै आफ्नो व्यक्तिगत खातामा ४ गोल पुर्याएका हुन् । बार्सिलोनाको तर्फबाट अर्को गोल आर्थर मेलोले गरे । जितपछि बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै खेल तालिकाको शीर्ष स्थानमा उक्लेको छ भने इबर २४ अंकसहित अंकतालिकामा १६औं स्थानमा छ । २५ खेलबाट बार्सिलोनाको ५५ अंक हुँदा…
झापा, ११ फागुन । सभामुखको गाँठो फुकाउन उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि रिक्त पदमा तत्काल निर्वाचन नहुने भएको छ । हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले गत ६ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थाका कारण नेकपाले उनलाई राजीनामा गराएर आफ्नो दलबाट नै सभामुखमा अग्नि सापकोटालाई निर्वाचित गरेको थियो । फरक दलको व्यक्तिलाई उपसभामुख बनाउने विषयमा भने नेकपाले राजनीतिक सहमतिको बाटो रोजेको छ । राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेको राष्ट्रिय जनता पार्टी (राजपा)लाई सरकारमा सहभागी गराउने र उपसभामुख बनाउने नेकपाको प्रस्ताव राजपाले अस्वीकार गर्दा उपसभामुखको निर्वाचन अन्योलमा परेको हो । संविधानको धारा ९१ मा सभामुख…
बुधबारे, १० फागुन । झापाको बुद्धशान्तिमा क्रियाशिल पत्रकारहरुको भेलाले शनिबार बुद्धशान्ति प्रेस क्लब गठन गरेको छ । सर्वसम्मत गठन भएको समितिको अध्यक्षमा अनिल वाग्ले चयन भएका छन् । उपाध्यक्षमा आयुष निरौला, सचीव दिपेन लावती, सहसचिव रोशन भट्टराई, कोषाध्यक्ष नबिना कुईंकेल तथा सदस्यमा तीर्थ तिम्सिना, भारती राई, दिपेन बिक, नर्बदा चापागाईं सर्वसम्मत चयन भएका छन् । अग्रज पत्रकार उमाकान्त खनाल, टंक काप्mले ‘विकल्प’ र गंगाराम गड्तौला लगायत बुद्धशान्तिमा क्रियाशिल पत्रकारको बुधबारेमा भएको भेलाले सल्लाहकारमा पत्रकार उमाकान्त खनाल, टंक काफ्ले बिकल्प र गंगाराम गड्तौलालाई चयन गरिएको छ ।