
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ माघ । नेपाल सरकारले प्रशोधित पाम आयलको प्रतिबन्ध खुलाउने पहल जारी राखेको छ । प्रतिबन्ध खुलाउन आग्रहसहित भारतलाई पत्र पठाएको केही दिनमै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजय कुमारसँग पनि छलफल गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगडसहित मन्त्रालयका प्रतिनिधिले बुधवार कार्यवाहक राजदूतसँग प्रतिबन्ध खुलाउने पहल गरिदिन अनुरोध गरेका हुन् । आर्थिक अभियानसँग कुरा गर्दै राज्यमन्त्री मोती दुगडले पाम आयलको प्रतिबन्ध खुलाउन भारतीय कार्यवाहक राजदूतसँग आग्रह गरिएको पुष्टि गरे । वार्तामा भारतले पाम आयलमा प्रतिबन्ध लगाउँदा नेपाललाई परेको असर र भारतमा पनि परेको प्रभावबारे राजदूत समक्ष जानकारी…
बिर्तामोड, १७ माघ । नवौँ हात्तीपाइले रोगविरुद्धको अभियान अन्तरगत झापामा आठ लाख जनालाई औषधि सेवन गराइने भएको छ । आगामी माघ २५ गतेदेखि फागुन ५ गतेसम्म जिल्लाव्यापी रुपमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक वेदप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा ८ लाख २ हजार ६०५ जनालाई औषधि सेवन गराउने लक्ष्य रहेको छ । जसका लागि जिल्लामा ६३१ जना स्वास्थ्य स्वयम्सेवी र ४१६ जना स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले बताउनुभयो । हात्तीपाइले विरुद्धको औषधि डीईसी २० लाख ६ हजार ५१२ थान र एलेक्जेन्डाजोल ८ लाख ८२ हजार ८६५ थान वितरण गरिनेछ ।…
काठमाडौं, १७ माघ । सर्वसाधारण जनताले सहज तरिकाले सामान्य स्वास्थ्य उपचार र औषधिसमेत पाउन नसकिरहेको बेला सांसदहरूका लागि भने औषधि उपचारबापत राज्यले लाखौं रुपैयाँ खर्च व्यहोर्दै आएको छ । सांसदहरूले निजी अस्पतालमा गर्ने महँगो उपचारको भुक्तानीसमेत राज्यले नै गर्दै आइरहेको छ । निजीमा उपचार गर्दा लाग्ने खर्चको ५० प्रतिशत र सरकारीमा गर्ने उपचारको पूर्ण खर्च सरकारले नै बेहोर्दै आइरहेको छ । अधिकांश सांसदले निजी अस्पतालबाट उपचार गरेबापत संघीय संसद् सचिवालयबाट रकम लिने गरेको पाइएको छ । एक वर्ष दुई महिनाको अवधिमा संघीय संसद् र राष्ट्रिय सभाअन्तर्गत रहेका १ सय २५ सांसदले स्वास्थ्य उपचार खर्चको नाममा २६ लाख २७ हजार तीन…
झापा, १७ माघ । युवा तथा साना व्यवसायी रोजगार कोषबाट कर्जा लिएर समयमा नतिर्ने विभिन्न सहकारीका एक हजार पाँच सय सञ्चालकले स्थानीय तहबाट पाउने सेवा, सुविधा रोक्का गरिएको छ । कोषले मुलुकभरका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सहकारीमार्फत कर्जा दिँदै आएको छ । यसरी लगानी गरेको करिब १८ करोड रुपैयाँ सहकारीले नतिरेपछि कोषले तिनका सञ्चालकलाई स्थानीय तहबाट दिने सुविधा रोक्न पत्राचार गरेको छ । कोषका अनुसार एक सय एक सहकारीका पदाधिकारी र सदस्य गरी १५ सय ५३ जनाको सुविधा रोक्न स्थानीय तहलाई पत्राचार गरिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
गोपाल काफ्ले बिर्तामोड, १७ माघ । गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेवो महेश्वर । गुरु साक्षात, परम ब्रह्मा, तस्मै श्री गुरवे नमः ।। यही गुरुमन्त्रलाई भानु माद्यमिक विद्यालय अर्जुनधारा–५ फूलबारीका पूर्व विद्यार्थीहरुले आज आत्मसात गरेका छन् । सरस्वती पूजाको अवसर पारेर सो विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेल पूर्व विद्यार्थीहरुबाट सम्मानित भएका हुन् । इलामको नाम्सालिङमा जन्मिएर २० वर्षको युवावयमा वि. सं. २०२९ साल पुष २ गते सहायक शिक्षक बनेर सो विद्यालयको आँगन टेकेका सञ्जेल ३४ वर्ष प्रधानाध्यापक समेतको भूमिका निर्वाहा गरी २०६८ साल असार २६ गते सेवा निवृत्त भएका थिए । २०३४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा नामजस्तै…
झापा, १७ माघ । झापाको कमल गाउँपालिका–५ स्थित पाथीभरा जवान तालिम शिक्षालयको जग्गामा भू–माफियाको गिद्धेदृष्टि परेको खुलासा भएको छ । रतुवामाई वृक्षारोपण आयोजना मातहतमा रहेको करिब डेढसय बिघा जग्गा २०५८ साल माघ ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट सशस्त्र प्रहरीलाई भोगाधिकार गर्न दिइएको थियो । सशस्त्र प्रहरीको मातहतमा रहेको सो जग्गा केही व्यक्तिले हड्प्ने प्रयास गरेपछि शिक्षालयका प्रमुख प्रहरी उपरीक्षक सुधीरजंग थापा जग्गा बचाउ अभियानमा लागेका छन् । करिब एक सय ५० बिघा जग्गा सशस्त्र प्रहरीलाई चारकिल्ला तोकेर वृक्षारोपण आयोजनाले प्रदान गरेको थियो । द्वन्द्वकालीन अवस्थामा पूर्वका जिल्लामा शान्ति सुरक्षा कायम राख्न सशस्त्र प्रहरीको गण स्थापना गनेर् उद्देश्यले सो जग्गा पाए पनि सशस्त्रले सबै जग्गा भोगचलन…
झापा, १६ माघ । गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासीन नेकपाका सांसदहरुले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको छ । सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका छन् । मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउन, प्राकृतिक उपचारका लागि औषधि उत्पादन गर्न, किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न गाँजामाथिको प्रतिबन्ध फुकाउनुपर्ने सांसदहरुको माग छ । प्रस्तावमा पूर्वसभामुख ओनसरी घर्तीमगर, जर्नादन शर्मा, पम्फा भुसाल, जयपुरी घर्ती, नवराज सिलवाल, गणेस ठगुन्नालगायतले…
झापा, १६ माघ । राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वा्चित भएर आएपछि समितिका सभापति र सदस्यहरू हेरफेर हुनसक्ने भएको हो । राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित सदस्यहरूको कार्यकाल आउँदो फागुन २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचित १८ र मनोनीत एक जना गरी १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सुरु भएसँगै समितिमा सभापति र सदस्यहरूको हेरफेर हुनेछ । राष्ट्रिय सभा नियमावली, २०७५ मा यस्तो हेरफेरसम्बन्धी व्यवस्था गरिएको छ । प्रत्येक समितिको कार्यावधि दुई वर्षको हुने व्यवस्था गरिएको छ । समितिको कार्या्विधि समाप्त भएमा समितिको सभापति पद रिक्त हुने व्यवस्थासमेत नियमावलीमा गरिएको छ…
झापा, १६ माघ । एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्ध हुँकार गर्दै फाँसीमा चढ्नुअघि शहीद शुक्रराज शास्त्रीको मुखबाट निस्किएका यी वाक्यले शहीदको गर्विलो गाथा प्रस्ट हुन्छ । शास्त्रीसँगै जेलमा रहेका गोविन्दप्रसाद उपाध्यायले आफ्नो संस्मरणमा त्यो कहालीलाग्दो अन्तिम साँझबारे लेखेका छन्, “घरबाट ल्याएको दूधसँग रोटी खान शास्त्रीजी पकाउँदै थिए तर खानै नदिएर बाहिर लगे । ” जेलघरबाट बाहिर जाँदाजाँदै शास्त्रीले उपस्थित सबै भाइलाई भने, “नमस्ते ! मर्नु सबैले पर्छ, तर यसरी मर्न पाउँदा मेरो नाउँ अमर भयो । ” चकमन्न बाग्मती किनार । माघको कठ्याङ्ग्रिँदो चिसो । बाग्मतीमा डुबुल्की मारेर वेदका ऋचा वाचन गर्दै टेकुस्थित खरीको रूखमा टाँगिएको डोरीमा शुक्रराजले अन्तिम पटक पुलुक्क…
काठमाडौँ, १५ माघ । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले करिब साढे पाँच अर्ब रुपैयाँ लैजान स्वीकृति पाएका छन् । यहाँका विभिन्न उद्योगमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीलाई मुनाफा, ट्रेडमार्क रोयल्टीलगायत रकम लैजान अनुमति दिएको उद्योग विभागले जनाएको छ । विभागले विदेशी लगानी तथा प्र्रविधि हस्तान्तरण शाखाका निर्देशक उदयकुमार गुप्ताका अनुसार विभागले यो वर्ष करिब पाँच अर्ब ५० करोड रुपैयाँको अनुमति दिएको छ । कम्पनीले गत वर्षको मुनाफा लैजान लागेका हुन् । विगतमा मुनाफा लैजान नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा लगानीकर्ताको सजिलोको लागि पहिलोपटक उद्योग अन्तर्गतको एकल बिन्दु सेवा केन्द्रले स्वीकृति दिएको विभागले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।