
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ माघ । नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल पाएको जागिरबाट आउने तलबले गाडीभाडा र खाजासमेत नपुगेपछि उनी हाल अस्ट्रेलिया पुगेकी छन् । लोहनी जस्तै नर्सिङमा स्नातक सकेपछि सत्यम शर्माले पनि निक्कै मिहिनेत गरेपछि काठमाडौँका एक नर्सिङ कलेजमा जागिर पाइन् । पाँच वर्षसम्म काम गर्दा बल्ल १८ हजार रुपियाँ पुगेको तलबले जीविकोपार्जन सम्भव नभएपछि उनी पनि अहिले अमेरिका पुगेकी छिन् । यी दुई उदाहरण मात्र हुन् । समाजमा निक्कै…
झापा, १५ माघ । उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गरेका छन् । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो– तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पुर्याउने । चार वर्षदेखिको उनको सपना एक्लै पूरा गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–३ खमारीका वलीले एक्लैले खनेर गाउँसम्म सडक पु(याएका हुन्। गाउँको नजिकै राजमार्ग छ तर गाउँसम्म पुग्ने गोरेटोबाटो समेत थिएन । हिँड्दा भीरबाट लडेर धेरैका हातखुट्टा भाँचिएका छन् । स्वयम् उनको परिवारका १३ जना सदस्यमध्ये नौजना दृष्टिविहीन छन् ।…
चन्द्रकला भण्डारीभद्रपुर, १५ माघ । झापामा रहेको मुलुकको पहिलो रासायनिक मल उद्योग ‘लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि ’ चमेराको बासस्थानमा परिणत भएको छ । मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा २०५९ सालमा स्थापना भएको थियो । सञ्चालनको केही समयपछि उद्योग बन्द हुँदा चराका बासस्थानमा परिणत भएको हो । उद्योगको कार्यालय र भवन झाडीले छोपिएका छन् । उद्योगले नेपालमै पहिलोपटक युरिया, नाइट्रोजन, पोटास, डिएपीलगायतका रासायनिक मल उत्पादन गरेको थियो । भारत सिक्किमका राजनीतिज्ञ अशोककुमार सुब्बाले नेपाली साझेदारसँग मिलेर उद्योग सञ्चालनमा ल्याउनुभएको थियो । उद्योग सञ्चालन गर्न कृषि विकास बैंकबाट सञ्चालकले रु २५ करोड ऋण लिएका बताइएको छ । चारआली– भद्रपुर सडकको छेउमा,…
भद्रपुर, १५ माघ । सरकारले पूर्वीनाका काँकडभिट्टामा कोरोना भाइरसको जाँचका लागि हिजो साँझ ‘हेल्प डेस्क’ स्थापना गरेको छ । भन्सार विन्दुमा स्थापना गरिएको ‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट आएका नागरिकमा कोरोना भाइरस छ कि छैन भनेर ज्वरो, रुघा र खोकी जाँच गरिनेछ । भारत, भूटान, बङ्गलादेश र म्यानमारबाट नजिकमा रहेको नाका भएको कारण काँकडभिट्टाबाट दिनहुँ सयांै विदेशी नेपाल प्रवेश गर्ने भएकाले उक्त नाकामा उच्च सतर्कता अपनाइएको हो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुईजना स्वास्थ्यकर्मीलाई बिहान ७ देखि बेलुका ७ बजेसम्म खट्ने गरी ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । सो कार्यमा सुरक्षाकर्मीले सहयोग पु¥याउने छन् । ‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट…
सुनसरी, १४ माघ । सुनसरीको दुहवी नगरपालिका(१२ पुर्वी कुशाहा बाँसटोलमा रहेको पैनीमा साल नाल सहितको एक नवजात शिशु मृत फेला परेको छ । स्त्री जातको नवजात शिशु प्लास्टिकमा पोको पारेर फालेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कोशी अस्पताल बिराटनगर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्र कार्यालयले जनाएको छ ।
मोरङ, १४ माघ । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरुआत गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गर्नुभयो । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ शुरु भएको सो अभियान अन्तर्गत आगामी चैत मसान्तभित्र प्रदेशमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा नियन्त्रण गर्ने मन्त्रालयले जनाएको छ । सरकारी कार्यालयको १०० मिटरमा सो पदार्थ बिक्री वितरण गर्न निषेध गरिएको र यही माघ महिनाभित्रमा विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने शैक्षिक संस्था, अस्पताल र सार्वजनिक स्थानमा नियम लागू गरिसक्ने महानगरपालिका प्रमुख…
झापा, १४ माघ । मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार राती पौने ११ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका(४ गछियमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३१ प ८८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक ईटहरी(४ का २६ बर्षीष धिरेन्द्र खत्रीको मृत्यु भएको हो । दुर्घटनमा परी गम्भीर घाईते भएका खत्रीको बिराटनगरको बिराट नर्सीङहोममा उपचारको क्रममा राती साँढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । त्यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका(३ गोपेटारमा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । सोमवार राती पौने ७ बजेको समयमा कालापानीबाट गोपेटार…
काठमाडौं, १४ माघ । विगतमा आफू मध्यमार्गी नेताको रुपमा कहलाएको स्मरण गराउंदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा आफू निहुँ खोज्ने मान्छे मात्र नभएको बताएका छन् । मंगलबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘पार्टीलाई विधिमा चलाउने लडाईं नै हो । यो लडाईमा म विगतमा मध्यमार्गीको रुपमा कहलाएकै हुँ’ उनले भने ‘म निहुँ खोज्नेमात्र व्यक्ति त होइन नि !’ अहिले पार्टीलाई पद्धतिमा अगाडि बढाउने कि लाटलुट हाटहुटमा कब्जा गर्ने भन्ने विषयमा लडाई भइरहेको पौडेलले टिप्पणी गरे । कांग्रेसलाई विकृतिमुक्त बनाउन र विधि र पद्धतिमा चलाउनलाई आफूले निरन्तर जोड दिएको उनको भनाइ छ । कम्युनिस्ट पार्टी…
काठमाडौँ, १४ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आज आफ्नो निवास हात्तिवनमा कुराकानी गर्दै उहाँले एमसिसीलाई राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने स्पष्ट पार्नुभयो । गत पुस ७ गते सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले सोबारे निर्णयको जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको थियो । नेकपाका केन्द्रीय प्रचार विभाग प्रमुख श्रेष्ठले आफूले बागलुङको एक कार्यक्रममा ‘राष्ट्रिय हितका आधारमा त्यसबारे निर्णय हुन्छ’ भनेकामा ‘पारित हुन्छ’ भन्ने अर्थ लाग्ने गरी कतिपय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेकामा ध्यानाकर्षण…
स्वास्थ्यका लागि मौसमी सागसब्जी खानुपर्छ भनिन्छ । तर, बजारमा उपलब्ध सागसब्जीको गुणस्तर एवम् शुद्धतामाथि उपभोक्ता ढुक्क छैनन् । किनभने बजारबाट हाम्रो भान्सासम्म आइपुग्ने सागसब्जी पूर्णत जैविक उत्पादनन् होइनन् । सागसब्जी रोप्ने, उमानेर्, भण्डारण गनेर् क्रममा रासयनिक मल, किरा मार्न किटनासक औषधि प्रयोग गरिन्छ । यसरी विषाक्त बनेर भित्रिने सागसब्जीबाट कसरी उन्मुक्ति पाउने ? यसको सावोर्त्तम विकल्प भनेको जैविक विधीबाट उत्पादन गरिने सागसब्जी, फलफूल खरिद गर्नु हो । तर, अहिल जैविक विधीबाट उत्पादित फलफूल, सागसब्जी, अन्न हामीले सहजै प्राप्त गर्न सक्दैनौं । अकोर्तिर हामी आफ्नै खेतीबाली नहुन सक्छ । अर्थात हामी बजारमा नै निर्भर हुनुपनेर् वाध्यता छ । यस्तो अवस्थामा हामीले केही खानेकुरालाई भान्सामा नै शुद्धिकरण गर्न सकिन्छ । भलै…