
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
तित्रा‘हैन एइ केटा ! हिंड् भात खान बजारतिर । घरमा बित्थाँ के तानेमुने गरेर बस्छन् । छिटो गर्, त्यहाँ गएर लाइन लाग्नु पर्छ । पकाएको दाल–भात सकियो भने फेरि बहाने भातमा पर्लास् । अब त भात खाएको दश रुपैयाँ त हो, मै तिर्दिउँला बरु ! होइन भने बीस रुपैयाँ पैसो बोक्, काका–भतिज कन्दनी गाडिउञ्जेल, नाइटाले चन्द्रमा देख्नेगरी खाएर आउँ । यो कताबाट, कसरी, किन हो, केही थाहा छैन । तर, पाएको बेलामा दन्काउने हो, पछि देखाजाला । घरमा भनेको दाल भए तर्कारी हुँदैन, तर्कारी भए दाल हुँदैन, अचारविचार त कहिले पनि हुँदैन । कताको दाल–चामल, नून–तेल, ग्यास–पानी, बेसार–मसाला…बित्थाको हैरान् । भोक लागेपछि थबक्कन गयो अनि बिहान–बेलुकैलाई हुनेगरी तम्बु तोड्यो,…
राजबाबु शंकर सत्ता, शक्ति र पहुँचमा पुगेकाहरू अक्सर कतैनकतै अराजक बन्न पुगेका उदाहरणहरू छ्यालब्याल छन् । खुराफाती सोच भएकाहरू आफू र आफ्नाहरूका लागि मात्रै सोच्छन् पनि । शक्तिमा नपुगुञ्जेल जनताका हितैषी अर्थात् तमाम अन्याय अत्याचार दोहन भ्रष्टाचार अनाचार र दुराचारका घोर विरोधी कहलाउन चाहनेहरू नै सत्ता÷शक्तिमा पुगेपछि अनायास ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ बन्न पुग्छन्, बनेका कैयौं दसी छन् । त्यसैले पनि भन्ने गरिएको होला– सत्ताले अथवा शासकीय वा प्रशासकीय कुर्चीको मातले सद्दे मानिसलाई घात गर्छ । नमात्तिनेहरू नभएका होइनन्, इतिहासले त्यस्ता लोकनायकको इतिहास अभिलेखीकृत गरेकै छ । व्यक्तिको नियत सफा भयो र पद्धतिका आधारमा काम हुने हो भने धेरै हदसम्म भ्रष्टाचार नियन्त्रण हुनसक्छ ।…
सुरुङ्गा, १४ माघ । झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ । उहाँले गमला बनाएर नै घर धान्नुभएको छ । शुरुमा गमलासहित दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उहाँले गमला मात्रै बनाउनुहुन्छ । ग्रामीण क्षेत्रदेखि शहरसम्म नै गमलाको माग बढेपछि उहाँसहित उहाँका श्रीमान् रामेश्वर पण्डित बिहान सबेरैदेखि माटोको काममा निस्कनुहुन्छ । गमलाका लागि रामेश्वरले बिहानभरि मुछेको माटोलाई दिउँसो सावित्रादेवीले गमला बनाएर सुकाउनुहुन्छ । सावित्राले दैनिक झण्डै १०० वटा गमला बनाउने गर्छन् । ती गमलालाई सुकाएपछि रामेश्वरले भट्टीमा पकाउँछन् र त्यही गमला बेचेर पण्डित परिवारको जनजीविका चलेको छ…
झापा, १४ माघ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पलना नभई नेपालले गरेको खर्चको सोधभर्ना दिन नमिल्ने बताएको छ । साथै एमसीसीले सरकारलाई सम्झौता कार्यान्वयनका थाती काम छिटो सम्पन्न गर्न पनि आग्रह गरेको छ । सरकारले अमेरिकाले एमसीसीमार्फत दिन लागेको ५० करोड अमेरिकी डलर अनुदान सहायतामा कार्यान्वयन गरिने परियोजना तयारी र कार्यान्वयनका लागि कार्यालय स्थापना गरी काम अघि बढाएको छ । एमसीसी सहयोगका परियोजना अर्थ मन्त्रालय मातहतको विकास समिति, मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालमार्फत कार्यान्वयन हुँदैछन् । एमसीए नेपालले परियोजना विकास र कार्यालय सञ्चालनका क्रममा सरकारले नै खर्च गर्दै अएको छ । यो खर्चको…
काठमाडौँ, १४ माघ । हिउँदे अधिवेशन सुरु भएको एक महिनापछि आजबाट प्रतिनिधिसभाको पूर्ण बैठक सञ्चालन हुँदैछ । प्रतिनिधिसभाले नयाँ सभामुख पाएसँगै आजबाट अधिवेशन सञ्चालनको बाटो खुलेको हो । आजको बैठक सभामुख अग्नि सापकोटाले सञ्चालन गर्नुहुनेछ । यो उहाँको अध्यक्षतामा सञ्चालन हुने पहिलो बैठक हुनेछ । यस्तै, प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भनेर सत्तापक्ष र विपक्षी दलहरु रणनीति बनाउन जुटेका छन् । विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशनले थुप्रै विधेयकहरु पारित गर्नुपर्ने छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० वि’वादित बनेका केही विधेयकहरु पारित गराउने रणनीतिमा छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस भने जनविरोधी र अधिकार खोस्नेखालका विधेयकहरु संसदबाट…
झापा, १४ माघ । गत आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी ९संस्थागत० विरुद्धमा ठगीको उजुरी बढको पाइएको छ । गत आवको सुरुको ६ महिनामा म्यानपावर विरुद्धका उजुरीको संङ्ख्या ५५४ बाट ३५ प्रतिशतले बढेर चालु आवको सोही अवधिमा ७४८ पुगेको छ । गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा म्यानपावरको ठगीमा परी उजुरी गर्ने पीडितको संख्या बढेको हो । वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा गत वर्षको सुरुका छ महिनामा ठगीमा परेको जनाउँदै ५५४ उजुरीकर्ताले १९ करोढ ९८ लाख २६ हजार ७२०…
काठमाडौँ, १४ माघ । श्रम स्वीकृतिका लागि बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएसँगै विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो खुलेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइतबार सम्झौता भएको छ । सम्झौतासँगै विदेशमा रहेका नेपाली दूतावासबाटै पनि पुनः श्रम स्वीकृति लिने बाटो खुलेको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो अनलाइन बीमा भुक्तानी कम्पनी बनेको छ । बीमा कम्पनी अनलाइन प्रणालीमा आएसँगै कम्पनीका जुनसुकै शाखाले बीमा पोलिसी जारी गर्न सक्नेछ र अब श्रम तथा रोजगार कार्यालयको…
काठमाडौँ, १४ माघ । नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन् । तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ । गम्भीर किसिमका उजुरीलाई पनि प्रहरी प्र्रधान कार्यालयले लुकाएर राख्दै आएको छ । बरु गल्ती गर्ने प्रहरीलाई संरक्षण गरेर पीडितलाई पनि उल्टो सताउने काम प्रधान कार्यालय नक्सालबाटै भएको छ । प्रहरी प्रधान कार्यालयमा दुई एसएसपीविरुद्ध यौन शोषणको उजुरी परे पनि त्यसउपर कुनै छानबिन गरिएको छैन । हाल संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी शौरभ राणा तथा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला प्रमुख एसएसपी राकेश…
बिराटनगर, १४ माघ । प्रदेश नं १ को प्रदेशसभाको आगामी पाँचौँ अधिवेशन यही माघ २३ गते शुरु हुने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी हिउँदे अधिवेशन यही माघ २३ बोलाउनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो । यसैगरी बैठकले प्रदेश लगानी बोर्डको कार्यकारी निर्देशकमा डा सरोज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा महेन्द्रबहादुर गुरुङ, जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत र सूचना प्रविधि सल्लाहकारमा किशोर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरिएको छ । बैठकले प्रादेशिक औद्योगिक व्यवसायसम्बन्धी विधेयक २०७६,…
मोरङ, १३ माघ । प्रदेश १ का सांसद गुलेफुन मियाँलाई एक वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ जरिवाना सजायको फैसला भएको छ । सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा उनलाई यस्तो सजायको आदेश भएको हो । तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छाप कीर्ते गरेको आरोपमा उच्च अदालत विराटनगरले सांसद मियाँलाई दोषी ठहर गर्दै एक वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ फैसला सुनाएको हो । २०७४ वैशाख ३१ गते जिल्ला अदालत मोरङले सुनाएको फैसला विरुद्ध उच्च अदालत गएकी सांसद मियाँले अझ ठूलो सजायको आदेश सहनु परेको हो । कीर्ते मुद्दामा सांसद मियाँ, उनका श्रीमान…