झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ माघ । पूर्वी नाका काँकरभिट्टासंँग पश्चिम बङ्गालको पानीट्याङ्कीलाई जोड्ने मेची खोलाको पुल निर्माणसँगै पहुँचमार्गको काम शुरुआत भएको छ । पहुँचमार्ग करिब ५०० मिटरको हुने सडक डिभिजन कार्यालय दमकले जनाएको छ । सडक विस्तार गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले जानकारी दिनुभयो । सडक विस्तारका लागि राजमार्ग छेउछाउका सबै भौतिक संरचना हटाएर काम शुरु भएको मेची नगरपालिकाका प्रमुख विमलकुमार आचार्यले जानकारी दिनुभयो । नेपालतर्फ नेपाल–भारत जोड्ने नयाँ मेची पुलको खम्बा र सडक बन्नुपर्ने स्थानमा बसोबास गरिरहेका ४३ स्थानीयवासीलाई सरकारले मुआब्जा वितरण गरेर स्थानीयवासीले जग्गा खाली गरिदिएपछि नेपालतर्फको भूभागमा पुल र पहुँच सडक निर्माणको कामले निरन्तरता…

Read More

सिराहा, १३ माघ । सिराहाको औरी गाउँपालिका–२ मा श्रीमान्ले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् । घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पु¥याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो । तर, अस्पताल पु¥याउँदा नै उनको मृत्यु भइसकेको थियो । जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो…

Read More

बिर्तामोड, १३ माघ । भारतीय भूतपूर्व गोर्खा सैनिक संघले झापाको बिर्तामोडमा ७१ औँ गणतन्त्र दिवस मनाएको छ । उसले आजीवन सदस्यहरुलाई कदरपत्रले सम्मान गर्दै गणतन्त्र दिवस मनाएको हो । संघका अध्यक्ष धनकुमार गुरुङको अध्यक्षता र बिर्तामोड नगरपालिका १० नम्बर वडाका अध्यक्ष तथा पूर्वसैनिक दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा आयोजित समारोहमा बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभाक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ, पत्रकार केशव भट्टराईसहित हिमाल कन्दङ्वा, सुकमाया लिम्बूलगायतले शुभकामना मन्तव्य राखका थिए । भारतीय भूतपूर्व गोर्खा सैनिक संघले जनवरी २६ गणतन्त्र दिवस र अगष्ट १५ मा स्वतन्त्रता दिवसको विशेष कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष…

Read More

झापा, १३ माघ । वै‌दे‌शिक र‌ो‌जगार‌ विभागले‌ एजे‌न्टका कार‌ण ठगी बढे‌को‌ भन्दै‌ अघिल्लो‌ वर्ष ऐ‌न संशो‌धन गर‌े‌र‌ एजे‌न्टको‌ व्यवस्था खार‌े‌ज ग¥यो‌ । संशो‌धित वै‌दे‌शिक र‌ो‌जगार‌ ऐ‌नमा एजे‌न्टको‌ व्यवस्था हटाइएसँगै‌ एजे‌न्टहरू गै‌र‌कानूनी ठहरि‌ए । तर‌, अहिले‌ पनि वै‌दे‌शिक र‌ो‌जगार‌ीमा जाने‌लाई ठग्ने‌मा तिनै‌ एजे‌न्ट क्रियाशील र‌हे‌को‌ पाइएको‌ छ । वै‌दे‌शिक र‌ो‌जगार‌ विभागको‌ पछिल्लो‌ प्रतिवे‌दन अनुसार‌ चालू आर्थिक वर्षको‌ ५ महिनामा खार‌े‌ज एजे‌न्टले‌ १५ कर‌ो‌ड ५२ लाख रुपै‌याँ ठगी गर‌े‌को‌ छन् ! एजे‌न्टले‌ वै‌दे‌शिक र‌ो‌जगार‌ीमा पठाउने‌ प्रावधान नभए पनि गै‌र‌कानूनी रूपमा विदे‌श जाने‌सँग र‌कम संकलन गरि‌र‌हे‌का छन् । एजे‌न्टले‌ ठगे‌को‌ भन्दै‌ विभागमा २ सय ९ वटा उजुर‌ी पर‌े‌का छन् । वै‌दे‌दिक र‌ो‌जगार‌ विभागले‌ वै‌दे‌शिक र‌ो‌जगार‌ीमा जाने‌लाई एजे‌न्टको‌ भर‌…

Read More

झापा, १३ माघ । पूर्व–पश्चिम र‌ाजमार्ग अन्तर‌गत मे‌चीनगर‌–१२ चार‌आलीमा र‌हे‌को‌ प्रगति सामुदायिक वन क्षे‌त्रभित्र वर‌को‌ रुखमा पाथीभर‌ा दे‌वीको‌ पाइला र‌हे‌को‌ भन्दै‌ ११ असो‌ज २०७१ मा पाउ पाथीभर‌ा मन्दिर‌ बनाइयो‌ । सो‌ मन्दिर‌ बने‌ लगत्तै‌ बौ‌द्ध मार्गीले‌ नजिकै‌ गुम्बा खडा गर‌े‌ । गुम्बा नजिकै‌ किर‌ात समुदायले‌ पनि किर‌ाँते‌श्वर‌ मन्दिर‌ बनाए । स्थानीय संघसंस्थाको‌ वक्रदृष्टि पनि वनकै‌ जमिनमा छ । के‌ही समयअघि र‌ाजवंशी समुदाय, साईधर्मका अनुयायी र‌ ने‌वार‌ समुदायले‌ समे‌त सो‌ क्षे‌त्रमा मन्दिर‌ बनाउने‌ उद्दे‌श्यका साथ जमिन कब्जा गर‌े‌का थिए । तर‌, अहिले‌ उनीहरुलाई हटाइएको‌ छ । वन क्षे‌त्रमा कंक्रिटका संर‌चना निर्माण गर्न नपाइने‌ प्रावधानलाई बे‌वास्ता गदैर्‌ मन्दिर‌ र‌ गुम्बाले‌ त्यस्ता संर‌चना बनाएका छन् । चार‌आलीको‌ प्रगति सामुदायिक वन…

Read More

बिर्तामोड, १३ माघ । बिर्तामोड नगर पालिका बडा नं १० स्थित सैनिकबजारमा सहरी स्वास्थ्य केन्द्र खोलिएको छ । सो केन्द्रको एक कार्यक्रमका बिच नगर प्रमुख ध्रुबकुमार शिबाकोटीले उद्घाटन गर्नुभयो । नगर पालिकाको प्रत्येक बडामा एउटा शहरी स्वास्थ्य केन्द्र खोल्ने नीति अनुरुप स्थानीय समुदायको सक्रियतामा निर्माण गरिएको भवनमा शहरी स्वास्थ्य केन्द्र संचालन गरिएको हो । स्थानीय समाजसेबी रामदर्शन गुरुंगको अध्यक्षतामा निर्माण समिति गठन गरेर भवन निर्माण गरिएको थियो । स्थानीय समुदायले चन्दा समेत उठाएर बनाएको भवन पूरा गर्न र शौचालय, घेराबार गर्न नगर पालिकाले २२ लाख भन्दा बढी बजेट लगानी गरेको नगर पालिकाका योजना अधिकृत जय तिम्सिनाले बताउनु भयो । बडा…

Read More

नवलपरासी, १० माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परिमार्जन गरेर मात्रै कार्यान्वयन गर्नुपर्ने बताएका छन् । शुक्रबार नवलपुरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले एमसीसी अगाडि बढीरहेकै बेला अमेरिकाले इन्डोप्यासेफिक रणनीति अगाडि ल्याएपछि विवादित बनेको बताए । ‘स्थायी समितिको बैठकमा पर्याप्त छलफल गर्‍यौँ, एमसीसीको मुद्दा राष्ट्रियहित अनुकूल हुनेगरी, जरुरी पर्दा अमेरिकासँग पुनः संवाद गरेर, सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्नु उचित हुन्छ भन्ने स्प्रिटमा निर्णय गरेका छौँ’, उनले भने। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै सम्झौतालाई अगाडि बढाउने बताए। एमसीसी कार्यक्रम धेरै पहिलेदेखि अगाडि बढ्ने गरेको र…

Read More

भद्रपुर, १० माघ । पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारवाही गरिने भएको छ । काँकडभिट्टाबाट काठमाडौँ, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन बस सेवा सञ्चालित छन् । ती बस सेवाका लागि यात्रु र उनीहरुका झोला बसपार्कमा तानातान गरिँदै आइएको छ । स्थानीय आँखा अस्पताल र होटल लजका लागि ग्राहक बनाउनसमेत नाकामा पर्यटकलाई जबर्जस्ती गर्ने गलत प्रवृत्ति छ । अब कसैले पर्यटकलाई तानेर हैरानी दिएको फेला परेमा कानूनबमोजिम कारवाही गर्न सर्वपक्षीय सहमति जुटाइएको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार होटल व्यवसायी, यातायात व्यवसायी, प्रहरी प्रशासन, स्थानीय…

Read More

झापा, १० माघ । नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो । उक्त विश्वकपमा १६ राष्ट्र सहभागी हुनेछन् । अष्ट्रेलियामा यसै वर्ष टी–२० विश्वकप क्रिकेट हुँदैछ । सो प्रतियोगिताको पुछारमा रहने चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेटस् ९युएई०, हङकङ र जिम्बाबेले सोझै ग्लोबल छनोट खेल्न पाउने अन्तर्राष्टिय क्रिकेट परिषद् ९आइसीसी० ले जनाएको छ । ग्लोबल छनोट प्रतियोगिता सन् २०२१ को मार्चदेखि जुलाईसम्म सञ्चालन हुनेछ । टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय बरियताका आधारमा नेपालसहितका चार देशलाई सोझै…

Read More

काठमाडौं, १० माघ । नेपाल एयरलाइन्सका २० भन्दा बढी पाइलटहरुले एकसाथ सामूहिक राजीनामा पत्र बुझाएका छन । सेवा–सुविधामा विभेद भएको भन्दै ‘राजीनामा नोटिस’ लेखिएको चेतावनी पत्रमा २० पाइलटको हस्ताक्षर छ । स्वदेशी र विदेशी पाइलटबीच गरिने मतभे’दलाई अ’सन्तुष्ट जनाउदै राजिनामा पत्र बुझाएका हुन् । सबै पाइलट अन्तर्राष्ट्रिय उडानका जहाज उडाउने हुन् । ४० पाइलटमध्ये २५ जनाले सामूहिक राजीनामा दिन लागेका हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को(पाइलट हुन्। उनीहरूले ३ महिनामा माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छन । व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् ।

Read More