झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० बैशाख । सत्तारुढ दल नेकपाभित्रका पूर्व माओवादी धारका नेताहरूले पार्टीमा गम्भिर संकट देखा परेको भन्दै सुढृढ पार्टी एकताको पहल लिन अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। राजनीतिक अस्थिरतालाई स्वीकार गर्ने गरी पार्टी विभाजन गर्दा पार्टी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य संख्या पुर्‍याए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन संसोधन गर्ने अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन संसोधन गर्ने अध्यादेश प्रधानमन्त्री केपी ओलीले पार्टी्भित्र छलफल नै नगराई ल्याएपछि नेकपाभित्र नेताहरूबीच कित्ताकाट र धुव्रिकरण बढेको छ। जसकाकारण सत्तासिन दल नेकपा विभाजनसम्म पुग्नसक्ने आशंका हुन थालेपछि दाहाललाई पार्टी नेताहरूले त्यस्तो आग्रह गरेका हुन्। विश्वव्यापी…

Read More

काठमाडौं, १० बैशाख । आन्तरिक स्रोतले धान्न नसकेपछि सरकारले घोषणा गरेको राहत प्याकेजका लागि खर्च जुटाउन एसियाली विकास बैंक (एडीबी)सँग ऋण सहायता मागेको छ। राहतका लागि डेढ खर्ब रुपैयाँ लाग्ने अर्थ मन्त्रालयको अनुमान छ। यसमध्ये २५ करोड अमेरिकी डलर (मंगलबारको विनिमय दरअनुसार ३० अर्ब ६४ करोड रुपैयाँ) एडीबीसँग मागेको हो। अर्थ मन्त्रालयका अनुसार विश्वव्यापी कोरोना संक्रमणको प्रभाव न्यूनीकरण गर्न सरकारलाई तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्न स्रोतको दबाब भएपछि एडीबीसँग सहयोग प्रस्ताव गरिएको छ। चैत १६ मा सरकारले घोषणा गरेको राहत प्याकेजको लागत एक खर्ब ५० अर्ब २८ करोड रुपैयाँ पुग्ने अर्थ मन्त्रालयको अध्ययनले देखाएको थियो। यो कुल गार्हस्थ उत्पादन (जीडीपी)…

Read More

बिर्तामोड, १० वैशाख । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण एवम् रोकथामका लागि झापा क्षेत्र नं. ४ सांसद् एलपी साँवाले मंगलबारदेखि स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गर्न थालेका छन् । आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई उपलब्ध गराउनका लागि सांसद् साँवाले रू ३ लाख ५० हजार बराबरको ३० हजार थान सर्जिकल माक्स र पाँच कार्टुन सेनेटाइजर प्रदान गर्न थालेका हुन् । “विपन्न वर्गका नागरिकलाई कोरोनाको संक्रमणबाट बचाउन स्वास्थ्य सामग्री प्रदान गरिएको हो”, सांसद् साँवाले भन्नुभयो, “संकटका बेलामा विभिन्न सामाजिक संघसंस्था एवम् व्यक्तिको सहयोगबाट यो सम्भव भएको छ ।” झापा क्षेत्र नं. ४ अन्तरगत स्थानीय तहका प्रत्येक वडालाई एक हजार थानका दरले माक्स…

Read More

भद्रपुर, १० वैशाख । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइले भद्रपुरस्थित मेची अञ्चल अस्पतालका लागि २० थान पीपीई सुट हस्तान्तरण गरेको छ । संघका महासचिव निश्चल दाहाल मार्फत अस्पतालका डाक्टरको सुरक्षाका लागि आवश्यक २० थान पिपिई सुट मेडिकल सुपरिटण्डन पिताम्वर ठाकुरलाई हस्तान्तरण गरिएको हो । संघले देशभरिका कोरोना केन्द्रीत परीक्षण हुने अस्पतालका स्वास्थ्यकर्मीको सुरक्षार्थ पिपिई बाड्ने कार्यक्रम अनुरुप अञ्चल अस्पतालमा सुट बाडिएको महासचिव दाहालले जानकारी दिएका छन् । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति गणेश पोखरेल, भद्रपुर नगरपालिका वार्ड नं ८ का अध्यक्ष मनोज सुब्बा ५ का वडाध्यक्ष बन्धु कार्की, नेविसंघ झापा सचिव नारायण नेपाल, कचनकवल…

Read More

सन्तोष शर्माबिर्तामोड, ९ बैशाख । मेची भन्सार कार्यालय काँकरभिट्टाले दैनिक रू चार करोड राजश्व गुमाउन थालेको छ । गत चैत २६ गतेदेखि पश्चिम बंगाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को कारण देखाउँदै नाका शील गरेपछि राजश्व असुली शून्यमा झरेको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदखि लकडाउन घोषणा गरे पनि ग्यास, कोइला, फलफूल, तरकारी, खाद्यान्न लगायतका वस्तु आयात हुँदै आएको थियो । तर, पश्चिम बंगाल सरकारले नाका शील गरेपछि अहिले नाका ठप्प छ । “लकडाउन अघि दैनिक चार करोड राजश्व संकलन हुने गरेको थियो”, प्रमुख विश्वकर्माले…

Read More

झापा, ९ बैशाख । राहतको नाममा कुहिएको दाल बिक्री गरेको आरोपमा बाराका एक मेयर पक्राउ परेका छन् । वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि जिल्लाको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार कुहिएको दाल बेचेको घटनामा संलग्न ८ जना यसअघि नै पक्राउ परिसकेका छन् । यसअघिकलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं। ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो । त्‍यस्तै…

Read More

सन्तोष शर्माबिर्तामोड, ९ वैशाख । पूर्वी नाका काँकरभिट्टाबाट आयात निर्यात ठप्प भएपछि पेट्रोलियम व्यवसायी मर्कामा परेका छन् । कोरोना भाइरस (कोभिड–१९) को कारण देखाउँदै भारत पश्चिम बंगाल सरकारले मेची भन्सार शील गरेपछि विराटनगरबाट पेट्रालियम पदार्थ ढुवानी गरेर बिक्री गर्दा लागत खर्च बढेपछि यहाँका व्यवसायी मर्कामा परेका हुन् । मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नबिन कोइरालाले विराटनगरबाट तेल ढुवानी गरेर बिक्री गर्दा प्रतिलिटर रू एक अतिरिक्त खर्च हुने गरेको बताउनुभयो । “विराटनगरबाट ढुवानी गर्दा एक रुपैयाँ बढी खर्च हुन्छ”, उहाँले भन्नुभयो, “सरकारले तोकेको मूल्यभन्दा बढीमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइँदैन ।” ढुवानी खर्चका कारण व्यवसायीले घाटा व्यहोर्नु परको उहाँले बताउनुभयो ।…

Read More

द्रोण अधिकारीविषय प्रवेश : नेपाली पत्रकारिताको विकासक्रमलाई हेर्दा राजधानी काठमाण्डौ पछाडि उल्लेखनीय योगदान गर्ने नेपालका जिल्लाहरू मध्ये पूर्वी नेपालको झापा जिल्ला अग्र स्थानमा रहेको पाइन्छ । वि.सं. १९५५ साउनवाट सुधासागर मासिक साहित्यिक पत्रिका मार्फत नेपालमा सुरू भएको नेपाली पत्रकारिताले झापा जिल्लाबाट प्रकाशन प्रारम्भगर्न त्रिपन्न वर्ष पर्खनु परेको देखिन्छ । प्राप्त तथ्य अनुसार भाषाशास्त्री महानन्द सापकोटा र साहित्यकार दान खालिङको सम्पादनमा विसं. २००८ सालमा हाम्रो नेपाल नामक मासिक साहित्यिक पत्रिकाको प्रकाशन भएको थियो । (उमानाथ भण्डारीः२०६६ः४६) यस पत्रिकाले नै झापाली पत्रकारिताको पहिलो र प्रारम्भविन्दुको रूपमा स्थापित हुने शौभाग्य पाएको छ । तर अहिले सम्म कानुनी रूपमा दर्ता एवम् स्थुलप्रति प्राप्त नभएको…

Read More

काठमाडौँ, ९ बैशाख । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट अमेरिका सबै भन्दा धेरै संक्रमित र सबै भन्दा बढी ज्यान गुमाउने देश हो। यो समाचार तयार पार्दा सम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४२ हजार ५ सय १७ पुगेको छ । त्यसै गरि संक्रमितको संख्या पनि विश्व कै सबै भन्दा बढी ७ लाख ९२ हजार ९ सय १३ पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या ७२ हजार ३ सय ८९ जना मात्र रहेको छ । अमेरिकामा सोमबार १ हजार ९ सय ३९ को ज्यान गएको छ । आइतबार भने ६ दिन यता कै सबै भन्दा कम मृत्यु भएको छ।…

Read More

सन्तोष शर्माकोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण सबै तह र तप्का आक्रान्त रहेका बेला सञ्चारक्षेत्र पनि त्यसबाट अछुतो रहन सकेको छैन । संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडान घोषणा गरेको छ । जसका कारण देशभरका अधिकांश छापामाध्यमले प्रकाशन बन्द गरेका छन् । विद्युतीय सञ्चारमध्यमहरुले कष्टप्रद रुपमा भए पनि सूचना प्रवाह गरिरहेका छन् । जस्तोसुकै कठिन अवस्थामा पनि नागरिकलाई सूचना दिनु सञ्चारमाध्यमको कर्तव्य हो । सूचना संकलन गरेर जनमानसमा पु¥याउने सूत्रधार पत्रकार÷ सञ्चारकर्मी हुन् । उनीहरु आफ्नो कर्तव्यबाट अलगथलग रहन सक्दैनन् । अहिले परिस्थिति अत्यन्तै प्रतिकूल छ । प्रतिकूलताका बाबजुद सकेसम्म सत्यतथ्य सूचना संकलनमा सञ्चारकर्मी खटिरहेका…

Read More