झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ६ वैशाख । भद्रपुर नगरको सवैभन्दा बढी विपन्न नागरिकको बसोवास रहेको भद्रपुर–५ नम्वर वडा कार्यालयलाई अष्ट्रेलियामा रहेका भद्रपुरका युवाहरूले ८० हजार नगद सहयोग गरेका छन् । अष्ट्रेलिया झापा सरोकार समाजका अध्यक्ष समेत रहेका भद्रपुरका युवा उमेश पोखरेल तथा समाजका सल्लाहकार भूपाल सिटौलाको पहलमा भद्रपुरका अष्ट्रेलियाबासीबाट संकलन भएको ८० हजार नगद रकम वडाका विपन्न वर्गका नागरिकको गाँस जुटाउन सहयोग गरेका हुन् । भद्रपुरका अष्ट्रेलियाबासीबाट जुटेको रकम उमेश पोखरेलका पिता बाशुदेव पोखरेलले नगर प्रमुख जीवनकुमार श्रेष्ठको रोहवरमा वडाध्यक्ष बन्धु कार्कीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमा नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल, सामाजिक व्यक्तित्व जगदिश जोशी, राजन भट्टराई,…

Read More

सोलुखुम्बु, ६ बैशाख । सोलुखुम्बु माहाकुलुङ–३ बक्सर बस्ने २१ बर्षीया निमा लमु शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजे आफ्नै बारीमा मकै गोडिरहेको अबस्थामा अचानक परेको चट्ट्याङले लाग्दा निमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Read More

झापा, ६ बैशाख । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशतले घट्ने अनुमान विज्ञहरुले गरेका छन् । विभिन्न रोजगार गन्तव्यमा रहेका लाखौँ नेपाली श्रमिक कोरोनाको जोखिममा छन्, थुप्रै मुलुकले श्रमिक कटौति नीति लिएका छन् । यसबाट नेपालको रेमिट्यान्स आय दुई अंकको दरमै घट्ने देखिएको नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले शुक्रबार आयोजना गरेको भिडियो कन्फेरेन्समा सहभागी विज्ञहरुले बताएका हुन् । कोरोनाका कारण धेरै मुलुकका रोजगारदाताले श्रमिक कटौती गरेका छन् । कटौतीमा नेपाली पनि परेका छन् । यसले गर्दा यो वर्ष नेपाल भित्रिने रेमिट्यान्स १० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी…

Read More

झापा, ६ बैशाख । गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ । सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको हो । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो प्रस्ताव पेस गरेका हुन् । मन्त्रालयले पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री, राजनीतिक दलका नेता, पूर्व मन्त्रीहरुको सुरक्षार्थ खटिएका दुई तिहाइ अर्थात ७५ प्रतिशत सुरक्षाकर्मी पनि फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेको छ । पूर्व प्रधानमन्त्रीलाई ३ जना, गृहमन्त्रीलाई दुई जनाबाहेक सबै सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव गरिएको छ । आजको नागरिक दैनिकमा खबर छ…

Read More

झापा, ६ वैशाख । हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आउने व्यक्तिहरु छन् । संक्रमितमध्ये कोही भारतबाट स्थल मार्ग हुँदै आएका छन्, कोही विभिन्न अन्तर्राष्ट्रिय उडान हुँदै आएको पाइएको छ । अन्तर्राष्ट्रिय उडानबाट आएर संक्रमण पुष्टि भएका व्यक्तिहरुले स्वदेश आउँदा अहिलेसम्म चारवटा विमान प्रयोग गरेको देखिएको छ । भने स्वदेश आएपछि गन्तव्यमा पुग्न दुई आन्तरिक विमान प्रयोग गरेको पाइएको छ । त्यसैगरी, संक्रमितमध्ये केहीले स्वदेश आएपछि समेत आन्तरिक उडानमार्फत यात्रा गरेको र उनीहरु सवार विमानको पहिचान गरेर प्रहरीले खोजी गरिरहेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, ६ बैशाख । सरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ । यसअघि भारतसँग निर्भर नेपालले गत फागुनदेखि भारतमा नै महामारीका कारण नेपालमा स्यानिटाइजर र माक्स भित्रिन छाडेपछि औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योगलाई उत्पादनको अनुमति दिन थालेको हो । विभागले गत फागुन महिनामै नेपालमा स्यानिटाइजर र माक्सको अभावका नाममा कालोबजारी सुरू भएपछि यी सामानको उत्पादनका लागि नेपाली औषधि उद्योगीलाई आब्हान गरेको थियो । विभागको सोही आब्हानपछि हाल सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडसहित अन्य निजी उद्योग गरी झण्डै २० वटाले स्यानिटाइजर उत्पादन गर्ने गरी अनुमति…

Read More

झापा, ५ वैशाख । नेपाल औषधि व्यावसायी संघ मेची र भद्रपुरका कैलाश सरियाले पत्रकार महासंघ झापा लगायतका संघ संस्थालाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । औषधि व्यावसायी संघका उपाध्यक्ष सूरेन्द्र प्रधान, महासचिव वासु दुलाल र डा एस के झाले नेपाल पत्रकार महासंघ झापा शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । सर्जिकल मास्क र सेनेटाइजर तीन तीन प्याकेट र दुई प्याकेट ग्लोब्स पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई बिर्तामोडमा हस्तानतरण गरेका थिए । यसैगरी भद्रपुरका कैलाश सरियाले कपडाको तीन सय थान मास्क पत्रकारका लागि सहयोग गरेका छन् । उनले भद्रपुर नगरपालिकालाई ४ हजार ५ सय थाल, जिल्ला प्रहरी कार्यालय झापालाई…

Read More

बिर्तामोड, ५ बैशाख । नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले विपन्न अवस्थाका ३३ जना मजदुरलाई खाद्य सामग्री वितरण गरेका छन् । लकडाउनका कारण कामविहीन भएका मजदुरलाई उनले चामल वितरण गरेका हुन् । चैत ११ देखि मुलुक लक डाउनमा छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन लक डाउन गरेपछि दैनिक काम गरेर खानेहरु समस्यामा छन् । उनीहरुको समस्यालाई बुझेर चामल वितरण गरिएको भट्टराई बताउँछन् । गोदाममा अलैँची प्रोसेसिङ गर्दै आएका कामदारलाई लकडाउनले समस्या भएपछि अलैँची व्यवसायी भट्टराईले प्रतिकामदार २५ किलोका दरले चामल वितरण गरेका हुन् । ‘काम रोकिएपछि उनीहरु सङ्कटमा परेको अवस्था देखियो’, व्यवसायी भट्टराईले भने, ‘उनीहरु भोकै…

Read More

झापा, ५ बैशाख । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ । अमेरिकामा ६ लाख ७८ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३४ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार १७४ जनाको मृत्यु भएको थियो । दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक…

Read More

काठमाडौँ, ५ वैशाख । गएको २४ घन्टायता भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शुक्रबार जनाइएको छ । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १३ हजार ३८७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ ११ हजार २०१ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या २३ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान…

Read More